Logo

कम उमेरमै कपाल फुल्दा मुटु रोग लाग्न सक्ने

समय अगावै कपाल फुल्नथालेका व्यक्तिलाई मुटु रोगको जोखिम हुने एक अनुसन्धानले प्रमाणित गरेको छ । उक्त अनुसन्धान अप्रिल महिनाको पहिलो सातामा एसोसिएसन अफ प्रिभेन्टिभ कार्डियोलोजीको बर्षेनी आयोजना गरिने कंग्रेस युरोप्रिभेन्टिभ २०१७मा प्रस्तुत गरिएको हो ।

                   उक्त अनुसन्धान अनुसार उमेर कम भएपनि कपाल सेतो हुनाले व्यक्तिको जैविक उमेर दर्शाउँछ र यो मुटु रोगको चेतावनीको संकेत हुनसक्छ । एथेरोस्केलेरोसिसको निर्माण धमनीभित्र बोसोजन्य सामग्री हुन्छ र कपाल सेतो हुनुमा समानता छ । दुवैको कारण बिग्रेको                                                        डि.एन.ए,सुन्नाई,अक्सिडेन्टिभ तनाव,हर्मोनमा परिवर्तन लगायतलाई लिन सकिन्छ । एथेरोस्केलेरोसिस र कपाल सेतो हुनु एकैजस्तो जैविक प्रकृयाले हुन्छ र उमेर बढेसँगै दुवैमा वृद्धि हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्