Logo

नेपालमा पनि GVC को शाखा कार्यालय गठन

७७ वटै जिल्लामा कार्य बिस्तार गरिने

कारोबार आज ,२०७७ साल साउन १८ गते आइतबार ,काठमाण्डौं जिभीसी (ग्लोबल भिलेज कनेक्सन) नेपालका कन्ट्री अध्यक्ष श्री काजीमान आत्रेय ज्यू को आयोजनामा सिद्धार्थ कटेज तीनकुनेमा शाखा कार्यालय विस्तारका लागि पहिलो चरणको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा नेपालमा GVC(GLOBAL Village connection ) को छाताभित्र रहेर काम गर्नका लागि विभिन्न सङ्घ संस्थामा आवद्ध भई सामाजिक कार्यलाई अगाडी बढाइरहनुभएका सामाजिक अभियन्ता ,व्यवसायी ,पत्रकार ,प्रशिक्षक ,स्वास्थ्यकर्मी ,कृषिविद् ,वित्तीय प्रमुख,एनजिओ एक्टिभिस्ट एवं बुद्धिजीवी वर्गको बाक्लो उपस्थिति रहेको थियो । जसमा सबैले आ—आफ्नो मन्तव्यहरू राख्नुभएको थियो । “Better Nepal Better World” को मूल नारा लिएर अगाडी बढेको GVC कार्यक्रममा बोल्दै GVC का कन्ट्री अध्यक्ष उध्योगी व्यवसायी तथा सामाजिक अभियन्ता श्री काजीमान आत्रेय ज्यू ले विश्वभर शाखा कार्यालय बिस्तार गर्दै अगाडी बढ्न लागिरहेको GVC को छाताभित्र आबद्ध भई विभिन्न सामाजिक गतिविधीहरुलाई अगाडी बढाउन आग्रह गर्नुभयो । जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूलाई पारगर्न GVC को माध्यमबाट आफूमा भएको सामर्थ्य र ज्ञानलाई साझेदारी गर्दै सुन्दर नेपाल बनाउन यो संस्था नेपालमा भित्र्याउन लागेको बताउनुभयो । यसका साथै मेघा हस्पिटलका प्रबन्ध निर्देशक श्री किशोर जङ्ग राणाले संस्थासँग साझेदारी गरी आफ्नो स्वास्थ्य सेवालाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुकासाथै GVC मा आबद्ध भएका सामाजिक अभियन्ता तथा सदस्यहरूलाई अस्पतालको तर्फबाट विशेष छुट दिने घोषणा गर्नुभयो । त्यसैगरी वरिष्ठ राजनीतिज्ञ तथा सामाजिक अभियन्ता विष्णु धितालले जलवायु परिवर्तनको कारण सम्पूर्ण विश्वमा पर्न सक्ने सम्भावित जोखिम र त्यसको न्यूनीकरणको लागि GVC को छाताभित्र आबद्ध रहेर अगाडि बढ्न सबैलाई अनुरोध गर्नुभयो ।

GVC के हो ?

सन् २०१७ सालमा भुटानमा स्थापना गरिएको GVC एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । जसको अर्थ विश्वभरका गाउँहरूलाई यस संस्थाको माध्यमद्धारा विकासको लागि आवद्ध गर्नु अर्थात् जोड्नु भन्ने बुझिन्छ । GVC विशिष्ट अवधारणाले भरिएको छ । विश्वभर शाखा कार्यालय बिस्तार गर्ने क्रममा अगाडी बढिरहेको GVC टिम गठन प्रक्रियाबाट विश्वभरका नागरिकहरूलाई एकताबद्ध गरेर एक उत्तम विश्व बनाउनको लागि अनवरत रूपमा प्रयास गरिरहेको छ । यसका संस्थापक अध्यक्ष सामाजिक अभियन्ता तथा उध्योगपति श्री ज्याक्सन डुक्पा हुनुहुन्छ । वर्तमान अवस्थामा विश्वभर व्याप्त वातावरणीय समस्या तथा चुनौतीहरूको सामना गर्न एउटा यस्तो नयाँ शक्ति र बल चाहिएको छ जसको आवश्यकता GVC ले मात्रै पुरा गर्न सक्ने उहाँको विश्वास रहेको छ ।

