Logo

नेप्से परिसूचकमा दोहोरो अंकले बृद्दि,झण्डै दुई अर्बको शेयर कारोबार

कारोबार आज, २०७७ साल साउन १३ गते मंगलवार काठमाण्डौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज आइतबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार परिसूचक कारोबारको शुरुवातबाटै उकालो यात्रामा लाग्दा नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ सूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । आज १ सय ९० कम्पनीको ४५ लाख कित्ता सेयर बिक्री हुँदा १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्