Logo

ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७ ऐतिहासिक हुँदै,पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महतद्धारा सम्बोधन गरिने

दीपशिखा शर्मा,श्रावण २६ गते शुक्रबार २०७४, डेनभर कोलेराडो अमेरिका – अगस्ट महिनाको १९ तारिखका दिन होटल क्राउन प्लाजामा आउँदो अगष्ट १९ का दिन शनिवार दिउँसो ४३० बजेबाट  धुमधामका साथ सम्पन्न हुन लागेको “खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड -२०१७, दोस्रो संस्करणको सरगर्मीले राष्ट्रिय तथा अन्तराष्ट्रिय माहौल तातेको छ । हरेक बर्ष नेपाली कला संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दन गर्न विभिन्न देशहरुमा पालैपालो आयोजना गरिने लक्ष्य बोकेको उक्त कार्यक्रमलाई यो बर्ष पनि अझ बढि शानदार गरिमामय र ऐतिहासिक बनाउन आयोजकहरु अहोरात्र खटिरहेका छन् ।

 सन् २०१६ बाट बिधिवत् रुपले थालनी गरिएको खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड संस्करण –१ को अत्यधिक सफलतापछि लगातार शुरु गरिएको खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड संस्करण –२ ले नेपाली कला संस्कृति र चलचित्रको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका नेपाली भाषी कलाकारहरु तथा निर्माता निर्देशकहरुलाई “खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७”बाट सम्मानित गर्ने भएको छ ।

 ऐतिहासिक खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डमा भाग लिनको लागि संसारभर छरिएर रहेका नेपाली भाषी कलाकारहरुलाई निमन्त्रणा पठाईसकिएको आयोजक टिमले बताएको छ । मुख्यतया क्यानाडा,नेपाल अष्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, भुटान,जापान फ्रान्स,इटली जस्ता विश्वको विभिन्न देशहरुबाट आउने सम्पूर्ण नेपाली कलाकारहरुको बाक्लो उपस्थितिमा हुन लागेको यस अवार्ड कार्यक्रम नेपाली कलाकारहरुको लागि अविस्मरणिय क्षण हुनसक्ने समेत दावी गरिएको छ । नेपाल तथा अमेरिकाको ७० औ फ्रेन्डशिप बर्षगाँठ मनाउने सु-अवसरमा हुन गईरहेको यस खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र दुई देश बिचको भाषा संस्कृति एवं चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा अझ मजबुत बनाउन सहयोग पुग्नेछ ।

 उक्त समारोहमा भाग लिन जाने कलाकारहरुमा नेपालबाट पूर्व परराष्ट्र मन्त्री माननीय डा. प्रकाश शरण महत,तथा नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी एवं हलिवूड फिल्मका कलाकार/निर्माता /निर्देशक थोमस बी.फोर रहनुभएको छ । यसका साथै बरिष्ठ सिने नायक शिव श्रेष्ठ, भुवन के.सी,कृष्ण मल्ल, शर्मिला मल्ल,अर्जुन जंग शाही,बरिष्ठ अभिनेता सुनिल थापा, रबिन्द्र खड्का,नवल खड्का,सत्यकला राई,हास्य कलाकर दीपाश्री निरौला,जितु नेपाल,केदार घिमिरे (माग्ने बुढा ),नायक अनमोल के.सी.,नायिका केकी अधिकारी,प्रियंका कार्की,कलाकार टिका पहारी,सिने नायक मधु श्रेष्ठ,अम्बिका श्रेष्ठ,रामशेखर बोगटी,अमित पोखरेल,शिव परियार, रेजिना उप्रेती,रमेश बुढाथोकी,पुरन जोशी,राजेन्द्र शलभ,रहेका छन् ।

