Logo

देवनारायण यादवलाई जनसेवाश्री मानपदवीबाट सम्मान गरिने

सिन्धु पौडेल,दस्तावेज संवाददाता,जेष्ठ १९,काठमाण्डौं – सीमा क्षेत्रमा भारतीयसँग लडेका सप्तरीका देवनारायण यादवलाई सरकारले जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको छ । तर, कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट मारिएका गोविन्द गौतमको नाम भने मानपदवी, अलंकार र पदक पाउनेहरुको सूचीमा अटाएको छैन ।
           सरकारले गणतन्त्र दिवसको अवसरमा बिभिन्न व्यक्तिहरुलाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय गरेको छ । सो निर्णयअनुसार जनसेवाश्री मानपदवी पाउने व्यक्तिहरु ४६ जना छन् । सो सूचीमा देवनारायण यादवको नाम २६ औं नम्बरमा छ । 

 

 
 
 
प्रतिक्रिया दिनुहोस्