Logo

चर्को आलोचनापछि राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’

काठमाडौं, बैशाख ५ , भारतको पाँच दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । भारतीय राष्ट्रपति बस्ने राजपथमा भारतीय राष्ट्रपति र प्रधानमन्त्री मोदीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । मंगलबार नयाँ दिल्ली विमानस्थलमा राज्यमन्त्रीबाट स्वागत भएको भन्दै सोसल मिडियामा चर्को आलोचना भए लगत्तै राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगति तथा सुख शान्तिको कामना समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्