Logo

मनिषा कोइराला बागमती सफाइ दुत मनोनीत

सार १, २०७४- सरकारले वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत गरेको छ । शहरी विकास मन्त्रालयको प्रस्तावमा बागमती सफाइ महाअभियानको बिहीबार बसेको साप्ताहिक बैठकले कोइरालाको नाम अनुमोदन गरेको हो ।

      कोइराला आगामी शनिबार सञ्चालन हुने २१४ औं साताको सफाइ कार्यक्रममा सहभागी हुने जानकारी महाअभियानले दिएको छ । तत्कालीन शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पदमा बहाल छँदै कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए । २०७० जेठ ५ देखि सातामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्