Logo

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी अनिष महर्जन सम्मानित

स्तावेज,असोज २९ गते सोमवार,२०७५ काठमाडौँ –  प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री माननीय श्री युवराज दुलालको प्रमुख आतिथ्यमा पिपलडाडा तेक्वान्दो डोजाङले आयोजना गरेको चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको अवसरमा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी अनिष महर्जनलाई सम्मान गरिएको छ  । दक्षिण कोरियामा जुलाई १२ देखि जुलाई १७ सम्म आयोजित १२औं विश्व तेक्वान्दो कल्चर एक्स्पो २०१८ र विश्व तेक्वान्दो हामादाङ प्रतियोगितामा सफलतापूर्वक सहभागी भई गे रोगी तर्फ ८७ के.जी तौल समूहमा स्वर्णपदक हासिल गरी नेपाल र नेपालीहरूको प्रतिष्ठा र गौरव उच्च पारेको हुँदा उनको उच्च महान योगदानको कदर गर्दै आउँदा दिनहरूमा पनि खेलकुद क्षेत्रमा निरन्तर रहने विश्वासका साथ सम्मान गरेको हो।

अन्तर्राष्ट्रिय खेलाडी महर्जनले कोरियामा सम्पन्न वर्ल्ड तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा २०१५ देखि २०१८ सम्म लगातार तीन पटक नेपालको लागि स्वर्णपदक दिलाउन सफल भएका थिए । उनले वर्ल्ड तेक्वान्दो हानमादाङ २०१४,२०१६ र कम्बोडियामा सम्पन्न एसियन तेक्वान्दो हानमादाङ च्याम्पियनसिप २०१७ मा समेत स्वर्णपदक समेत प्राप्त गरेका थिए ।

त्यसैगरी हालसालै अष्ट्रेलियामा सम्पन्न भएको गोल्ड्कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक दिलाइ नेपाल र नेपालीको सिर उच्चपारेका थिए । न्यू गोल्ड तेक्वान्दो डोजाङका डोजाङ प्रमुख तथा तेक्वान्दो खेलका राष्ट्रिय रेफ्री समेत रहेका महर्जन हाल स्वदेशमै रहेर नेपालको तेक्वान्दो खेलको विकास र बिस्तारमा सहयोग गर्दै आइरहेका छन् । महर्जन हाल काठमाडौँको कोलम्बस स्कुलमा अतिरिक्त क्रियाकलापको इन्चार्ज तथा माछापुच्छ्रे स्कुलको तेक्वान्दो प्रशिक्षक समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्