Logo

समाचार लेखेकै भरमा कहिलेसम्म ज्यानको धम्की र कुटाई खानुपर्ने ? के एनआरएनएको अनुशासन र आचारसंहिता यही हो ?

“मैले तिनलाई मसंग सानो बच्चा भएकोले यसो नगर्न अनुरोध पनि गरें । तिनको जवाफ थियो – ” तँ मा…………लाई अब जहाँ पायो त्यहि मार्छु म , मलाई अब केहि बाल छैन।” कुरा सिम्पल छ, तिनको नेपालीहरुलाई ठगी गर्ने , सोसियल खरिद बिक्री गर्ने , र नेपालबाट मान्छे युरोप ल्याउने भएर पैसा खाएको र इजिप्टको नक्कली भिसा नेपाल पठाएको मैले समाचार लेखेको थिएँ । तिनका दाई श्याम सुवेदीले पनि पहिले मेरो भाईको चरित्र हत्या गरिस् भन्दै मेरो काम गर्ने ठाउँमा पिट्न आएका थिए , शायद त्यहि समाचारको रिस हुनुपर्छ । वरिपरिका मान्छेहरुको भागाभाग भयो, आज आइतबार भएकोले सपिङ्ग मल ब्यस्त पनि थियो । मेरो छाती र कन्चटमा मुक्का पनि लाग्यो, अनि तिनले मलाई लछारपछार पनि गरे। जब मैले मेरो झोलामा भएको सानो क्यामेरा निकाले – त्यसपछि तिनी भागे ।”

                    -टि.भी. जर्नालिस्ट गणेश पाण्डेय

कुरो १३ अगष्ट २०१७ को हो, पूर्व घोषित तालिका अनुसार डा. गोविन्द के.सी.को समर्थनमा कसरी ऐक्यबद्धता जनाउन सकिन्छ, अनि नेपालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर भनेर १०/१२ जना साथीहरु अलमेदा पार्क लिस्बोन, पोर्तुगलमा जम्मा भएका थियौं । त्यहाँ हाम्रो छलफल पश्चात् करिब ७ बजेतिर सबै आ -आफ्ना काम र घरतिर लागे। म मेरो सानो छोरा “युरेक पाण्डेय “संग “कोलोम्बो मल ” मा सपिङ्ग गर्न गए । सपिङ्ग मलभित्र पुगेपछि एनआरएनए पोर्तुगलका प्रवक्ता हेमराज सुवेदीले आफ्नो खुट्टाको जुत्ता फुकालेर हातले समाती ममाथि बर्षाए ।

            एनआरएनए पोर्तुगलका प्रवक्ता अभियुक्त  हेमराज सुवेदी

उनले सिधै तथानाम गालि गर्दै ” तलाई जहाँ देख्यो, तेही मार्छु ” भन्दै धाकधम्की दिए । सपिङ्ग मल ब्यस्त थियो, भिडभाडका मान्छेहरु अचम्मित भए । तिनले मलाई हिर्काउँदै गए , म पछि सर्दै गए किन कि मेरो साथमा हिजो मात्रै ४ बर्षको जन्मदिन मनाएको कान्छो छोरो र एउटा ठूलो झोला थियो । मैले सुवेदीसँग बिन्ति पनि गरे – ” हेम जी, म सँग अहिले ४ बर्षको सानो बच्चा छ, कृपया एक्लै भएको बेलामा जे गरे गर्नुस वा तपाईँले बोलाएको ठाउँमा आउछु। “तर उनी मेरो कुरा सुन्न मन्जुर भएनन् लगातार गालीगलौज गर्दै मलाई हिर्काउने र लछारपछार गर्ने कोशिस गरिरहे। मान्छेहरुको भिड बढेपछि उनि त्यहाबाट अगाडी बढे । अलि अगाडी गएर रोकिएका सुबेदी म माथि फेरी जाईलागे। यसपटक हातमा समातेको जुत्ता लगाएर मुक्का र लातले प्रहार गर्नथाले, साथै गालीगलौज र ज्यानमार्ने धम्कि पनि ।  

