Logo

के फेसबुकको ‘मृत्यु’ सत्य हो ?

स्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – पछिल्ला केही वर्षहरुमा सामाजिक सञ्जाल फेसबुक धेरै पटक विवादमा आएको छ । कहिले विज्ञापनलाई लिएर त कहिले न्युज फिडमा गरेको हेरफेरलाई लिएर फेसबुक विवादमा आइरहन्छ । हालसालै फेसबुकलाई आफ्नो प्रगोगकर्ताको व्यक्तिगत सूचना उनीहरुको अनुमति बिना तेस्रो पक्षलाई बेचेको आरोप लागेको थियो । यो विवादपछि फेसबुकको ‘मृत्यु’को नजिक रहेको भविष्यवाणी गरिएको छ ।

यदि यसो भयो भने कुनै आश्चर्य हुनेछैन किनभने, धेरै कम्पनीहरु विवादमा परेपछि बर्बाद भएका छन् । सामाजिक सञ्जालसँग जोडिएका धेरै कम्पनीहरु पनि ‘मृत्यु’को यात्रामा गइसकेका छन् । यस्तोमा यदि फेसबुकको अन्त्यको भविष्यवाणी भइरहेको छ भने गलत के छ त ? तर, यस्तो हुनु अहिल्यै सम्भव भने देखिँदैन ।

अघिल्लो महिना फेसबुकका सीईओ मार्क जुकरबर्ग अमेरिकी संसदको कमिटीको कडा प्रश्नहरुको सामना गरिरहेका थिए । जुकरबर्ग आफ्नो कुराले अमेरिकी संसदलाई उनको सामाजिक सञ्जाल पश्चिमी देशको लोकतन्त्रका लागि खतरा नभएको यकिन दिलाउन कोसिस गरिरहेका थिए । उनले आफ्ना प्रयोगकर्ताहरुको निजी जानकारीहरु लापरबाही नगरेको बताएका थिए ।

यो सुनुवाईको क्रममा जुकरबर्गले उनको कम्पनीले आफ्नो सेवाहरुको प्रयोग फेक न्यूजको रुपमा हुनबाट रोक्नका लागि जरुरी कदम नउठाएको कुरा पनि स्वीकार गरे । त्यस्तै उनको वेबसाइटले दोस्रो देशका चुनावमा हुने हस्तक्षेप रोक्नको लागि डाटा लिक रोक्न पुरै तरिकाले उपयुक्त कदम उठाएको थिएन ।

यसै वर्ष मार्चमा ब्रिटेनको कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताहरुको सूचनाहरु उनीहरुको जानकारी बिना प्रयोग गरेको थियो । यस काण्डलाई लिएर अमेरिका मात्रै होइन, अन्य देशहरुमा पनि धेरै बबाल भयो । यसपछि कम्पनीले आफ्नो गल्ती स्विकार गर्‍यो र आफ्नो कामकाजको तरिकामा सुधार गर्ने बाचा गरेको थियो ।

अमेरिकी संसदपछि मार्क जुकरबर्गले युरोपियन युनियनको संसदको पनि सामना गरेका थिए, जहाँ उनले अमेरिकामा भन्दा पनि मुस्किल प्रश्नहरु झेल्न परेको थियो । युरोपले आफ्ना नागरिकहरुको निजी जानकारीहरु सुरक्षित गर्नको लागि जनरल डाटा प्रोटेक्सन रेगुलेसन पनि लागू गरिसकेको छ ।

जसरी फेसबुकको लोकप्रियता बढ्यो, त्यसरी नै यसको बर्बादीको भविष्यवाणी पनि हुन थाल्यो । सन् २०१४ मा अमेरिकाको प्रिंस्टन युनिभर्सिटीले सन् २०१५ बाट २०१७ सम्ममा फेसबु्कले ८० प्रतिशत प्रयोगकर्ता गुमाउने भविष्यवाणी गरेको थियो । यो अनुमान क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक हुनुभन्दा धेरै पहिले गरिएको थियो ।

