Logo

सेयरबजार गत हप्ता ३३.२७ अंकले बढ्यो

कारोबार आज, साउन ११ गते आइतवार, २०७७,काठमाण्डौं – सेयर बजार गत हप्ता ३३.२७ अंकले बढेको छ । सूचक अब १२९८.७३ अंकमा पुगेको छ । विहान ११ बजे खुलेको बजारमा कारोबार एक अर्ब नजिक कारोबार भएको छ । दिनभरीमा १७६ कम्पनीको ९२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त, युनाइटेड इन्स्योरेन्स, स्वदेशी लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने राधि जलविद्युत, बोटलर्स नेपाल तराई र देव विकास बैंकका लगानीकर्ताले गुमाएका छन्। ग्लोबल आइएमइ लघुवित्त र नेपाल रिइन्स्योरेन्सको सेयर बढेको छ

प्रतिक्रिया दिनुहोस्