Logo

वैशाख १५ देखि डिजिटिल टिभी कार्यान्वयनमा आउँदै

वैशाख १५ पछि काठमाडौँ सहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा एनालग टेलिभिजन नचल्ने भएको छ । यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आउँदो कात्तिक १५ पछि एनालग टेलिभिजन चल्ने छैनन् । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयले जनाएकाे छ ।

यस अनुसार ०७५ को बैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण भएसक्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । पहिलो चरणमा भने काठमाडौँसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा आगामी वैशाख १५ भित्रै यो ब्यवस्था लागू हुनेछ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलार्ई विस्थापन गर्न लागिएको हो ।

आइटियुले नै विश्वभरबाट एनालग सिष्टमलाई हटाएर डिजिटलमा जानुपर्ने कुरामा जोड दिएको छ । डिजिटलाइज भन्नाले अहिलेको एनालग सिष्टमलाई अपग्रेड गर्ने हो । यसबाट ग्राहकले गुणस्तरीय सेवा पाऊन् र कर छली नहोस् र सबै विवरण सरकारको रेकर्डमा आओस् भन्ने हो । सरकारले डिजिटलाइजेशनमा नजाने अपरेटरहरूकाे लाइसेन्स खारेज गर्नेसम्मकाे याेजना ल्याएकाे सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतकाे चलचित्र तथा केबल टिभी समन्वय शाखाका इन्जिनियर अनिल भुजेलले बताए ।

प्रतिक्रिया दिनुहोस्