मैले तिनलाई मसंग सानो बच्चा भएकोले यसो नगर्न अनुरोध पनि गरें । तिनको जवाफ थियो – ” तँ मा…………लाई अब जहाँ पायो त्यहि मार्छु म , मलाई अब केहि बाल छैन।” कुरा सिम्पल छ, तिनको नेपालीहरुलाई ठगी गर्ने , सोसियल खरिद बिक्री गर्ने , र नेपाल बाट मान्छे युरोप ल्याउने भएर पैसा खाएको र इजिप्टको नक्कली भिसा नेपाल पठाएको मैले समाचार लेखेको थिएँ । तिनका दाई श्याम सुवेदीले पनि पहिले मेरो भाईको चरित्र हत्या गरिस् भन्दै मेरो काम गर्ने ठाउँमा पिट्न आएका थिए , शायद त्यहि समाचारको रिस हुनुपर्छ । वरिपरिका मान्छेहरुको भागाभाग भयो, आज आइतबार भएकोले सपिङ्ग मल ब्यस्त पनि थियो । मेरो छाती र कन्चटमा मुक्का पनि लाग्यो, अनि तिनले मलाई लछारपछार पनि गरे। जब मैले मेरो झोलामा भएको सानो क्यामेरा निकाले – त्यसपछि तिनी भागे ।

आफ्नो पेशागत र सामाजिक मर्यादाले गर्दा पनि म सुवेदीले झैँ निच स्तरको गाली गर्ने र हात छोड्ने काम गर्न सक्दिन । मैले कन्चट, छाती र पिठ्युँमा पिटाई खाए , कयौं पटक लछारपछार पनि भईयो । मैले ठूलो स्वरमा कराएर सहयोग माग्दा र पुलिस भनेर गुहार माग्दै गर्दा मेरो झोलामा भएको सानो गोप्रो क्यामेरा निकाले र यतिकैमा सुवेदी फरार भएका थिए । यसै क्रममा ४ बर्षको मेरो सानो छोरोलाई पनि चोट लागेको रहेछ । त्यसपछि त्यहाँ पुलिस आए र हामीलाई थप बयानको लागि त्यही सपिङ्ग मलमा भएको पुलिस चौकीमा लगियो जहाँ हाम्रो उजुरी लेखियो ।

         सांघातिक हमलामा परी घाईते भएका छोरा युरेक पाण्डेय

एनआरएनए का साथीहरुबाट भएको पहिलो घटना भने पक्कै पनि होइन, त्यस्तै प्रवक्ता हेमराज सुवेदीको ज्यादती र गुन्डागर्दीको यो पहिलो घटना होइन। बारम्बार विभिन्न स्क्यान्डल र अपराधमा संलग्न रहने सुवेदीले यसपाली आफ्नो ज्यादतिको सिमा नै नाघे। सुवेदीले मलाई पहिले पनि धेरै पटक मेरो यही बच्चालाई स्कुल पुर्याउदा र ल्याउदा बाटो छेक्ने र धाकधम्की दिने काम गरेका थिए। एनआरएनए को प्रवक्ता पदको फाइदा उठाउदै विभिन्न गैर कानुनी र अपराधिक कार्यमा संलग्न सुवेदीको बारेमा धेरै पटक समाचार मैले पनि लेखेको थिए, जस्तै पोर्तुगलमा नयाँ आउने नेपालीहरुलाई ठगि गर्ने, सोसियलको गैर कानुनी खरिदबिक्रि गर्ने (https://www.youtube.com/watch?v=JTIoas7q76U) , नारीमाथिको मानसिक, आर्थिक तथा यौन शोसण , र पछिल्लो समयमा मानब तस्करी तथा नक्कली भिसामा संलग्नता( http://www.voiceofnepal.net/2017/01/blog-post_19.html) । यिनको सामाजिक संजालमा बोल्ने भाषा यति धेरै निच, घटिया र तल्लो स्तरको छ कि, कल्पना गरि साध्य छैन। यिनले सामाजिक संजालमा मेरो परिवार, श्रीमती र छोराको बारेमा लेखेको कुरा यति घटिया र अपशब्द थियो कि, पोर्तुगलको नेपाली समाजलाई भनिरहनु पर्दैन।

