Logo

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन खुला वैशाख १६ गतेसम्म शेयर किन्नेले भर्न पाउने

               वैशाख १६ गतेसम्म शेयर किन्नेले भर्न पाउने

वैशाख २८, काठमाडौं (अस)  सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले वैशाख २८ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले ५ दशमलव २  बराबर १ (५.२ः१)  को अनुपातमा प्रति शेयर एक सय अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन बन्द हुने मिति भने जेठ ३१ गते रहेको छ ।
                   कम्पनीको वैशाख १६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट् लिमिटेड रहेको छ । यसका साथै लक्ष्मी बैङ्क लिमिटेडका शाखा कार्यालयहरु र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नँया वानेश्वर काठमाडौंबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।  कम्पनीको हालको चुक्ता पूँजी रू. ४४ करोड ८३ लाख ५ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैङ्कको चुक्ता पूँजी रू. ५३ करोड  ४५ लाख १७ हजार ५ सय पुग्नेछ । 
प्रतिक्रिया दिनुहोस्