Logo

कुलमानको पक्षमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुलाई प्रहरीले गर्‍यो पानीको फोहरा प्रहार

कारोबार आज भाद्र ३१ गते बुधवार २०७७ – नेपाल विध्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुलाई प्रहरीले तितरवितर पारेको छ । आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बुधबार दिउँसो माइतीघरमा प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरी तितरवितर पारेको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकारको प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले ठाउँ खाली गर्न केही मिनेटको समय दिएको थियो । तर प्रदर्शनकारीहरु नहटेपछि पानीको फोहोरा प्रहार गरिएको प्रहरीले दाबी गरेको छ । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन् ।

कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी त्यसको भोलिपल्ट औपचारिक रुपमा बिदाई भएका थिए । लोडसेडिङ्ग अन्त्य गरी प्राधिकरणलाई मुनाफामा ल्याएका उनलाई पुनः नियुक्त गर्न चौतर्फी दबाब आएपनि सरकारले त्यसो गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्