व्यापक पुँजीवाद र उपभोक्तावादले पृथ्वीलाई असर गरिरहेको छ । विश्वको जनसंख्या दिनपरदिन बढ्दै गइरहेको कारण उपलब्ध प्राकृतिक संसाधनहरूको अत्यधिक अतिक्रमण हुँदैछ । त्यस परिवेशमा यसको रक्षार्थ र नियन्त्रणका उपायहरूबारे सबैतिरबाट गम्भीर रूपले सोच्न जरुरी देखिन्छ । सम्पूर्ण विश्वमा प्राकृतिक संसाधनहरू घट्दै छन् । यसलाई बचाउनका लागि समयमै आवश्यक कदम नचालेको खण्डमा भविष्यमा भावी पुस्ताहरूका लागि केहीपनि नरहने अवस्था नआउला भन्न सकिन्न । तसर्थ GVC ले यस विषयमा अध्ययन अनुसन्धान गरी स्वच्छ सफा हराभरा पृथ्वी बनाउन आवश्यक कार्यक्रम योजना तथा रणनीतिहरू अगाडि सारेको छ ।

GVC नै किन ?

जनसंख्या वृद्धि र मानव अतिक्रमणको कारण दिनपरदिन सम्पूर्ण विश्वनै विनाशतिर धकेलिइरहेको परिप्रेक्ष्य यसलाई पहिलेकै अवस्थामा ल्याउनका लागि उक्त देशको सरकार ,विभिन्न संघ संस्था वा सार्वजनिक निकायको माध्यमबाट सामाजिक उत्प्रेरक भएर स्वच्छ सफा हराभरा विश्वको सिर्जना गर्नु संस्थाको प्रमुख मिशन रहेको छ भने सुरक्षित, शान्त र संयुक्त समाजको निर्माण शिक्षित एवं जिम्मेवार विश्वव्यापी नागरिकहरूको सिर्जना गरी विश्व कल्याणकारी कार्यक्रम ल्याई मानव जीवनको सुख समृद्धिको लागि अनवरत प्रयास गर्ने , स्वास्थ्य तथा सचेतना कार्यक्रम गर्ने , दिगो रहने र दिगो विकासको अवधारणाको प्रचार प्रसार गर्ने ,भ्रष्टाचार हटाउन विशेष जोड दिने एवं सुशासनको प्रवर्द्धन गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको छ ।

GvC के का लागि ?

सबैको लागि शिक्षामा पहुँच ,शून्य भेदभाव,समानता ,सबैको लागी नागरिकता,प्राविधिक शिक्षा,साझा जिम्मेवारी ,धर्म र विश्वासको स्वतन्त्रता,पशु बलीमा रोक ,सबैको लागी मानव अधिकार,जिम्मेवार शासन पद्धति ,दिगो शान्ति ,जीवित प्रजातिहरूको सुरक्षा,सबैको लागी आधारभूत आवश्यकता,जिम्मेवार पुँजीवाद संस्थाको मूल नारा रहेको छ भने, अखण्डता, निःस्वार्थता, टिम कार्य , एकता एवं सामीप्यता, विशिष्टता संस्थाका मूल्य र मान्यताहरू रहेका छन् ।

स्वच्छ ,सफा,हराभरा पृथ्वी ,स्वच्छ स्मार्ट अर्थ परियोजना,विश्व खाध्य सुरक्षा, विश्व विकास परियोजना, अनुसन्धान र सूचना परियोजना,युवा तथा महिला सशक्तीकरण जस्ता बहुउद्देश्यीय कार्यक्रम लिएर अगाडी बढिरहेको GVC को कार्यक्रमलाई सहजीकरण गर्न संस्थाका अध्यक्ष श्री काजीमान आत्रेय ज्यू को सक्रियतामा नेपालमा पनि केन्द्रीय समिति गठन गरिएको छ । जस अन्तर्गत कन्ट्री अध्यक्ष श्री काजीमान आत्रेय ,वरिष्ठ उपाध्यक्ष श्री विष्णु धिताल,उपाध्यक्ष श्री दिनदयाल रिजाल ,सचिव एवं प्रशासन विभागमा श्री दीपशिखा शर्मा,कोषाध्यक्ष श्री अनिता बस्नेत,सह कोषाध्यक्ष श्री सिर्जु दाहाल ,श्री किशोर जङ्ग राणा (उपाध्यक्ष स्वास्थ्य विभाग ),श्री बिना श्रेष्ठ(उपाध्यक्ष मिडिया तथा सञ्चार),श्री शरद शर्मा (उपाध्यक्ष फोहर मैला व्यवस्थापन),श्री रविन काजी पलान्चोके (सल्लाहकार),श्री ध्रुव थापा ( सल्लाहकार) लगायत २८ जनाको केन्द्रीय समिति गठन गरिएको छ । जसले नेपालका शहरी इलाका ,सातै प्रदेश र ७७ जिल्लामा समिति गठन गरी आफ्नो कार्यक्षेत्रलाई अगाडी बढाउनेछ ।

  Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्