Logo

चौधरी फाउन्डेसनले पनि बनाउने भो सिन्धुपाल्चोकमा एकीकृत नमुना बस्ती

दस्तावेज प्रतिनिधी, बैशाख ५, २०७४ काठमाडौं ,चौंधरी फाउन्डेसनले भूकम्प प्रभावितकका लागि सिन्धुपाल्चोकका विभिन्न ठाउँमा एकीकृत नमुना बस्ती बनाउने भएको छ। चौंधरीले फाउन्डेसनले स्कुल, स्वास्थ्य केन्द्र, विभिन्न तालिम केन्द्रहरु सहितको एकीकृत बस्ती निर्माण गर्ने तयारी गरेको हो। मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल र फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सुविधासम्पन्न एकीकृत नमुना बस्ती बनाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सिन्धुपाल्चोकको गिरानचौरबाट नमुना बस्ती निर्माण कार्य सुरु हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ। नमुना बस्तीमा स्कुल, स्वास्थ्य केन्द्र, विभिन्न तालिम केन्द्र र ऊर्जा संकट समाधानका लागि आवश्यक प्रविधिहरुको समेत व्यवस्था हुने फाउन्डेसनका प्रबन्ध निर्देशक चौंधरीले जानकारी दिए। फाउन्डेसनले २०७५ साल असोज महिनाभित्र एकीकृत नमुना बस्ती बनाई समुदायलाई हस्तातरण गर्ने जनाएको छ। फाउन्डेसनले सिन्धुपाल्चोकको भोटसिपा स्थित दनुवार गाउँमा यसअघि नै भूकम्प पीडितलाई अस्थायी आवासको व्यवस्था गरेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रको जीविकोपार्जनमा समेत निजी क्षेत्रको उल्लेख्य सहयोग प्राप्त हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्