Logo

‘भैरे’को दुई गीत सर्वाधिक हिटको सूचीमा, न्यूयोर्कमा गरियो प्रेस मिट

                                   सनम माया लाको …………………हेर्नुहोस् भिडियो

नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानरद्धारा निर्मित बहुप्रतिक्षित चलचित्र ‘भैरे’को ‘सनम माया लाको’ र ‘सान्नानीलाई भेट्न आउँदा’ बोलका दुईवटा चर्चित गीतहरू सर्वाधिक हिट लिस्टको सूचीमा परेको खुशियालीमा चलचित्र ‘भैरे’ टिमबाट अमेरिकाको न्यूयोर्क शहरमा भव्य सेलेब्रेशन एवं प्रेस मिट सम्पन्न भएको छ ।

कलाकार बिक्रान्त बस्नेत,संगीतकार एवं गायक यम बराल,निर्माता प्रेम प्रसाद पौड्याल तथा निर्माण संयोजक कृष्णराज काफ्लेको सक्रियतामा आयोजित उक्त समारोहमा बुद्धिजीवी वर्ग एवं पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त समारोहमा एनआरएन एनसीसीका अध्यक्ष डा. केशव पौडेलद्धारा शेर्पा किदुगको भवनमा आयोजित एनआरएन कार्यक्रममा केक काटिनुको साथै चलचित्र ‘भैरे’ टिम लगायत बुद्धिजीवी वर्गहरूले चलचित्रको बारेमा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा नेपाली कन्सुलेटका नायब महाबाणिज्यदुत पुष्प राज भट्टराई एनआरएनका पुर्व क्षेत्रिय संयोजक सोनाम लामा, गायक यम बराल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको  पनि उपस्थिति रहेको थियो। नेपालको विभिन्न स्थानहरुमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भैरे ‘ को नेपालसंगै अमेरिकाको विभिन्न राज्यहरुमा समेत आगामी महिना प्रर्दशन गर्न लागेको निर्माता पौडेलले बताए ।

चलचित्र ‘भैरे’को शीर्ष गीत ‘सनम माया लाको’ बोलको गीत रिलिज भएको १० दिन नपुग्दै संसारभरबाट ११ लाखभन्दा बढी मानिसहरूले हेरिसकेका छन् । अझै गीत हेर्ने क्रम जारी छ । उक्त गीतका गीतकार निर्देशक एभरेष्ट सूर्य बोहरा स्वयं हुन् भने संगीतकार यम बराल हुन् । यम बराल र अञ्जु पन्तको स्वर रहेको उक्त गीतका कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका छन् । सम्पादन बबी शाहको रहेको छ । उक्त रोमान्टिक गीतमा नायक दयाहाङ राई र सुरक्षा पन्तले खुलेर रोमान्स गरेका छन् ।

              सान्नानीलाई भेट्न आउँदा……………………….हेर्नुहोस् भिडियो

त्यसैगरी दोस्रो गीत सान्नानीलाई भेट्न आउँदा बोलको गीत पनि तेह्रलाखभन्दा बढी दर्शकहरूले हेरिसकेका छन् । शब्द र संगीत,वसन्त सापकोटा, स्वर,यम बराल र वसन्त सापकोटा र मेलीना राई,संगीत संयोजन रिकेस गुरुङ, स्टुडियो ,प्रिज्मा रहेको उक्त गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने सम्पादन बबी शाहको रहेको छ ।

वर्षा सिवाकोटी, चर्चित नायक विक्रान्त बस्नेत र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ को आकर्षक नृत्य रहेको गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन निकै स्तरिय बनेको छ । दर्शकमा राम्रो क्रेज छोड्न सफल चर्चित नायक दयाहाङ राई तथा नायिका सुरक्षा पन्त अभिनित चलचित्र ‘भैरे’ को अधिकांश सुटिङ जोमसोममा गरिएको र बाँकी पोखरा र अन्य ठाउँमा गरिएको छ ।

चलचित्र ‘भैरे’ नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण भएको दमदार प्रस्तुति बोकेको चलचित्र हो । सिंगो गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दयाहाङले ‘भैरे’को ज्वलन्त भूमिका निर्वाह गरेका छन् भने सुरक्षा पन्त उनको जोडीका रूपमा देखिएकी छिन् । नायक दयाहाङ राई र नायिका सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्रको पोस्टरमा पनि यी दुवै कलाकारलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

चलचित्र ‘भैरे’का कलाकारहरूमा दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् ।

यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।

      Deepshikha Sharma

 [email protected]

प्रकाशित मिति, २०७४ साल चैत्र २६ गते सोमबार

प्रतिक्रिया दिनुहोस्