Logo

अवैध ढंगले रेष्टुरेष्टुमा काम गर्दै आएका ११ जना उत्तर कोरियाली पक्राउ

स्तावेज , बैशाख २३ गते आइतवार २०७५, काठमाण्डौं –प्रहरीले श्रम स्किृती विना अवैध ढंगले रेष्टुरेष्टुमा काम गर्दै आएका ११ जना उत्तर कोरियाली नागरिकलाई पक्राउ गरेको छ। उनीहरु सवै हाल प्रहरी नियन्त्रणामा छन। महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रवार साँझ दरवारमार्ग स्थित याक एण्ड यती होटल प्रवेशद्धार नजिक उत्तर कोरियाली नागरिकले संचालन गर्दै आएको प्योङयाङ आरिराङ रेस्टुरेन्टबाट १० युवती र एक युवक गरी ११ जना उत्तर कोरियालीलाइ पक्राउ गरेको हो।

महानगरिय अपराध महाशाखाका प्रमुख(एसएसपी) धिरजप्रताप सिंहले पक्राउ परेका उत्तर कोरियाली माथि अनुसन्धान भइरहेको वताए। एसएसपी सिंहले अन्नपुर्णसँग भने, ‘विना श्रम स्विकृत काम गरेको पाइएको छ। थप विषयमा समेत अनुसन्धान भइरहेको छ।’ प्रहरीले आफ्नो अनुसन्धान सकेपछि उनीहरुलाई अध्यागमन विभाग बुझाउने छ।

त्यस पछि अध्यागमन विभागले थप अनुसन्धान अघि वढाउने छ।उनीहरु माथि अध्यामगन ऐन/नियमावली उलंघन गरेको देखी कर छली गरेको सम्म आरोप लागेको छ। नेपाल स्थित उत्तर कोरियाली दुतावासको प्रत्यक्ष निगरानीमा संचालित उक्त रेष्टुरेष्टमा केही नेपाली कुक बाहेक सवै उत्तर कोरियाली नागरिक कार्यरत छन। सवैले बिजिनेस भिसा लिएका छन। डिपेन्डेण्टमा आएकाहरुले समेत काम गर्दै आएका छन। जुन अध्यामगन ऐन÷नियम विपरित हो। दरबारमार्गमा एक नीजी तिन तल्ले घर भाडामा लिएर दूई तल्लामा संचालित रेष्टुरेष्टको माथिल्लो तल्लामा उनीहरु आवासको रुपमा बस्दै आएका छन।

उत्तर कोरियाली नागरिक हो क्वाङ उक्त रेष्टुरेष्टका अध्यक्ष हुन। उत्तर कोरियालीको प्योङयाङ आरिराङ रेष्टुरेष्टमा छुट्टै कोठा लिए खाजा खाएमा कोठाको मात्र प्रतिघण्टा एक हजार नेपाली तिर्नु पर्ने हुन्छ। खाएको विल अनुसार कर सहितको रकम छुट्टै तिर्नु पर्ने हुन्छ। ग्राहकबाट कर लिए पनि उनीहरुले नेपाल सरकारलाई भने कर तिर्दैनन। त्यसरी छुट्टै कोठा लिएर बस्ने ग्राहकलाई स्वंयले गित गाउने(काराओके) व्यवस्था मिलाइएको छ। त्यहाँ कार्यरत उत्तर कोरियाली युवतीहरु ग्राहकहरुसँगै गित गाउने र नाच्ने गर्दछन।

सामान्य टेवलमा बसेर खाने ग्राहकले काराओकेको स्वाद लिन भने पाउँदैनन।उक्त रेष्टुरेष्टले नेपाल सरकारलाई तिर्नु पर्ने करको समेत छली गर्दै आएको स्रोतले वताएको छ। उनीहरुलाइ कर कार्यालयले दिने कर चुक्त प्रमाणपत्रमा बर्षेनी व्यापार घाटामा गएको देखाइएको छ। उक्त रेष्टुरेष्टका संचालकहरुले आफ्नो रेष्टुरेष्टको व्यापार घाटामा रहेको विवरण कर कार्यालयमा पेश गर्ने गरेका छन। उक्त रेष्टुरेष्टमा उत्तर कोरियाली युवतीहरुले वेटर, बिलिङ ,अतिथी सत्कार लगायतका काम स्वयं गर्दै आएका छन। तनहुँको दमौलीमा रहेको उत्तर कोरियाली नागरिकले संचालन गरेको ‘ने कोर्यो’ अस्पतालमा समेत व्यपारिक भिसा लिएका केही उत्तर कोरियाली नागरिकहरु चिकित्सकीय काम गर्दै आएका छन।

उद्योग विभागले विदेशी लगानी अन्तर्गतका सवै प्रक्रिया पुरा गरेपछि व्यापारिक भिसाको लागी सिफारिस गर्ने गरेको छ। त्यही सिफारिसका आधारमा अध्यागमन विभागले उनीहरुलाइ व्यापारिक भिसा दिएको हो। तर उनीहरुले त्यही व्यापारिक भिसाको दुरुपयोग गर्दै काम गर्दै आएका थिए। महानगरिय अपराध महाशाखाले श्रम स्विकृत विना काम गरेको र विभिन्न अवैध गतिविधिमा समेत संलग्न भएको हुन सक्ने उजुरी परे पछि उनीहरु माथी सुष्म अनुसन्धान चलाएको थियो।

उक्त रेष्टुरेष्ट नेपाल स्थित उत्तर कोरियाली दुतावासको निकटमा रहेर संचालन हुँदै आएको छ। उत्तर कोरियाली दुतावासको अधिकांश कार्यक्रमहरु उक्त रेष्टुरेष्टमा संचालन हुने गरेको छ। एउटा प्रयोजनमा भिसा लिएर त्यसको दुरुपयोग गरी अन्य काममा संलग्न हुनु नेपालको अध्यागमन नीति विपरित हो। दरवारमार्ग स्थित प्योङयाङ आरिराङ रेष्टुरेष्टमा कार्यरत केही उत्तर कोरियालीहरुले नजिकै रहेको राइजिङ मलमा चिनिया नागरिकले संचालन गरेको रेष्टुरेन्टमा समेत काम गरेका थिए।

अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्