Logo

रौतहट जिल्लाको गैंडाटारमा नेपालकै सबैभन्दा अग्लो बौद्ध स्तुपा बन्ने

स्तावेज, कार्तिक,२८ गते बुधवार,२०७५,काठमाडौँ मागी गुम्बा नामक संस्थाले रौतहट जिल्लाको गैंडाटारमा नेपालकै सबैभन्दा अग्लो बौद्ध स्तुपाको निर्माण गर्ने भएको छ । सम्पूर्ण आवश्यक चरणहरू पूरा गरी निर्माणाधिन अवस्थामा रहेको स्तूपाको बारेमा जानकारी दिँदै मागी गुम्बा समितिका सचिव तथा स्तूपा निर्माण अभियानका संयोजक श्री ज्ञानबहादुर लामाले आर्थिक सहयोगको लागि सबैलाई आव्हाहन गर्नुभएको छ । बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर बौद्ध स्तूपा निर्माण अभियानमा सहभागी भई स्तूपा निर्माणको सहयोगार्थ सम्पूर्ण धर्मालम्बी,समाजसेवी,बुद्धिजीवी बर्ग एवं सामाजिक अभियन्तालाई पनि हार्दिक अपिल गरिएको छ ।

आयोजना अवधि ५ बर्ष रहेको बौद्ध स्तुपा स्थलको कुल क्षेत्रफल १० बिघा ( ६.६) हेक्टर रहेको छ भने स्तुपाले मात्र ओगट्ने क्षेत्रफल २.३३ हेक्टर रहेको छ । बौद्ध स्तुपास्थलको स्तुपा निर्माणको लागिमात्र लाग्ने खर्च २ अर्ब ५० करोड रहेको छ । अन्य पूर्वाधारहरू निर्माणका लागि लाग्ने कुल खर्च रु. २ अरब ५० करोड रहेको छ । कुल लागत ५ अरब रहेको उक्त आयोजनाको अवधि ५ वर्षको हुनेछ ।

बौद्ध स्तुपा परिसरमा स्तूपा सम्बन्धी अन्य पूर्वाधारहरू पनि यसै आयोजना अन्तर्गत सम्पन्न गरिनेछ । यी लगायत बौद्ध गुम्बा,आधुनिक बगैँचाको निर्माण,स्तुपा तथा गुम्बा वरिपरिको क्षेत्रमा रुद्राक्ष,चन्दन,बोधिचित्त,लगायत अन्य खालका बोटबिरुवाहरुपनि रोपिनेछन् । स्तूपा क्षेत्रमा खानेपानी तथा शौचालय उपलब्ध गराई स्तपा क्षेत्रमा फराकिलो सडक पनि बिस्तार गरिने आयोजनाको उध्येश्य रहेको छ । यसका साथै बौद्ध धर्म सम्बन्धी पाठशाला,पुस्तकालय तथा सङ्ग्रहालयको निर्माण र सञ्चालन गरिने पनि आयोजनामा उल्लेख गरिएको छ ।

१३ जना सदस्य संख्या रहेको उक्त संस्थाको कार्य समितिका अध्यक्ष श्री जोखेमान बल हुनुहुन्छ भने उपाध्यक्षमा श्री गजलाल बाँस्कोटा रहनुभएको छ । सचिव ज्ञान बहादुर तामाङ रहनुभएको उक्त संस्थाका कोषाध्यक्ष श्री माया रानी तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यमा दीपशिखा शर्मा,लगायत अन्य ६ जना सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्