समाचार लेखेकै भरमा ठिक एक बर्ष पहिले यिनका दाई श्याम सुबेदी ले आफ्ना भाई प्रवक्ता हेम सुबेदीको मानहानी भएको भन्दै र एन आर एन ए पोर्तुगलका उपाध्यक्ष सुनिल श्रेष्ठ “संगम” NRNA पोर्तुगलको आर्थिक अनियमितताको समाचार किन लेखेको भन्दै २ -२ पटक मेरो काम गर्ने ठाउमा मध्यराति आएर गालीगलौच , धाक धम्कि, ज्यान मार्ने धम्कि र आफ्ना भरौटे गुन्डाहरु बोलाएर हातपात गर्न लगाएको घटना पोर्तुगलवासी नेपालीहरु माझ अझै पनि ताजै छ।सुन्नुहोस यो अडियो ( https://www.youtube.com/watch?v=JpgHGr-cHwA) अनि हेर्नुहोस यो समाचार : http://www.news24nepal.tv/2016/07/07/52766

आइतबारको दिनमा भएको सांघातिक हमलामा परी चोटपटक लागेको मेरो छोरोको बायाँ हात सामान्य सुन्निएको थियो। डाक्टरको बरफले सक्ने सल्लाह दिएपछि त्यसो गर्दा हात सोमबार बेलुकासम्म झनै सुन्नियो । मंगलबारको बिहानै फेरी अस्पताल गईयो र सुन्निएको असामान्य भन्दै डाक्टरले एक्सरे गरे । त्यसपछि हातमा समस्या देखिएपछि प्लास्टर गरियो र अब कम्तिमा २ हप्ता प्लास्टर राख्नुपर्ने भयो । त्यो त्रासले एउटा अबोध बालकमा परेको मनोबैज्ञानिक असर र शारीरिक पीडाको जिम्मेवार कसले लिने ? अहिले मेरो ४ बर्षे छोरोले आफ्नो आमालाई बारम्बार सोधिरहेछ ” मामु , पापालाई अंकलले किन पिट्नुभएको ? ” यो प्रश्नको जवाफ कसरी दिने हामीले अब ?

दशौं पटक गल्ती गर्दापनि आफ्ना प्रवक्तालाई कारवाही नगर्ने एनआरएनए पोर्तुगल र यस्ता गलत काम गर्नेलाई सधैं प्रश्रय दिने अध्यक्ष भिम के.सी.ले यो घटनाको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? एनआरएन ए पोर्तुगललाई कहिलेसम्म गुण्डाहरुको भर्तीकेन्द्र बनाएर राख्ने ? सम्पूर्ण नेपालीहरुको साझा संगठन भएपछि सबै नेपालीहरुको पिरमर्का बुझ्नुपर्छ र सुन्नुपर्छ कि पर्दैन ? यस्तै २-४ जना  व्यक्तिहरुले गर्दा नै एनआरएनए को साख गिरेको छ, आम नेपालीको बिश्वास गुमेको छ । एनआरएनए आइसीसीको यसतर्फ बेलैमा ध्यान जाओस् ।

एनआरएनए पोर्तुगल र एनआरएनए आइसीसीले यो घटनाको जिम्मेवारी लिनुपर्छ कि पर्दैन  ? घटना भएको ३ दिन भईसक्दापनि एनआरएनए पोर्तुगलले पीडितहरुसँग सम्पर्क नगर्नुले एनआरएनए पोर्तुगल र अध्यक्ष भिम के.सी.को ज्यादती र बदमासी छताछुल्ल भएको छ । एउटा आम नागरिकले युरोपजस्तो ठाउँमा पनि स्वतन्त्र भएर बाँच्न पाउने कि नपाउने ? अध्यक्ष भिम के.सी.ले एकजना एनआरएनए अभियन्तालाई मध्यरातमा फोन गरेर ” गणेश पाण्डेयलाई म कुटाउँछु भनेको अडियो रेकर्ड पनि सुरक्षित छ ” र त्यसलाई अदालतमा पेश गरिनेछ र ति एनआरएनए अभियन्ता अदालतमा यो कुरा बोल्न राजी भएका छन् । समाजसेवामा यस्तो ज्यादती र गुन्डागर्दी कहिलेसम्म ? यस्ता घटनातर्फ NRNAICC को ध्यान कहिले जाने ?

