Logo

बिचार बदलिए पो बदलिन्छ देश ?

“छिमेकीले सीमा मिच्यो भनेर सामाजिक सञ्जालमा हल्ला गर्दैमा के छिमेकी त्यहीँबाट हट्छ ? क्षणिक लाभको प्रलोभनमा आफ्नै आमा बेच्न तम्सिनेहरुको बेलैमा विरोध गर्न र उसलाई रोक्न नसक्ने हामी भैसकेपछी सकियो थुक्क भन्न भन्दा अरू केही गर्न नसक्ने लाचारी बनेका छौँ कहिले उठ्ने यो प्रवृत्ति बाट ? भाइले भाइलाई लुटेका छौँ आमा र छोरी चेली बलात्कार गरेका छौँ हत्या हिंसामा सदैव अगाडि छौँ जातीय र क्षेत्रीय कुरा उठाएर बेला न कुबेला लड्न तम्सेका छौँ सिङ्गो देश नै नरहे बाहुनबाद, लिम्बुवान, खुम्बुवान, ताम्सालिङ्ग ,तराई ,पहाड ,हिमाल के को अस्तित्व रहन्छ र ? पहिला देश अनि म भन्ने भावना कहिले पलाउने ?? कहाँ छ सोच ? यति गिरेका सोच बोकेर हिँडेका छौँ कि एक पटक समथर सतहमा आइपुग्न पनि करोडौं वर्ष लाग्छ जस्तो लाग्छ अनि कसरी हुन्छ देशको स्तर उन्नति ?”

                                           -अमन ‘एकल ‘

विकसित राष्ट्रका मानिसहरू दुनियाँ घुमेर चन्द्र र मंगल ग्रहमा आफ्नो साम्राज्य बसाउने चाहना गर्दै अघि बढेको बेला मेरो देशमा देशवासीहरू अप्रिल फूल मनाइरहेका छन् त्यो पनि भद्दा मजाकको साथमा आशा र कामना गरौँ यस्ता भद्दा मजाकले कुनै दुर्घटना नघटुन् ।

बिहानै फेसबुकमा म्यासेज आयो यार सुमनको दुर्घटना भयो हिजो राती म त अस्पतालमा छु खै बाँच्ने नबाँच्ने भन्न सकिन्न । अर्को म्यासेज मलाई पत्थरी भएछ निकै गाह्राे भैराको छ । तेस्रो ………. तिम्रो आमा बिरामी हुनुहुन्छ रे घरमा फोन गर्या छैनौ ?……….. अर्को ल यार बधाई छ नयाँ जिन्दगीको शुभकामना दाम्पत्य जीवन सुखद रहोस् मलाई त बोलाएनौ ठिकै छ रे ! एकाबिहानै लगातार आएका यस्ता म्यासेजले मन निकै अत्तालिए अनि हतार हतार फोन लगाउने तरखरमा लागेँ आजै ब्यालेन्सले बिदा मागिसकेको रहेछ ग्रोसरी जानुपुर्व फेसबुक खोल्ने निधो गरेँ जताततै Travelling to …. भनेका स्ट्याटस देखेपछि शंकाले बाटो मोड्यो अनि कमेन्ट पढ्दै जाँदा आज अप्रिल फस्ट रहेको जानकारी पाएँ । लगतै अनन्य मित्र चन्द्र श्रेष्ठले आज अप्रिल फुल हो नि बिचार पुर्याउनुस है भन्नू भयो अनि बल्ल खुले पर्दा वास्तविकताका ।

