Logo

खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड दोस्रो संस्करणको भब्य तयारी अन्तिम चरणमा

 

                –  दीपशिखा शर्मा

काठमाडौँ , खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण यहि अगष्ट महिनाको १९ तारिखका दिन यानी कि भदौ ३ गते अमेरिकाको कोलोराडो डेनभरमा धुमधामका साथ सम्पन्न गर्न तयारी लगभग अन्तिम चरणमा आईपुगेको छ । उक्त ग्लोवल नेपाली फिल्म अवार्डलाई ऐतिहासिक बनाउनको लागि आयोजक संस्थाहरु अहोरात्र खटिरहेका छन् । २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्यातिसंगै संसारभर छरिएर रहेका नेपालीहरुले पनि उक्त ग्लोवल नेपाली फिल्म अवार्डलाइ अत्यन्त उत्साह एवं चासोको साथ हेरिरहेका छन् । खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा संसारभर छरिएर रहेका नेपाली कलाकारहरुको जमघट हुने र मुख्यतया क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, जापान फ्रान्स,इटली तथा विश्वको विभिन्न देशहरुबाट आउने सम्पूर्ण नेपाली कलाकारहरुको उपस्थितिमा सम्पन्न हुन लागेको यस अवार्ड नेपाली कलाकारहरुको लागि अविस्मरणिय  क्षण हुनसक्ने समेत दावी गरिएको छ । नेपाल तथा अमेरिकाको ७० औ फ्रेन्डशिप साँठ गाँठ बर्ष मनाउने सु-अवसरमा हुन गईरहेको यस खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाड बनाउने र दुइ देश बिचको भाषा संस्कृति एवं चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा अझ मजबुत बनाउन सहयोग पुग्ने कुरा ग्लोवल नेपाली फिल्म अवार्डका संस्थापक अध्यक्ष नवराज  श्रेष्ठ बताउनुहुन्छ ।

  नेपाली चलचित्र गाउँदेखि विश्वसम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रदर्शन प्रवर्द्दन गरि नेपाली कला संस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुँदै आएको ग्लोवल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा बिस्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने कुरा पनि अध्यक्ष तथा नायक नवराज श्रेष्ठले बताउनुभएको छ । भावी दिनहरुमा यस खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अस्ट्रेलिया अथवा दुबईमा हुन सक्ने कुरा आयोजक टिमले बताएको छ । 

नेपाल फिल्म सोसाइटीले पहिलो खुम्बु खोल्स्च ग्लोवल  नेपाली फिल्म अवार्ड गत वर्षको नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेनभरमा सम्पन्न गरेको थियो । दोस्रो संस्करणको अवार्ड सोही स्थानको होटेल क्राउन प्लाजामा गरिने जनाइएको छ । नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यसपालिको अवार्ड पनि भव्यताका साथ सम्पन्न गरिने भएको छ  । उक्त अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहनुभएको छ भने आयोजक समितिका अध्यक्ष नायक नवराज श्रेष्ठ रहनुभएको छ । उक्त कार्यक्रमको मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका छन् । उक्त अवार्ड कार्यक्रममा नेपालको तर्फबाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ नायक कृष्ण मल्ल र निर्माता तथा नायक मधुकुमार श्रेष्ठ आयोजक कमिटिमा रहनुभएको छ । 

[email protected]

प्रकाशित मिती २०७४ असार ३१ गते शनिबार 

प्रतिक्रिया दिनुहोस्