Logo

सगुन इन्कर्पोरेशन कम्पनीमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डद्धारा आग्रह

सूचना सहित

कारोबार आज, २०७७ साल साउन १७ गते शनिवार,काठमाण्डौ  – नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेशन कम्पनीमा लगानी नगर्न आग्रह गरेको छ । केही समय अघिदेखि नै धितोपत्र बोर्डले सगुनमा लगानीबारे गरिएको प्रचारबारे अध्ययन गरिरहेको बोर्डले जनाएको छ । नेपाल धितोपत्र बोर्डले एक सूचना जारी गर्दै सगुनमा लगानी नगर्न आग्रह गरेको हो । सूचनामा भनिएको छ, ‘केही समय यता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरूमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानी कर्तालाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्कासन जारी गरेको समाचार र विज्ञापनहरूप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठनित संस्थाले नेपालमा धितोपत्रको निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने र दफा २९ (१) मा संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढी व्यक्तिहरूलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ ।’

बोर्डको स्किृती बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैर कानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विध्यमान कानुनको व्यवस्थाबाट लगानी कर्ताहरूको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डको स्किृती प्राप्त गरेको निष्कासनमा मात्र लगानी गर्न बोर्डले आव्हान गरेको छ । अमेरिकामा स्थापना भएको सगुनले केही समयअघि नेपालमा कार्यालय नै स्थापना गरेर सगुनमा लगानी गराउन प्रचारप्रसार गर्दै आएको थियो । त्यस्तै, भारत लगायत अन्य देशमा अफिस नै स्थापना गरेर आइपिओ बिक्रीका लागि प्रचारप्रसार गर्दै आएको थियो ।

                                 हेर्नुहोस् धितोपत्र बोर्डले जारी गरेको सार्वजनिक सूचना

 

 

प्रतिक्रिया दिनुहोस्