अक्सफोर्ड युनिभर्सिटीका बर्गी हेगन भन्छन्, ‘फेसबुक पुरै डिजिटल इकोसिस्टममा यसरी जोडिएको छ कि यसलाई अलग गर्न असम्भव जस्तै छ । तपाईलाई धेरै वेबसाइटसँग जोडिन फेसबुक लगइन गर्नुपर्छ । सिनेमाको टिकट किन्नदेखि अनलाइन सपिङ जे पनि गर्न पनि फेसबुकको लगइन मागिन्छ । यस्तोमा कसरी फेसबुकबाट अलग हुन सकिन्छ ।’

मनोवैज्ञानिकहरु भन्छन्, फेसबुकले मानिसहरुको एक आधारभुत आवश्यकतालाई पनि पुरा गरेको छ । त्यसैले अहिले नै यसको मृत्युको भविष्यवाणी गर्नु गलत हुन्छ । हरेक मानिस अरुसँग जोडिन चाहन्छ । आफ्नो सुखदुःख, सफलता, प्रसिद्धि उपलब्धी अरुलाई बाँड्न चाहन्छन् र फेसबुकले यो आवश्यकतालाई पूरा गरेको छ । फेसबुकबाट हट्नका लागि ‘डिलिट फेसबुक’ जस्ता नामका विभिन्न आन्दोलनहरु चले त, पनि धेरै जसो प्रयोगकर्ताहरु केही समयपछि नै फेसबुकमा फर्किए ।

अमेरिकाको विकान्सिन युनिभर्सिटीकी प्रोफेसर क्याटलानिया टोमा भन्छिन्, ‘फेसबुक चलाउन छोड्ने धेरै मानिसहरु पछि फेरि फर्किएका छन् । यसको कारण प्रष्ट छ, सामाजिक सञ्जालले एक मानिसको अरुसँग जोडिने आधारभूत आवश्यकतालाई पूरा गर्छ । फेरि फेसबुकमा एक अर्कासँग जोडिनुका फाइदा पनि छन् ।’

क्याटालोनिया टोमा भन्छिन्, ‘तपाईलाई यसबाट सहानुभूति मिल्छ, सल्लाह मिल्छ, सुझाव मिल्छ, जागिर खोज्न सहयोग पुग्छ, पुराना साथी खोज्न सजिलो हुन्छ । यसको कारण प्रष्ट छ, सामाजिक सञ्जालले एक मानिसको अरुसँग जोडिने आधारभुत आवश्यकतालाई पूरा गर्छ । फेरि फेसबुकमा एक अर्कासँग जोडिनुका फाइदा पनि छन् ।

यही कारणले पनि मानिसहरु फेसबुकमा जोडिन्छन्, यसलाई केही समय चलाउन छोड्छन् तर, फेरि फर्केर आउँछन् । त्यसै कारणले पनि पटकपटक विवादमा आँउदा पनि फेसबुकको प्रयोगकर्ताको सङ्ख्या घटेको छैन । क्याम्ब्रिज एनालाटिका स्क्यान्डलपछि फेसबुकका सीइओ मार्क जुकरबर्गले ८.७ करोड फेसबुक प्रयोगकर्ताहरुबाट उनीहरुको निजी जानकारी चोरिएकोमा माफी मागे ।

यसपछि फेसबुकको आम्दानी धेरै नै घट्यो होला भनेर सोच्नुभएको छ भने तपाई गलत हुनुहुन्छ । न्युयोर्क युनिभर्सिटीका मार्केटिङका प्रोफेसर स्कट ग्यालोवेका अनुसार फेसबुकका कारोबार तीव्र रुपमा बढिरहेको छ र यो अझै बढ्नेछ ।

प्रोफेसर स्कट भन्छन्, ‘मानिसहरु सामाजिक सञ्जालको खेलबाट रिसाएका छन् । तर सोच्नुहोस्, उनीहरु आफ्नो रिस कहाँ पोख्छन् ? त्यही सामाजिक सञ्जालको प्लेटर्फममा !’ प्रोफेसर स्कट भन्छन्, ‘फेसबुकका औसत २.२ अरब मासिक प्रयोगकर्ता छन् । यस्तोमा ठूला कम्पनीहरुले फेसबुकलाई विज्ञापन दिनबाहेक अरु बाटो छैन । त्यसैले फेसबुकको अन्त्य यति छिट्टै हुदैन ।’

      बीबीसी

प्रतिक्रिया दिनुहोस्