Logo

एमालेको निर्वाचन घोषणापत्र : ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने

काठमाण्डौ, बैशाख ५

नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने महत्वकाक्षी योजना समेट्ने भएको छ । आफ्नो पार्टीले जिते शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई निःशुल्क र अनिवार्य गर्ने एमालेको दाबी छ ।पछिल्लो तथ्यांक अनुसार नेपाली प्रतिव्यक्ति आय ७६६ डलर छ एमालेले स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा टोली बनाएको छ ।

सञ्चारकर्मीहरुसँग आज भएको छलफलमा कार्यबाहक अध्यक्ष समेत रहेका गौतमले एमालेले यो पटक लक्ष्य मात्र होइन, त्यसलाई प्राप्त गर्ने आधारसहित घोषणा पत्र तयार पार्ने दाबी गर्नुभयो । गौतमका अनुसार ३ वर्ष्भित्र गरिबी निवारण गर्ने र ५ वर्ष्भित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर र्पुयाउने योजना घोषणा पत्रमा हुनेछ ।  केन्द्रमा पनि एमालेको सरकार बनेपछि प्रत्येक घरमा एक रोजगारी दिने र ५ बर्षभित्र कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था नरहने एमालेको दाबी छ ।

एमालेले १० बर्षभित्र नेपालको आर्थिक र विकास एसियाका अन्य देशको समान बनाउने योजना पनि घोषणा पत्रमा राख्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्