Logo

जापानमा ‘ऐश्वर्य’ प्रदर्शन हुने

ज्याक खड्का,दस्तावेज संवाददाता, कार्तिक २२ गते,बुधवार,२०७४,टोकियो ,जापान – गत हप्तादेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने भएको छ । आक्रामक शैलीमा व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र नोभेम्बर १९ तारिख आइतबारका दिन टोकियोमा प्रदर्शन हुने डेस्टिनी क्रियसन कम्पनीले बताएको छ । चलचित्र ‘ऐश्वर्य’ टोकियोको नाकानो जेरो हलमा हुनेछ ।

युट्यूवमा सर्वाधिक हेरिएको ‘तिमी रोएको पल तिमीलाई’गीत चर्चामा रहेको यो चलचित्रलाई जापानवासी नेपालीहरूले बहुप्रतिक्षित चलचित्रको रूपमा लिइरहेका छन् ।अझ चलचित्रका चर्चित नायक रमेश उप्रेती स्वयम् जापानबासी दर्शकमाझ उपस्थिति हुने भएपछि जापानको माहोल गर्माएको छ।

चलचित्र निर्माणमा प्रविधिको उच्चतम प्रयोग र राम्रो कथाबस्तुका कारण चर्चामा रहेको चलचित्रलाई दिवाकर भट्टराईको निर्देशनले
आकर्षक बनाएको छ।चलचित्रमा रमेश उप्रेती,केकी अधिकारी,दीपिका प्रसाइँ,अर्जुन श्रेष्ठ,केशव भट्टराई,सुनिता ठाकुर,विकास खतिवडा,अमित पोखरेल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ।

चलचित्रलाई टोकियो बाहेकका तोचिगी, नागोया, फुकुओका लगायत जापानका अन्य मुख्य शहरमा पनि प्रदर्शनको तयारी गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्