हामी र हाम्रो सोचाई देख्दा आफैँलाई आफैँदेखि लज्जा लागेर आउँछ । कहिले उच्च हुने हाम्रो सोच ? भनिन्छ देश विकास हुन पहिला देशवासीको बिचारमा विकास जरुरी छ खै त हाम्रो बिचारमा विकास भएको ? विश्वले यन्त्रमानवबाट काम गराईरहदा हामी फलानो डट फलानो लेख्नुस् तपाईँको जीवनसाथीको नाम आउँछ भन्ने लिङ्क क्लिक गर्दै बस्छौँ ……. दुनियाँ विकासको गतिमा + १०० को स्पिडमा दौडिरहेको बेला हामी –  १०० मा जाने तरखरमा गर्दैछौं अनि भन्छौँ गरिब देशको मान्छे । भन्न लाज लाग्नुपर्ने हो तर कहाँ लाग्छ र लाज हामी नाङ्गाहरूलाई ? अर्काको चियोचर्चो गर्न खुट्टा तान्न भनेपछि सबैथोक भुलेर लागिपर्छौँ आफ्नो कर्तव्य खै बोध भएको ? कहिले हुन्छ कर्तव्यबोध ?

कतिपय प्रहरमा हाम्रो बिचार प्रति दया लागेर आउँछ नयाँ वर्ष सुरु हुन महिना भन्दा बढी बाँकी हुन्छ नयाँ वर्षको शुभकामनाले इनबक्स भरिन्छ । त्यस्तै तिज होस् या जनैपूणिर्मा , दशैँ होस् या तिहार ,माघे सङ्क्रान्ती होस् या होली, सरस्वती पूजा होस् या चैते दशैँ हरेक पटक महिना अगाडि नै तपाईँको इनबक्स भरिन्छ अर्कोतिर यो म्यासेज फलानो भगवानको मन्दिर बाट आएको हो पचास जनालाई पठाउनु होला नत्र १० दिनभित्र नराम्रो क्षति हुन्छ रे कसले पठायो ? किन पठायो ? यस्ता बकवास कुराहरूको पछि दौडिन भ्याईनभ्याई भएको हाम्रो समाज अब सुन्नुस् कहाँ ढिला पुग्छ ?

छिमेकमा बोक्सी आरोप लगाएर कुनै महिलामाथि दुर्ववहार भैरहन्छ हेरिरहन्छन् जब महिला मर्छिन या त उनको अवस्था गम्भीर हुन्छ तब सहानुभूति र करुणाका शब्दमा सामाजिक सञ्जाल भरिन्छ । सत्तामा या पदमा जहाँ रहेर जति भ्रष्टाचार , अन्याय अत्याचार गरेपनि मरेपछि सबैभन्दा राम्रो मान्छेको उपमा दिइन्छ । चाहे सराब पिएर रातदिन श्रीमती कुट्ने लोग्ने होस् , या परदेश बसेको श्रीमानलाई छलेर दुधे बच्चा छाडेर भएको सम्पत्ति कुम्ल्याएर अर्कै सँग हिँड्ने श्रीमती होस् पहिला तमासा हेरिरहन्छ अनि सबै सकिएपछि ला जा खत्तम भो त्यस्तो नहुनुपर्ने , कठै भन्छ आँखै अगाडि सबै सकिएको देखुन्जेल हेरेर बस्नेले सबै सकिएपछि चैँ भुत्राको करुणा देखाउनु …………..?

भोट किनेर सत्तामा पुगेको नेताले भ्रष्टाचार गर्यो भन्छन् भोट किन्ने बेलामा चैँ विरोध गर्न नसक्ने अनि यति खायो उति खायो थुक्क नीच सोचाई अनि कसरी लाग्छ देश उन्नतिपथमा ? अरूले गरेर ठिक्क पारेर राखिदिएको खान पनि यो भएन र उ भएन भन्छौँ हामी अनि यसको फाइदा छिमेकीले उठायो भनेर गुनासो गर्छौँ पहिला आफ्नो काम आफैँ गरेर त हेरौँ अनि छिमेकीले किन गर्छ दखल अन्दाज ? गर्दैन गर्नै सक्दैन आफैँ लाचारीपन बोकेर भिखका दुई कचौरा बोकेर पाउ पर्न गएपछि किन हेप्दैन त ? किन लल्कार्दैन त हाम्रो बिरासतालाई …………..?

