Logo

मोबाइलबाट निस्कने विकीरणबाट कसरी जोगिने ?

स्तावेज,फाल्गुण १६ गते बुधवार ,२०७४,,काठमाडाैं – मोबाइल फोनबाट निस्कने रेडियोधर्मीहरुले मानिसलाई कत्तिको असर पार्ला ? फोनबाट निस्कने यस्ता विकीरणहरुले ट्युमर, क्यान्सरजस्ता रोगहरु लाग्ने खतरा कतिको हुन्छ ? यस्ता विकीरणहरुबाट आफू कसरी सुरक्षित रहने । यो सवालको खोज वैज्ञानिकहरुले पहिलेदेखि नै गर्दै आएका छन् । नतिजा हालसम्म नआए पनि वैज्ञानिकहरुको अनुसन्धान जारी छ।

 
अमेरिकन क्यान्सर सोसाइटीले यस्ता रेडियोधर्मीहरुबाट शरीरमा क्यान्सर हुने या नहुने विषयमा खोज गरिरहेको छ। सोसाइटीका अनुसार मोबाइल फोनबाट निस्कने यस्ता धर्मीहरुले मान्छेको शरीरको डिएनएमा खासै परिवर्तन ल्याउन नसकेपछि शरीरमा कसरी क्यान्सर पैदा गर्छ भन्ने विषयमा भने प्रस्ट भइसकेको छैन।
 
हामीले प्रयोग गर्ने मोबाइलबाट रेडियो फ्रिक्वेन्सी उत्पादन हुन्छ। यिनीहरु अल्ट्राभाइलेन्ट र एक्स–रे तरङ्गको तुलानामा कम शक्तिशाली हुन्छन्। एक्स–रे र अल्ट्राभाइलेन्ट तरङ्गहरुले मानिसको शरीरका कोषहरुमा पाइने डिएनएको रसायनिक बन्डलाई भत्काउने क्षमता राख्छन्। मोबाइलबाट उत्पादन हुने तरङ्गहरु आओनाइज हुँदैनन्।
 
फोनहरुबाट निस्कने रेडियोधर्मीहरुको स्पेस्फिक एब्जर्बसन रेट अर्थात् एसएआरको मापदण्ड तय गरिएको हुन्छ। मोबाइल बढी तात्दा, धेरैबेर प्रयोग गर्दा एसएआर लेभल बढेको देखिन्छ। एसएआर लेभलको जानकारी मोबाइल निर्माण कम्पनीले सम्बन्धित देशलाई जानकारी गराउनुपर्ने हुन्छ।
 
जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले नयाँ र पुरानो स्मार्टफोनहरुबाट निस्कने रेडियोधर्मीहरुको बारेमा जानकारी दिएको थियो। जसमा सबैभन्दा बढी रेडिएसन दिनेहरुमा वन प्लस, हुवाइ तथा नोकियाको लुमिया रहेका छन्। यस्तै, आइफोन–७ (१०औँ), आईफोन–८ (बाह्रौँ), आइफोन–७ प्लस (१५औँ) स्थानमा थियो। सोनीको एक्सपीपीया एक्स जेड कम्प्याक्ट ११औँ, जेटटीआइ एक्सन–७ मिनी (१३औँ), ब्लाकबेरी डिटिइके–६० (१४औँ) रहेको प्रतिवेदनमा उल्लेख छ।
 
मोबाइलबाट निस्कने रेडियोधर्मीसम्बन्धी हालसम्म कुनै मापदण्ड भेटिएका छैनन्। एसएआर लेभल कति हुँदा सुरक्षित हुन्छ भन्ने पनि तथ्य पत्ता लागेको छैन। जर्मनीमा मोबाइल फोनको एब्जर्बसन लेभल ०.६० भन्दा कम भएकाहरुलाई मात्र मान्यता दिइन्छ। सबैभन्दा कम रेडिएसन दिने फोनहरुमा सोनी एक्सपेरिया एम–५को एब्जर्बसन लेभल ०.१४, साम्सुङ ग्यालेक्सी नोट–८को ०.१७, एस सिक्स एज प्लसको ०.२२, गुगल प्लस एकसेलको ०.२५, साम्सुङ ग्यालेक्सी एस–८को ०.२६ र एस ७ एजको ०.२६ रहेको पाइएको छ।
 
आफूले प्रयोग गरेको मोबाइल फोनको एब्जर्बसन लेभल थाहा पाउन आफ्नो फोन मोडलको म्यानुअल हेर्न सकिन्छ। यस अलवा फोनको वेबसाइट अर्थात् फेडेरल कम्युनिकेसन्स कमिसन फर यूनाइटेड स्टेट्सको वेभसाइटमा पनि हेर्न सकिन्छ।
 
रेडियो फ्रिक्वेन्सी सबैभन्दा बढी फोनको एन्टिनामा हुने गर्छ। त्यसैले फोन जति नजिक राखिन्छ त्यति नै फ्रिक्वेन्सीले हामीलाई क्षति गरिरहेको हुन्छ। धेरै बेरसम्म फोन प्रयोग गर्ने, मोबाइल टावर र फोनबीचको दूरी, मोबाइल फोन सिग्नल/ट्राफिकले पनि रेडियो फ्रिक्वेन्सी मा असर पुर्‍याइरहेको हुन्छ। बढी फ्रिक्वेन्सीबाट बच्नका लागि फोनमा बोल्दा ह्याण्ड स्फ्री मोडमा चलाउने, धेरै बेरसम्म कुराकानी गर्नुको सट्टा म्यासेज गर्ने, कम एसएआर लेभल भएका फोनहरु प्रयोग गर्नु लाभदायिक हुने विज्ञहरु बताउँछन्।
प्रतिक्रिया दिनुहोस्