Logo

पिज्जा बनाउने रोबोट कम्पनीमा सफ्ट बैङ्कले लगानी गर्ने

स्तावेज, श्रावण २३ गते बुधबार, २०७५, टोकियो ,जापान-जापानको बहुराष्ट्रिय दूरसञ्चार र इन्टरनेट कम्पनी ‘सफ्टबैङ्क ग्रूप कर्पोरेशन’ले पिज्जा बनाउने रोबोट कम्पनीमा लगानी गर्न लागेको छ । सफ्टबैङ्कले जुमे इङ्क ५० करोड डलरदेखि ७५ करोड डलरसम्म लगानी गर्न लागेको हो । यसबारे दुई कम्पनीबीच वार्ता समेत भइरहेको छ । जुमे इङ्क पिज्जा बनाउन मद्दत गर्ने रोबोट बनाउने स्टार्टअप कम्पनी हो ।

जुमेसँग कष्टमरलाई सामान डेलिभरी दिन जाँदा जाँदै बाटैमा खानेकुरा बनाउन सक्ने डेलिभरी ट्रकको प्याटेन्ट पनि छ । यी ट्रकमा रोबोट जडान गरिएको छ । यसमा पिज्जाको माग आउने वित्तिकै रिमोटबाटै क्लाउड सङ्केत दिएर ओभनमा आगो बाल्न सकिन्छ । आगो बलेपछि रोबोटले पिज्जा बनाउँछ । डेलिभरी सवारी चलिरहेको बेलामा सवारी साधनभित्रै खाना बनाउन केही कानूनले प्रतिबन्ध लगाएको भएपनि कम्पनीसँग भएको प्रविधिका कारण उसले डेलिभरीकै समयमा पिज्जा तयार गर्न सक्षम भएको छ ।

यो वर्षको शुरुमा सफ्टबैङ्कको नेतृत्वमा खानेकुरा डेलिभरी गर्ने एप डोरड्याशमा ५३ करोड ५० लाख डलर लगानी जुटेको थियो । यूबरको खानेकुरा डेलिभरी व्यवसाय यूबरइट्समा पनि सफ्टबैङ्कको १५ प्रतिशत हिस्सा रहेको छ ।

      एजेन्सी

प्रतिक्रिया दिनुहोस्