Logo

सामाजिक उध्यमशिलता विकास उपसमिति २०१५/१७ को प्रगती विवरण

 दिपेन्द्र ढकाल दस्तावेज संवाददाता,आश्विन २८ गते शनिवार २०७४ काठमाण्डौं –  सामाजिक उध्यमशिलता विकास उप–समितिले एन.आर.एन.लाई सफल, सबल, सबैको र सधैंको लागि नेपाल र नेपालीको सामाजिक आर्थिक विकासको भरपर्दो साझेदार बनाउन र सिङ्गो  संस्थालाई नै मार्गदर्शन गराउन विशेष पहल गर्दै निम्न अनुसार कामहरु गरेको छ ।

१) एन.आर.एन.ए को ICC मा पहिलो पटक यस उप–समिति

एन.आर.एन.ए को ICC मा पहिलो पटक यस उप समिति बनेतापनी छोटो समयमा नै सबै क्षेत्रलाई समेटेर विस्तार भई सक्रिय रुपमा आफ्नो कार्यक्रमहरु बढाइरहेको छ । प्रत्यक्ष रुपमा २ वटा सम्मेलनको आयोजना, ६ वटा फरक बैठक, एन.आर.एन.ए ले
आयोजना गरेका प्राय सबै जस्तो बैठक, सभा, सम्मेलनहरुमा सक्रिय सहभागिता जनाउँदै आइरहेको छ ।

२) लघुवित्त कार्यक्रमः

अबको ५ बर्षभित्र करिव २५ हजार गरीव तथा बेरोजगार युवाहरुलाई प्रत्यक्ष रोजगारी र करीब १ लाख भन्दा बढी ग्रामिण बस्तिमा रहेका नेपालीहरुको सामाजिक, आर्थिक विकासमा प्रत्यक्ष टेवा पुर्याउने एउटा लघुवित्त कार्यक्रमलाई पूर्णरुपमा यस उपसमितिले
अगाडि बढाईसकेको छ । २० करोडको प्रत्यक्ष पुजी र करीव ६ अर्वको लगानी गर्ने प्रतिवद्धता हाँसील भई नेपाल सरकारको राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको क्रममा रहेको छ । पहिलो चरणमा माथि तस्वीरमा रहेका मुक्त कमलारीहरुलाई यस कार्यक्रममा समेटिएको छ । एन.आर.एन.ए को अभियानमै नेपालको सामाजिक, आर्थिक विकास गर्न यो एउटा नमुना कार्यक्रम हुने विश्वास लिइएको छ ।

३) पहिलो युवाहरुको विश्व सम्मेलन(First Global Youth Conference 1-2 October, 2016 in Kathmandu )को   सफलतापूर्वक आयोजनाः
युवाहरुमा सामाजिक उध्यमशिलताको विकास र सामाजिक उध्यमशिलता नै देश निमार्णको आधार भन्ने मुल नाराका साथ पहिलो चोटि ७५ जिल्लाका युवाहरुलाई एक ठाउँमा ल्याएर ७८ देशमा छरिएको एन.आर.एन.ए संग सहकार्य गराउने कामको सुरुवात भएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्रिको प्रमुख आतित्यथामा युवा मन्त्री र ८ वटा मन्त्रालयका सचिवहरु, एन.आर.एन.ए आई.सी.सी का वर्तमान, संस्थपक, निवर्तमान अध्यक्षहरुको समुखपस्थितीमा, नेपाल राष्ट्रबैंकका गभरनर, पूर्व गभर्नर, विश्वविध्यालयका प्राध्यापक , विभिन्न जिल्लाका सफल उद्धमी र विभिन्न देशबाट आएका एन.आर.एन.हरु गरी
करिव ४०० सहभागीहरुका विच २ दिन सम्म विभिन्न विषयहरुमा कार्यपत्र प्रस्तुत,छलफल भई बोडे घोषणापत्र जारी भएको थियो । यस उप–समितिको पहलमा बास्तवीक रुपमै एन.आर.एन.ए र नेपाल सरकार विचको साझेदारीको शुरुवात भएको छ ।