  पीडित न्युज २४ नेपालका युरोप स्थित अन्तरास्ट्रिय कोअर्डिनेटर टि.भी. जर्नालिस्ट गणेश पाण्डेय

कारवाही गर्नुपर्ने ठाउँमा प्रवक्ता सुबेदीलाई राजीनामा दिन लगाएर पनि ४-५ महिनासम्म स्वीकृत नगरेर अध्यक्ष र संस्थाले गल्तिहरु ढाकछोप गरेकै हो । अध्यक्ष भिम के.सी. सँग मेरो कुरा हुँदा , मैले सोधेको थिएँ, “के हो दाई , किन स्वीकृत भएन अहिले सम्म भनेर” उनको जवाफ थियो ” ३ महिनाजति भयो मिटिंग बस्न सकेको छैन, . त्यसपछि मैले ” तपाईँहरु बचाऊ गर्दै हुनुहुन्छ, अब २-३ महिना छ यो कार्य समितिको , त्यसपछि कारवाही गरेको रेकर्ड पनि नहुने, राजिनामा पनि स्वीकृत नगर्ने , अनि कार्यकाल पनि पुरा भयो होइन त ? आईडिया राम्रो छ ” भन्दा मुसुक्क हाँसेर “त्यस्तै भन्नुपर्यो ” भन्नुभएको थियो । अब कि म गलत हुनुपर्छ, कि अध्यक्ष के.सी. ?

राजिनामा पत्रमा न दर्ता नम्बर छ, न स्वीकृत भएको कुरा उल्लेख छ, आफू बच्ने खेलको प्रपन्च रचिंदैछ । संस्थाको बचाऊ त सबैले गर्नु, तर यति बिध्नपनि नगर्नु कसैले । फेरि प्रवक्ता सुवेदीको राजिनामा पत्रको बारेमा संस्थाले अहिलेसम्म बोलेको छैन ? यी कुरा त संस्थाको माइन्युटमा होला नि, कार्यसमितिको बैठक पनि बस्यो होला, एकजनाले मात्रै त स्वीकृत गर्दैनन् होला ? किन यो जानकारी अहिलेसम्म बाहिर निकालिएन ?

बिगतमा भएका यस्तै प्रवृत्तिका गहतानाहरुको साक्षी एनआरएन युरोप संयोजक कुल आचार्यपनि हुनुहुन्छ । यो त अब हदै भयो, एनआरएनए अभियन्ताहरुबाट नै आम सर्वसाधारण दिन दहाडै कुटिने भए । अब कसरी एनआरएनएलाई सामाजिक संस्थाको उपमा दिनु ? कसरी यिनीहरुलाई सामाजिक वा एनआरएनए अभियन्ता भन्नु ?

अन्तमा , यी सम्पुर्ण घटनाक्रमहरुको जिम्मेवारी एनआरएनए पोर्तुगल र NRNAICC ले लिनुपर्छ। मेरो पोर्तुगल बसाईको यो अन्तिम न्यायिक लडाईँ हुनेछ । धेरै पटक एनआरएन सँग अनुरोध पनि गरियो, तर कसैले पनि कुरा सुन्ने र बुझ्ने चेष्टा नै गरेनन् । अब हामी कानुनको साहारा लिन बाध्य भएका छौ  ।  हामी स- परिवार स्वतन्त्रपूर्वक बाँच्न  र कामगर्न पाउने सु-निश्चितताको लागि अनुरोध गर्दछौं ।  

  धन्यवाद ,

 गणेश पाण्डेय
सम्झना अधिकारी
युरेश पाण्डेय
युरेक पाण्डेय

प्रतिक्रिया दिनुहोस्