Logo

रोटर्याक्ट क्लवले महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने

स्तावेज ,असोज १५ गते सोमबार, २०७५, काठमाडौँ – देशव्यापी महिला हिंसाका घटनाहरुमा वृद्धि भइरहेको बेला रोटर्याक्ट क्लव, नेपाल जोन ४ को दोस्रो बैठकले महिला हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरामा सम्पन्न जोन ४ अन्तर्गतका १२ वटा रोटर्याक्ट क्लवहरुको बैठकले महिला हिंसा र यौन दुर्व्याहारको बारेमा जनचेतना कार्यक्रमसँगै बालिका तथा किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने निर्णय गरेको रोटर्याक्ट क्लव जोन ४ का जेडआरआर सुवास मल्लले जानकारी दिए ।

अभियानको विस्तृत योजना तथा समय तालिका रोटर्याक्ट क्लव अफ पोखरा गण्डकी मेडिकल कलेजले बनाउने र सोही अनुसार कास्की, पर्वत र बागलुङ्ग जिल्लाका विध्यालय तथा कलेजहरुमा यी कार्यक्रमहरु सञ्चालन गर्ने क्लवले योजना बनाएको छ । बैठक पछि मल्लले अगाडि भने, ‘हिंसा भएपछि चिन्ता गर्नुभन्दा हिंसा नै हुन नदिने अभियानमा हामी १२ वटै क्लवहरु स्वयंसेवी अभियानमा लाग्दैछौं ।’

बैठकले रोटर्याक्ट क्लवको अध्यक्ष सचिवहरुको राष्ट्रिय भेलामा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै आफ्नो कार्ययोजना समेत पारित गरेको छ । कार्ययोजना अनुसार क्लवले जोन ४ मा राष्ट्रिय करियर सम्मेलन, उध्यमी सम्मेलन, रक्तदान कार्यक्रम, रोटर्याक्ट हाजिरी जवाफ प्रतियोगिता, वनभोज कार्यक्रम, साहित्यीक साँझ, फुटसल प्रतियोगिता आदि कार्यक्रमहरु सञ्चालन गर्ने छ ।

बैठक जोन ४ का जेडआरआर सुवास मल्लको अध्यक्षता, सचिव प्रवेश गौतमको सञ्चालन तथा एडिआरआर सञ्जीव पौडेल र निवर्तमान जोडआआर दिपेन्द्र घिमिरेको विशेष उपस्थितीमा सम्पन्न भएको थियो । रोटर्याक्ट क्लव अन्तर्गत सबैभन्दा ठूलो यो जोनमा १२ क्लवमा ६०० जना युवाहरु कास्की, पर्वत र बागलुङ्ग जिल्लामा स्वयंसेवा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्