४) ३५ लाखको अपाङ्ग सशक्तिकरण कोषको निर्माण

डेनमार्कको कोपेनहेगनमा आयोजित नवौं युरोपियन बैठकमा यस उप–समितिले चलाएको विशेष छलफल र प्रस्तुति सहित करिव ३५ लाखको अपाङ्ग सशक्तिकरण कोषको निर्माण भईसकेको छ । यसै उप–समितिको पहल तथा सहयोगबाट जयराम लामिछाने (दृष्टिविहिन विध्यार्थी ) लाई अमेरीकाको कोलोराडोमा उच्च शिक्षा अध्ययन गर्न पठाईसकिएको छ । डेनमार्कबाट दृष्टिविहिनहरुको लागि सेतो छडि तथा विभिन्न सहयोगी सामाग्रीहरुपनि दृष्टिविहिन तथा युवादुत श्री अनुजा गौतम मार्फत हस्तान्तरण भइसकेको छ । यसका अलावा अपाङ्ग भएका व्यक्तिहरुको व्यक्तिगत विकास र सशक्तिकरण गर्न विभिन्न कार्यशालाहरुको आयोजना सफलता पूर्वक संचालन भइसकेका छन्।

५) नेपालका ब्लड बैंक स्तरोउन्नती कार्यक्रमः

नेपालभरीका ब्लड बैंकलाई विस्व स्तरको प्रविधि, ज्ञान र सीप सहित स्तरोउन्नती  गराउने कार्यक्रमको संयोजन यस उप–समितिले गरेको छ । हाल निकै पुरातन तथा अव्यवस्थीत रुपमा रहेको व्लड बैंकलाई करिव ४ करोडको सहयोग जुटाई तत्कालीन तथा दिर्घकालीन सुधारको कार्यक्रम सफलतापूर्वक अगाडि बढाउन यस उप समितिका सदस्य श्री फणिन्द्र  पन्तको संयोजकत्वमा विशेष पहल भैरहेको छ ।

६) भिजन २०२० को आधारशिला निर्माणः

यस उप समितिले आयोजना गरेको बैठक, शभा, सम्मेलन र विभिन्न लेख मार्फत एन.आर.एन.ए को पुन संरचनाको एजेण्डालाई सुरुवात देखिनै विशेष रुपमा उठाउँदै सीङ्गो एन.आर.एन.ए पद्धतिलाई नै यसमा सामेल गराउन सफल भएको छ ।

७) युथ फोरम गठन तथा सशक्तिकरण सहितको दीर्घकालीन विकासः

विदेशमा रहेका बाल बालिकाहरुलाई नेपाली भाषा र संस्कृति सिकाउने नेपाली पाठशालाको व्यवस्थामा सहजीकरण देखी नेपालको दुर्गम क्षेत्रका गरीव बालबालिकाहरुलाई Child to Child Support कार्यक्रम मार्फत सहयोग जुटाउने सम्म काम भईरहेको छ । स्वीडेनमा रहेका करिव २० जना बालबालीकाहरुले हरेक महिना ५० क्रोनर ले नेपालका २० जना बालबालिकाहरुलाई सहयोग गर्न प्रतिवद्दता जनाइसकेका छन् । त्यस किसीमको सहयोग जुटाउन स्वीडेन, डेनमार्क, स्पेन, अष्ट्रेलिया, जर्मनी लगाएत देशहरुमा युवा
फोरमको गठन भइसकेको छ ।

८) रणनैतिक महत्व राखेका विभिन्न संस्थाहरुसंगको समझदारी

यस उप–समितिले नेपाल सरकारको युवापरिषद,FNCCI को युवा उद्यमी परिषद, CNI अन्तरगतको युवा संघ लगायत संघ संस्थाहरुसंग औपचारीक, अनौपचारीक सम्झौता र सहकार्य भएको छ ।

९) Scandinavian Collective Investment and Sustainable Development समिति
गठन भई ४ वटा देशबाट ४ वटा उत्कृष्ट प्रोजेक्टहरु Identify गरी सकिएको छ र
कार्यान्वयन को लागि पहल भइरहेको छ ।

१०) एक NCC एक रोजगारीको नारालाई अघि बढाउने योजना

एक NCC एक रोजगारीको नारालाई अघि बढाउँदै यस उप–समितिका उप–संयोजक श्री डिला खरेलको संयोजकत्वमा अष्ट्रेलियामा पहिलो राष्ट्रिय सम्मेलनको आयोजना February २०१७ मा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

११) हस्तकला तालिम

एकल तथा पीछडीएका १७ जना नेपाली महिलाहरुलाई हस्तकला तालिम दिएर Felt सम्बन्धि विविध बस्तुहरु बनाएर आत्मनिर्भर बनाउने पहल गर्दै डेनमार्कबाट सहयोग जुटाइएकोछ । यसका अलवा यस उपसमितिको सहयोग, सहकार्य र संयोजनमा धेरै NCC हरुमा सामाजिक उध्यमशिलता विकास सम्बन्धि कार्यक्रमहरु संचालन भइसकेका छन् । जुन NCC हरुको  Report मा देख्न सकिनेछ ।

यस उप समितिमा निम्न अनुसार सदस्य रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्