Logo

के नेपाल टेलिकमको फेसबुक पेज ह्याक भएकै हो त ?

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं – बुधबार राति नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज facebook.com/nepaltelecom.nt लाइक गरेका सबैका लागि एउटा नोटिफिकेसन आयो, पेजको नाम ‘नेपाल टेलिकम’बाट ‘नेपाल न्युज’ गरिएको छ। फेसबुकले एउटा नाममा लाइक गरिएका पेजको नाम अर्कोमा परिवर्तन भएमा यसरी सूचना दिने गर्छ। 

प्रविधिमा रुचि राख्ने फेसबुक प्रयोगकर्ताहरुले तत्काल सामाजिक सञ्जालमा चासो व्यक्त गरे, कतै ह्याक भएको त हैन? नत्र नाम किन परिवर्तन गर्न जरुरी थियो। लगत्तै ३ लाख ७० हजार लाइक भएको पेज खुलेन।  

यो विषयमा नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यसित जानकारी माग्दा उनले भनिन्,  ‘हिजो बेलुकाबाट समस्या देखिएको छ। के भएको भन्ने विषयमा प्राविधिक टिमले अनुसन्धान गरिरहेको छ।’ बिहीबार राति यो समाचार तयार पार्दासम्म टेलिकमको फेसबुक पेज खुलेको छैन। 

प्रतिक्रिया दिनुहोस्