Logo

महिला बालबालिका तथा युवा सचेतना समाज (नेपाल)को आठौं बार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न

स्तावेज संवाददाता,जेष्ठ १ गते मंगलबार, २०७५, काठमाण्डौं – बिपन्न बर्गको उत्थानका लागि उल्लेनिय कार्य गर्दै आईरहेको गैर सरकारी संस्था महिला बालबालिका तथा युवा सचेतना समाज (नेपाल)ले भृकटीमण्डप स्थित पर्यटन बोर्डको हलमा आठौं बार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । उक्त अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय रविन्द्र अधिकारीद्धारा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरिएको थियो ।

संस्थाको आठौं बार्षिकोत्सवको अवसरमा महिला बालबालिका तथा युवा सचेतना समाज नेपाल र कवि दीपा राई पुनको आर्थिक तथा प्राविधिक सहयोगमा संस्थाले १५ जना बिपन्न बर्गका छात्र छात्राहरुलाई झोला जुत्ता तथा स्टेशनरी सामान पनि बितरण गरेको छ । यसका साथै समाजमा बिभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका १५ जना बिशिष्ट व्यक्तिहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रबिन्द्र अधिकारी र संस्थाका अध्यक्ष दीपशिखा शर्माद्धारा “बिशेष नागरिक सम्मान २०७५” ले पनि सम्मानित गरेको छ ।

उक्त सम्मान प्राप्त गर्नेमा राष्ट्रिय सूचना आयोगका आयुक्त श्री यशोदा तिम्सिना,बरिष्ठ छातीरोग बिशेषज्ञ डा. दिर्घसिंह बम,बरिष्ठ ब्युटिसियन तथा सौन्दर्यकला ब्यवसायी श्री सुष्मा महरा,बरिष्ठ कवि तथा गीतकार दीपा राई पुन,बरिष्ठ समाजसेवी एवं

पत्रकार महेश जंग कुँवर ,बरिष्ठ सरोदवादक,सात्यिकार एवं गायक उस्ताद सुदर्शन राजोपाध्याय,कवि तथा गीतकार जानकी पन्त ‘जुन’,सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ,पर्यटनविद् तथा समाजसेवी आनी भिमा सुबा गुरुङ,बरिष्ठ पेशाकर्मी प्रमोद पौडेल,गायक अमित परियार रहनुभएको छ । यसका साथै संस्थाको लागि उल्लेखनिय योगदान पुर्याएका व्यक्तिहरुलाई प्रशंसापत्र पनि वितरण गरिएको थियो ।

संस्थाले बिगत ८ बर्षदेखि निरन्तर रुपमा पिछडिएका महिला बालबालिका तथा युवाहरुको सवालमा काम गर्दै आईरहेको छ । “पर्यटन प्रवर्द्दनमा महिलाको भूमिका” बिषयक अन्तक्रियामा कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रबिन्द्र अधिकारीले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष श्री दीपशिखा शर्माले संस्थामा हालसम्म भए गरेका गतिबिधि एवं भावी योजनाबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय रविन्द्र अधिकारी ज्यूलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

उक्त अवसरमा बोल्दै सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले महिलालाई पर्यटन प्रवद्र्धनमा अगाडि बढाउन सकेमा उनिहरुको आर्थिक स्तर बृद्धि हुनुका साथै मुलुक समृद्धितिर लम्कन सक्ने बताउनुभएको थियो । सूचना आयुक्त श्री यशोदा तिम्सिनाले महिलाहरुको सूचनाको हक र अधिकारका बिषयमा आफ्नो भनाई राख्नुभएको थियो । पीडित महिलाहरु आफ्नो हकको निम्ती आफैं अगाडि बढ्न सकेमा मात्र न्याय पाउन सक्ने कुरा उहाँले प्रष्ट्याउनुभएको थियो ।

 कार्यक्रममा डा. दिर्घ सिंह बम,समाजसेवी शोभा लामा लगायत अन्य व्यक्तिहरुले आ–आफ्नो मन्तव्यहरु राख्नुभएको थियो । कार्यक्रममा गायक,गायिका,समाजसेवी,वुद्धिजिवी बर्ग,बिशिष्ट श्रेणीका पदाधिकारीहरु,महिला अधिकारकर्मी,पत्रकार, पेशाकर्मी तथा अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्