Logo

वाईफाईको साटो तीव्र गतिको तारविहीन लाईफाई सार्वजनिक गरिंदै, एउटा फिल्म ०.३ सेकेन्डमै डाउनलोड हुने

स्तावेज, आश्विन १७ गते मंगलबार, २०७४, काठमाडौं — चिनियाँ वैज्ञानिकहरूले तीव्र गतिको तारविहीन सञ्चार अबको ६ वर्षभित्रमा सार्वजनिक गर्ने भएका छन् ।


अहिलेको तारविहीन वाईफाईको साटो लाइट फाइडेलिटी अर्थात् लाईफाई प्रविधि चीनले विकसित गर्दैछ । यसअन्तर्गत एलईडी बल्बहरूबाट आएको प्रकाशलाई डाटा ट्रान्स्फर गर्नका लागि अहिलेको रेडियो तरंगमा आधारित वाईफाईभन्दा निकै नै कम समय लाग्छ ।

चिनियाँहरूले फुल कलर एमिसिभ कार्बन डटहरू बनाएपछि तीव्र गतिको तारविहीन सञ्चार विकास गर्न सफल भएका हुन् ।

अहिलेका अनुसन्धानहरूले डाटा ट्रान्समिट गर्नका लागि लाईफाईलाई प्रकाश दिने दुर्लभ सामग्रीहरू प्रयोग गरिरहेका भएपनि चिनियाँ वैज्ञानिकहरूले चाहिँ कार्बन डाटामार्फत लाईफाई बनाउने भएका छन् जुन बढी सुरक्षित र तीव्र छ ।

सन् २०१५ मा चिनियाँ सरकारले गरेको एक परीक्षणले लाईफाई एक सेकेन्डमा ५० जीबीको गतिमा पुग्न सक्ने देखाएको थियो । यसो हो भने एउटा फिल्म डाउनलोड गर्न जम्मा शून्य दशमलब तीन सेकेन्ड लाग्नेछ ।

सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्