बरिष्ठ सिने निर्माता/निर्देशक एभरेष्ट सूर्य बोहरा,विल्सन बिक्रम राई ,नारायण पुरी,सुरेश दर्पण पोखरेल,सिमा जोशी,युना उप्रेती,बिनिता बराल,बिक्रान्त बस्नेत,मुकेश आचार्य,सरोज के.सी.,नीरज बराल,लौरा जो भोन सेग्गेर्न,राजीव श्रेष्ठ,राजु बजाज,सबुश्री तिवारी,विदुर सूवर्ण क्षेत्री,शिशिर श्रेष्ठ,हरि उप्रेती,नरमान राई,मुकुन्द किशोर भट्टराई,अमिर अली मकनोजिया,रविन कार्की (रायन), हास्य कलाकार नारायण त्रिपाठी,नवीन के.सी.,प्रतिष्ठा प्रसाई,एम बराल,बिधान कार्की,किरण खनाल,रोशनी श्रेष्ठ,दान बहादुर श्रेष्ठ,मनिष श्रेष्ठ,श्याम श्रेष्ठ,दिनेश दर्शनधारी,मिलन सापकोटा,प्रेम गुरुङ,उदय सुब्बा,प्रताप सुब्बा,कविता खड्का,निलम श्रेष्ठ,साहारा कार्की ,निक्की पाण्डे,विदुर पाठक,कुमारी लामा,पेम्बा डोमा शेर्पा,प्रसिद्ध अर्याल,उज्वल अर्याल,प्रेम पौडेल,सुवर्ण लामा, कृष्णराज काफ्ले,रोशन के.सी. रहेका छन् । यसको साथै हलिवूड कलाकार/निर्माता निर्देशक थोमस बी फोर लगायतका कलाकारहरु सबै सहभागी रहने आयोजक टिमले बताएको छ । 

 

कार्यक्रमको मूल आयोजक टिममा ग्लोवल नेपाली फिल्म अवार्डका संस्थापक अध्यक्ष श्री नवराज श्रेष्ठ,कार्यक्रम संयोजक श्री शैलेश पोखरेल,संस्कृति संयोजक निशा उपाध्याय,गेष्ट रिलेशन संयोजक सुनिता घले,कमला गुरुङ ,चाँदनी जोशी,दिना श्रेष्ठ,नम्रता पोखरेल,प्रज्ञा गहतराज,ज्योती सुनार,दिपक सुनार,फुड ब्यवस्थापक क्षितीज खालिङ राई,तलमान राई,मणी गुरुङ,कार्यक्रम सजावट संयोजक जोशन श्रेष्ठ,प्रमोद श्रेष्ठ,बिशेश्वर केसी,राजेन्द्र सिग्देल्,श्याम श्रेष्ठ,डी.पी. शर्मा,रघु धौराली,साउण्ड,लाईट,मार्क/साउण्ड टाउन,र सिसारियो रहेका छन् ।

 प्रायोजकमा खुम्बु खोल्स्च,शेर्पा ब्रुअरी , सह  प्रायोजकमा सिटौला ब्रदर र रोयल किचन रहेका छन् भने,कार्यक्रमलाई सपोर्ट गर्ने कम्पनीहरुमध्ये प्रभु बैंक,यति टेक्नोलोजी,नेपाल चलचित्र बिकास बोर्ड,नेपाल पर्यटन बोर्ड,नेपाल टेलिकम,लिटिल नेपाल रेष्टरेन्ट,Himalayan World Wide Education Consultancy ,मेघा बैंक,होटल काउन्टी भिल्ला,थाई किचन,बुद्ध क्याफे, शेर्पा चाही,ल्पम्बीङ्ग सेवा कोलोराडो,सगुन,बालाजी ट्रेड,एसिई होटल ब्रोकर,दि हाईल्याण्ड आर्ट कटेज,सांग्रीला टिबेट,हिमालयन ज्वेलरी,ऋषी ढकाल,मोहन गुरुङ ,सोर्वे नेपाल हिमालयन लायन्स क्लव,फिल्म आर्टिस्ट एशोसिएसन नर्थ अमेरिका च्याप्टर,फिल्म कलाकार संघ नेपाल,नेपाली घर,रक्की माउन्टेन अफ नेपाल,ईन्टरनेशनल नेपाली लिटरेचर सोसाईटी,बीआरटी नेपाल डट कम र अमेरिका नेपाल टेलिभिजन आदि रहेका छन् ।

     Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्