Logo

नेपालकै अग्लो बौद्ध स्तुपा निर्माण अभियान तिब्र रुपले अगाडी बढ्दै

                                                       हेर्नुहोस् भिडियो

स्ताबेज,असार २० गते मङ्गलवार २०७६ काठमाण्डौं — रौतहटको गैंडाटारस्थित १३२ फिट उचाइको नेपालकै अग्लो बौद्ध स्तुपा निर्माणका लागी यही बैसाख ६ गते शिलान्यास कार्यक्रम सम्पन्न भएपछि धमाधम स्तूपाको जग खन्ने काम शुरु भएको छ । प्रमुख अतिथि प्रदेश नं २ रौतहट क्षेत्र नं ४ का सङ्घीय संसद श्री देवप्रसाद तिमिल्सिनाद्धारा शिलान्यास गरिएको उक्त ऐतिहासिक स्तूपा निर्माण अभियान कार्यक्रम शुरु भए लगत्तै बिभिन्न संघ संस्था तथा देश बिदेशमा रहनुभएका नेपालीहरुद्धारा देखाउनु भएको सहयोग र सदासयताले यसको महत्व र गरिमा अझ बढेको छ ।

बौद्ध स्तुपा निर्माणबाट र गैंडाटारलाई पर्यटकीय क्षेत्र बनाउन एवं विकास निर्माण,उध्योग कलकारखाना तथा अन्य सम्भावनाको ढोकाहरु प्रशस्त खुलेका छन् । स्तुपा निर्माण अभियानमा व्यक्तिगत क्षेत्रबाट साथै सरकारी क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धताहरुपनि आएका छन् ।

धर्म भनेको मानिसको आस्थाको केन्द्र हो । स्वेच्छ्याले जुनसुकै धर्म मान्न पाउनु जो कोहिको नैसर्गिक अधिकार हो । तसर्थ स्तुपा निर्माण अभियानमा कुनै पनि जात जाती भाषा भाषी नभनी सबैले ऐक्यवद्धता जाहेर गरी यस अभियानलाई अगाडि बढाउनुपर्ने सबैको समान दायित्व रहेको छ ।

सबैको लागि विशेष अवसर र चुनौती भएको यस स्तुपा निर्माण अभियानमा सरकारी निकाय,प्रदेश नं २ रौतहट क्षेत्र नं ४ का सङ्घीय संसद, स्थानीय ईकाईका पदाधिकारी,विभिन्न धर्मालम्बी,समाजसेवी,भद्रभलाद्मी,सामाजिक अभियन्ता,पत्रकार एवं बुद्धिजीवी वर्ग,देश विदेशमा रहेका नेपालीहरू सबैको हात र साथको अपरिहार्य आवश्यकता रहेको छ ।

नेपालकै अग्लो बौद्ध स्तूपा निर्माण अभियानका संयोजक श्री ज्ञानबहादुर लामा ज्यू ले बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर रहेको बौद्ध स्तूपा निर्माणमा सहभागी भई नेपाल लगायत देश बिदेशमा रहनुभएका नेपाली दाजुभाइहरुद्धारा आर्थिक सहयोग गरिदिनुहुन सबैलाई हार्दिक अपील गर्नुभएको छ । यस पवित्र अभियानमा सरकार र अन्य निकायहरुको चौतर्फि चासो रहेको साथै कुवेत राष्ट्रमा रहेका नेपाली दाजुभाईहरुको पहलमा आर्थिक संकलन अभियान जारी छ ।  

जसअनुसार कास्की जिल्ला पोखरा घर भई हाल रोजगारीको सिलसिलामा कुवेत बस्दै आउनुभएका अत्यन्त मिलनसार एवं सहयोगी मनका धनी जय आले मगर ज्यू (पत्रकार तथा सामाजिक अभियन्ता)को बिशेष पहलमा तथा पोखरा घर भई हाल कुवेत बस्दै आउनुभएका पवित्र मन एवं समाजसेवी अमृत तामाङ ज्यू (अध्यक्ष जनजाती महासंघ कुवेत)को संयोजकत्वमा एवं खोटाङ घर भई हाल कुवेत बस्दै आउनुभएका सहयोगी मनका धनी समाजसेवी मन्जित चामलिङ राई ज्यू (महासचिव जनजाती महासंघ कुवेत) को बिशेष सहयोगमा आर्थिक संकलन भईरहेको छ । साथै अन्य देशमा पनि सहकार्य गर्ने क्रम भईरहेको छ । 

स्मरण रहोस् ,प्रधान कार्यालय गैंडाटार रौतहटमा रहेको रौतहट स्तूपा निर्माण आर्थिक अभियान समितिको कार्यालय सोह्रखुट्टेमा रहेको छ । सहयोग गर्नुहुने महानुभावहरुले सिधै अभियान समितिको कार्यालय सोह्रखट्टेमा सिधा सम्पर्क गरी आर्थिक सहयोग गर्नसक्नुहुनेछ अथवा आर्थिक अभियान समितिद्धारा तोकिएको संयोजक तथा आर्थिक संकलन अभियान सदस्यहरुसँग सम्पर्क गरी यस पवित्र कार्यमा सहभागी हुनसक्नुहुनेछ ।

निर्माणाधिन बौद्ध स्तुपा स्थलको कुल क्षेत्रफल १० बिघा ६.६० हेक्टर रहेको छ भने स्तुपाले मात्र ओगट्ने क्षेत्रफल २.३३ हेक्टर रहेको छ । बौद्ध स्तुपा निर्माणको लागिमात्र लाग्ने लागत खर्च २ अर्ब ५० करोड रहेको छ । अन्य पूर्वाधारहरू निर्माणका लागि लाग्ने लागत खर्च रु २ अरब ५० करोड रहेको छ । कुल लागत ५ अरब रहेको उक्त आयोजनाको अवधि ५ वर्षको हुनेछ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्