Logo

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो नयाँ नीति तथा कार्यक्रम

कारोबार आज, साउन ११ गते आइतवार, २०७७,काठमाण्डौं –  नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार वेभनारमार्फत आगामी आर्थिक वर्ष २०७७ ७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । वेभनारमार्फत बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पुँजी बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै ऋणपत्रको लागि छुट्टै नियमावली बनाउने तयारी भएको बताए ।

  • बजार विकासको लागि सर्ट सेलिङको विषयमा अध्ययन गरी आवश्यक कार्य अघि बढाइने ।
  • धितोपत्र बजार तथा तथा वस्तु विनिमय बजारको विकास गरी आइओएससिओ को मापदण्ड तय गरिने ।
  •  बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने ।
  • चालु आवबाट एकीकृत ग्राहक कार्ड वितरण गरिने ।
  • बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने ।
  • प्रभावकारी नियमन, सुपरिवेक्षणका लागि आवश्यक कानुनी संरचनाको विकास गरिने ।
  • धितोपत्र बोर्डको स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने योजना उल्लेख ।
  • प्रदेशस्तरमा समेत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिइने
प्रतिक्रिया दिनुहोस्