“छिमेकमा बोक्सी आरोप लगाएर कुनै महिलामाथि दुर्ववहार भैरहन्छ हेरिरहन्छन् जब महिला मर्छिन या त उनको अवस्था गम्भीर हुन्छ तब सहानुभूति र करुणाका शब्दमा सामाजिक सञ्जाल भरिन्छ । सत्तामा या पदमा जहाँ रहेर जति भ्रष्टाचार , अन्याय अत्याचार गरे पनि मरेपछि सबैभन्दा राम्रो मान्छेको उपमा दिइन्छ । चाहे सराब पिएर रातदिन श्रीमती कुट्ने लोग्ने होस् , या परदेश बसेको श्रीमानलाई छलेर दुधे बच्चा छाडेर भएको सम्पत्ति कुम्ल्याएर अर्कै सँग हिँड्ने श्रीमती होस् पहिला तमासा हेरिरहन्छ अनि सबै सकिएपछि ला जा खत्तम भो त्यस्तो नहुनुपर्ने , कठै भन्छ आँखै अगाडि सबै सकिएको देखुन्जेल हेरेर बस्नेले सबै सकिएपछि चैँ भुत्राको करुणा देखाउनु …………..?” 

हामी र हाम्रो सोचाई देख्दा आफैँलाई आफैँदेखि लज्जा लागेर आउँछ । कहिले उच्च हुने हाम्रो सोच ? भनिन्छ देश विकास हुन पहिला देशवासीको बिचारमा विकास जरुरी छ खै त हाम्रो बिचारमा विकास भएको ? विश्वले यन्त्रमानवबाट काम गराईरहदा हामी फलानो डट फलानो लेख्नुस् तपाईँको जीवनसाथीको नाम आउँछ भन्ने लिङ्क क्लिक गर्दै बस्छौँ ……. दुनियाँ विकासको गतिमा + १०० को स्पिडमा दौडिरहेको बेला हामी –  १०० मा जाने तरखरमा गर्दैछौं अनि भन्छौँ गरिब देशको मान्छे । भन्न लाज लाग्नुपर्ने हो तर कहाँ लाग्छ र लाज हामी नाङ्गाहरूलाई ? अर्काको चियोचर्चो गर्न खुट्टा तान्न भनेपछि सबैथोक भुलेर लागिपर्छौँ आफ्नो कर्तव्य खै बोध भएको ? कहिले हुन्छ कर्तव्यबोध ?

छिमेकीले सीमा मिच्यो भनेर सामाजिक सञ्जालमा हल्ला गर्दैमा के छिमेकी त्यहीँबाट हट्छ ? क्षणिक लाभको प्रलोभनमा आफ्नै आमा बेच्न तम्सिनेहरुको बेलैमा विरोध गर्न र उसलाई रोक्न नसक्ने हामी भैसकेपछी सकियो थुक्क भन्न भन्दा अरू केही गर्न नसक्ने लाचारी बनेका छौँ कहिले उठ्ने यो प्रवृत्तिबाट ? भाइले भाइलाई लुटेका छौँ आमा र छोरी चेली बलात्कार गरेका छौँ हत्या हिंसामा सदैव अगाडि छौँ जातीय र क्षेत्रीय कुरा उठाएर बेला न कुबेला लड्न तम्सेका छौँ सिङ्गो देश नै नरहे बाहुनबाद, लिम्बुवान, खुम्बुवान, ताम्सालिङ्ग ,तराई ,पहाड ,हिमाल के को अस्तित्व रहन्छ र ? पहिला देश अनि म भन्ने भावना कहिले पलाउने ? कहाँ छ सोच ? यति गिरेका सोच बोकेर हिँडेका छौँ कि एक पटक समथर सतहमा आइपुग्न पनि करोडौं वर्ष लाग्छ जस्तो लाग्छ अनि कसरी हुन्छ देशको स्तर उन्नति ?

पहिले सोच बदलौँ अनि बद्लिन्छ देश ।
 जय देश ! जय देशवासी !!

  राम कृष्ण पाण्डे,

   भोर्ले – ७ रसुवा

     हाल, युएई

प्रकाशित मिति, २०७४ साल चैत्र १९ गते सोमवार,काठमाडौं
 

प्रतिक्रिया दिनुहोस्