Logo

गैह्रआवासीय नेपाली सङ्घ साउदी अरबको उपाध्यक्षमा अञ्जनी अधिकारीको उम्मेदवारी घोषणा

स्तावेज,श्रावण १६, गते २०७६ ,काठमाण्डौ– गैह्रआवासीय नेपाली सङ्घ साउदी अरबको उपाध्यक्षमा अञ्जनी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । साथै उनले आफू उक्त पदमा योग्य रहेको भन्दै सहयोग गर्न आव्हाहन समेत गरेका छन् । अञ्जनीकुमार अधिकारीको सहयोग आह्वान र प्रतिवद्दता यस्तो छ,

 यहाँहरु सबैलाई नमस्कार !

सबैभन्दा पहिले त म हजुरहरूलाई मेरो परिचय दिन चाहन्छु , म अन्जनी कुमार अधिकारी वर्ष ३८, घर उदयपुर जिल्ला चौदण्डगडि नगरपालिका वडा न. – ९ प्रदेश न. १ हो ।  म तीन दाजुभाइ मध्येको माइलो छोरा मेरो आमा बुवा दुवै हुनुहुन्छ भने मेरो सानो परिवारमा म श्रीमती तथा २ छोरा छन्। परिवारलाई केही सुख सुविधा होला बच्चाहरूको भविष्य उज्जल होला भन्ने आशामा विगत ८ वर्षदेखि साउदी अरेबियालाई कर्म भूमि बनाई जुबेल सहरमा मार्केटिङ एक्जुकेटिभको रूपमा SONS OF SALEH AL MAGHLOUTH HOLDING भन्ने कम्पनीमा कार्यरत छु।

स्कुले जीवनदेखिनै हरेक सामाजिक कार्यहरूमा संलग्न हुने मेरो बानी थियो , चाहे रेडक्रसको माध्यमबाट होस् या अन्य कुनै सामाजिक सङ्घ संस्था सधैँ कोही कतै कसैलाई दुख परेको देखेमा केही सहयोग गरौँ भन्ने भावना मनमा पलाउने गर्दथ्यो । म विदेश आएपछि सुरुका दिनहरुमा आफ्नै काम अनि परिवारको उज्वल भविष्यप्रति मात्र ध्यान रहेको भएतापनि समय बित्दै गए साथीभाइहरूसँग चिनजान  हुँदै गयो यही क्रममा २०१५ मा म NRNA को पंजीकृत सदस्य हुँदै यस संस्थामा सम्मिलित हुने मौका पाएँ । हुन त NRNA साउदी अरबलाई २०११ देखी नै मैले अध्ययन र यस संस्था बारेमा चासो लिने गरेको थिएँ ।

सो समयदेखि नै NRNA मा रही हजुरहरूसँगै विभिन्न सामाजिक कार्यमा संलग्न छु। २०१५ मा NRNA को पंजीकृत सदस्य लिएको म छोटो समयमा नै यहाँहरूको साथ र सहयोगले २०१६ मे देखि NRNA RCC (क्षेत्रीय समन्वय समिति) पूर्व क्षेत्र साउदी अरबको सचिव जस्तो पदमा रही हरेक समय NRNA को नाम र कदलाई अझ उच्च गर्न आफ्नो तर्फ़बाट कुनै कसर बाकी नराखी सामाजिक कार्यमा लागेको थिएँ । तर सबै सोचेको या चाहेको जस्तो हुँदैन रहेछ जिन्दगी  । नचाहँदा नचाहँदै पनि २० अगस्त २०१७ मा कम्पनीको कामको चापले गर्दा मैले NRNA RCC सचिव पदबाट राजीनामा दिनुपर्यो । जो मेरो लागी जति दुखद थियो संस्थाको लागी पनि उत्तिनै थियो भन्ने मैले महसुस गरेको थिएँ , मेरो त्यो निर्णयलाई कतिपय मेरा अग्रजहरूले गलत निर्णय पनि भन्नुभयो । म उहाँहरूको यस प्रकार को विश्वास अनि सोचको सधैँ सम्मान गर्छु तर राजीनामा दिनुको मेरो एउटै सोच यदि पदमा बसेर पदको मान र मर्यादा राख्न सक्दिन भने अरूलाई बाटो खुल्ला गर्नुपर्छ भन्ने थियो ।

यहाँहरूलाई अवगत नै होला पदबाट टाढा रहेपनि म NRNA बाट कहिले टाढा रहन सकिन र सक्दिन पनि, NRNA को हरेक क्रियाकलापमा सधैँ सहयोगीकै रूपमा अगाडी रहेको पनि हजुरहरूलाई अवगत गराउन चाहन्छु । हाल आएर मैले आफूलाई सामाजिक क्षेत्रमा सक्षम बनाएको छु कि हजुरहरूको साथ अनि समर्थन रहेमा म अब NRNA NCC को केन्द्रीय कमिटीमा बसेर काम गर्न सक्छु र NRNA को पहुँचलाई आज  बिस्तार आरी NRNA को मान मर्यादा अनि शानलाई अझ उच्च राख्न सक्नेछु।

आशा छ मलाइ हजुरहरूको साथ समर्थन अनि अग्रजहरूको आसिर्बाद सदा म मा रहनेछ र मलाई अगाडी बढ्न हौसला प्रदान गर्नुहुनेछ !
यही विश्वास अनि आस को साथ मैले २०१९/२१ को कार्यकाल को लागि NRNA NCC (एनआरएनए राष्ट्रिय समन्वय समिति साउदी अरब) को केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पद मा आफ्नो दाबेदारी पेस गर्ने निर्णय गरेको छु, म पूर्ण आसबादी छु कि हजुरहरूले मलाई मेरो विगत को NRNA प्रति को लगाव अनि कार्य क्षमताको मूल्याङ्कन गरी साथ अनि समर्थन गर्नुहुनेछ !

म हजुरहरूलाई विश्वास दिलाउन चाहन्छु कि म मेरो कार्यकाल मा हजुरहरूको साथ र सहयोगले साउदी अरेबिया स्थित हरेक नेपालीमा NRNA को पहुँच पुर्याई तिनीहरूलाई आइपर्ने श्रमिक समस्याको समाधानलाई एउटा पुलको कार्य गरेर उद्धारको निमित्त सदैव लागि पर्नेछु। नेपाली नियोगसँग संस्थाको सम्बन्धलाई अझ प्रगाढ बनाउने कार्यमा जस्तो सुकै मूल्य चुकाउन पछि पर्ने छैन , नेपाल सरकारले घोषणा गरेको नेपाली श्रमिकहरू को कम्ती मा १०००+३०० पारिश्रमिक को पूर्ण रूपले कार्यन्वयन गराउन संस्थागत पहललाई तीव्रता दिनेछु।
आसा छ मेरो उम्मेदवारीमा यहाँहरू सम्पूर्ण NRNA कर्मी तथा यस संस्था प्रति आस्थावान साउदी स्थित नेपाली दाजुभाइहरू तथा दिदीबहिनीले साथ दिनुहुनेछ र मलाइ NRNA NCC साउदी अरब को उपाध्यक्ष जस्तो गरिमामय पदमा विजयी गराउनुहुनेछ।

 धन्यवाद !
अन्जनी कुमार अधिकारी
हाल जुबेल साउदी अरब

प्रतिक्रिया दिनुहोस्