Logo

आफूलाई नासाको वैज्ञानिक हौं भन्ने बाबु छोरा पक्राउ

स्तावेज, बैशाख २९ गते शनिवार,२०७४,काठमाडौं– यो समाचार पढ्न शुरु गर्नुअघि माथिको फोटो हेर्नुस् । सेतो चाँदीको रंगजस्तो कपडाको सुट पहिरिएका, अन्तरीक्ष यात्रीले जस्तो हेलमेट लगाएका यी हुन् बाबु–छोरा । यिनीहरुमाथि डेढ करोड भारु ठगेको आरोप छ । सबभन्दा चाखलाग्दो कुरा त के छ भने मानिसहरुलाई ठग्नका लागि उनीहरुले आफूलाई नासाको वैज्ञानिक हौं भने । योभन्दा ठूलो कुरा त जसलाई ठगे उसलाई विना अंग्रेजी बोलेर, विना कुनै वैज्ञानिक सूत्र भनेर, हजारौंको सामान करोडौंमा बेचे ।

यो प्रसंग हो भारतको राजधानी दिल्लीको । बाबु/छोराको यो जोडी, दिल्लीको पश्चिम बिहारमा बस्ने गर्दथ्यो । बुवाको नाम वीरेन्द्र मोहन र छोरा नितिन ९० को दशकतिर मोटर वर्कसपको बिजनेस गर्दथे । दिल्ली पुलिसको अपराध शाखाका डीएसपी भीष्म सिंहका अनुसार बाबु–छोराले एक कपडा व्यापारीलाई नासामा प्रयोग गरिने राइस पुलर नामको एक धातुको उपकरण बेच्ने सम्झौता गरे । राइस पुलर एक प्रकारको धातु नै हो जसमा चामलजस्तो साना कणहरुलाई आफूतर्फ तान्ने शक्ति हुन्छ ।

डीएसपी भीष्म सिंहका अनुसार बाबु–छोरा ठगिएका ति व्यक्तिलाई यो कुराको विश्वास दिलाउन सफल भएका थिए कि राइस पुलरको चुम्बकीय शक्तिको कारण अमेरिकी अन्तरीक्ष संस्था नासामा धेरै माग छ, यसको कारोबार गरियो भने हजारौं करोडको नाफा हुन्छ ।

प्रहरीका अनुसार यो पूरै डिल ३ हजार ७५० करोड भारुको थियो । यसका लागि बाबु–छोरा मिलेर ठगीको शिकार बनेका व्यक्तिबाट किस्ताबन्दीमा साइन्टिस्ट, केमिकल, ल्याब, कपडाको नाममा १ करोड ४३ लाख भारु लूट्न सफल भए । यो घटना सन् २०१५ को थियो ।   दुवै पक्षबीच लेनदेनको मामला चार–पाँच महिनासम्म चल्यो ।

ठगिएका व्यक्तिले आफ्नो पहिचान लुकाउने सर्तमा दिएको जानकारीअनुसार बाबु–छोराले आफ्नो एक नक्कली वेबसाइट पनि बनाएका थिए । ठगिएका ति व्यक्ति दिल्लीकै मयूर बिहार इलाकाका बासिन्दा हुन् । उनको कपडाको निर्यात व्यापार छ । उनका अनुसार बाबु–छोराले बनाएको वेबसाइट देखेपछि उनलाई पक्का यकिन भयो कि ति दुबै वैज्ञानिक नै हुन् ।

पैसाको लेनदेन

दुवै पक्षबीच एक सम्झौता भयो । सम्झौताअनुसार अन्तरीक्ष यात्रीले लगाउने कपडा र जाँचसँग सम्बन्धित सामान खरिद गर्दका लागि पैसा आवश्यक पर्ने छ, जुन निकै महंगो हुन्छ । साथै जाँच पूरा गर्नका लागि एक अलग्गै ल्याब र केमिकलको पनि आवश्यकता पर्दछ ।

बाबु–छोराले यसका लागि सबै खर्च कपडा व्यापारीलाई व्यहोर्न भने । व्यापारी पनि राजी भए । त्यसका लागि बकाइदा एस बैंकको एक खाता नम्बर पनि दिइयो । ठगीएका व्यापारीले एकपटक अनलाइनमार्फत् पैसा ट्रान्सफर गरे, तर धेरै त क्यास नै खाता नम्बरमा जम्मा गरिदिए ।

त्यसको पाँच महिनापछि नै कारोबारीलाई आफू ठगिएको महसुस हुन थाल्यो र बाबु–छोरासँग पैसा फिर्ता माग्न शुरु गरे । शुरुमा बाबु–छोराले पैसा फिर्ता गर्न आनाकानी गरे । त्यसको केही दिनपछि पैसा फिर्ता गर्ने समयअवधि मागे ।

यसरी वर्षहरु बित्दै गए तर ति बाबु–छोराले पैसा फिर्ता दिनुको सट्टा धम्की दिन थाले । त्यसपछि ति कपडा ब्यापारीको धैर्यताको बाँध टुट्यो । उनले दिल्ली प्रहरीमा यसै वर्षको अप्रिल महिनामा मुद्दा दर्ता गराए । त्यसपछि प्रहरीले बाबु–छोरालाई रंगेहात पक्राउ गर्न सफल भयो ।

प्रहरीका अनुसार ति बाबु–छोराबाट कयौं सिमकार्डहरु, ल्यापटप र अन्तरीक्ष यात्रीले लगाउने कपडा बरामद भएको छ । त्यो कपडा उनीहरुले दिल्लीको चाँदनी चोकबाट १२ सय भारुमा खरिद गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आरोपीको इतिहास

छिटै धनि बन्ने चक्करमा रहेका उनीहरुको भेट यस्तो एक व्यक्तिसँग भयो जसलाई उनीहरुले एउटा साधारण ऐनालाई जादुमयी भनेर लाखौं रुपैयाँ हात पार्न सफल भए । यसबाट पाठ सिक्दै उनीहरुले दोस्रो व्यक्तिलाई त्यसैगरी ठग्न सुरु गरे । दिल्ली प्रहरीको अपराध शाखाका डीएसपी भीष्म सिंहका अनुसार त्यसअघि देहरादुनमा यी बाबु–छोराले एक व्यक्तिलाई एक सर्प साढे १७ लाख भारुमा बेचिसकेका थिए ।

हाल दुवै बाबु–छोरा दिल्ली प्रहरीको हिरासतमा छन् । प्रहरीले ठगीमा उनीहरुका अरु पनि साथी रहेको आशंकमा खोजी जारी राखेको छ । ठगीको आरोप पुष्टि भएमा दुवै बाबुछोरालाई सात वर्षको सजायँ हुनेछ ।

–बीबीसी हिन्दीबाट अनुदित

प्रतिक्रिया दिनुहोस्