Logo

जति गहिरो निन्द्रा उति जवानी

निद्राको कमीले बुढापाकाहरुमा अल्जाईमर रोगजस्तो शारीरिक तथा मानसिक विकार उत्पन्न हुने खतरा बढ्न सक्छ । जवकि गहिरो निद्रा लिनाले मानिस सधैं जवान रहन सक्छ भन्ने एक सर्वेक्षणले जनाएको छ ।
यो अध्ययन न्युरान पत्रिकामा प्रकाशित भएको हो ।

              अनुसन्धानकर्ताहरुका अनुसार उमेरमा भएको वृद्धिसगै व्यक्ति विशेषको निद्रा वारम्वार टुट्ने गर्दछ । उनीहरुलाई वारम्वार शौचालय उपयोग गर्न जानुपर्दछ । यस प्रकारको समस्याले उनिहरुको निद्रालाई विथोल्छ ।
अनुसन्धानकर्ताहरुले ती अध्ययनहरुको समीक्षा गरेका छन् । जसमा यो दर्शाईएको छ कि बुज्रुक व्यक्तिको दिमागमा त्यो माध्यम मस्तिष्क तरंग उत्पन्न गर्न समस्या हुन्छ जसले गहिरो निद्रा लाग्दछ ।
युवा अवस्थामा गहिरो निद्रालिने व्यक्तिलाई असन्तोषजनक एवं अनियमित निद्राका समस्या ३० बर्षको उमेरदेखि शुरु हुनसक्छ । जसको कारण उनीहरुलाई उमेर वृद्धिसँगै निद्रा सम्वन्धी रोग लाग्न सक्छ ।
          मस्तिष्कको जुन खण्डमा सवैभन्दा पहिले समस्या हुन्छ जुनगहिरो निद्रामा सहयोगी खण्ड हो । उमेरको वृद्धिसँगै निद्रामा कमीको सम्वन्ध स्मरणशक्ति कम हुनुसँग पनि छ ।
           बैज्ञानिकहरुको सर्वेक्षण अनुसार उमेर वृद्धिसँगै हुने करिव सवै रोगको सम्वन्ध कुनै न कुनै रुपले निद्राको कमीले समेत जोडिएको छ । मनुष्यको जीवनकाल बढाउने बाटोमा राम्रो काम गरेपनि स्वास्थ्यको सुधारको बाटोमा खराव प्रदर्शन रहेको छ । निद्राको कमीले चाउरी र कपाल सेतो हुने समस्यावाहेक अल्जाईमर रोग,मुटु रोग,मधुमेह र मोटोपनाजस्ता रोगसमेत देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्