Logo

२४ वर्षपछि हराईरहेकी छोरी भेटिंदा (भिडियो)

स्तावेज , चैत २१ गते बुधवार ,२०७४,बेइजिङ- आफ्नी छोरीको पर्खाइमा २४ वर्षसम्म यो चिनियाँ जोडीले अनेक हन्डर खायो। २४ वर्ष अगाडि हराएकी वाङ मिङकिङ र लिउ डेनिन २४ वर्ष अगाडि हराएकी  चार वर्षकी छोरी क्यूफेनको खोजीमा दैनिक भौतारि रहे। यसबिचमा पिता कहिले ट्याक्सी ड्राइभर बने कहिले के। तर छोरी फेला पार्ने आश भने मारेनन्। कुनै दिन छोरी आफ्नो प्यासेन्जर बनेर ट्याक्सी चढ्ने छिन् भन्ने उनको आशा थियो। आफ्नी छोरीको पर्खाइमा रहेको समाचारले चीनलाई तरंगित गरायो। यही समाचारले अहिले उनलाई छोरीसँग मिलन गराइदिएको छ।

चार वर्षीया छोरीलाई साथमा लिएर उनी पसलमा गएका थिए। केही समयमा नै छोरी हराइन्। त्यसपछि उनले छोरीको खोजीमा वर्षौँ सहरहरू चहारे। पत्रपत्रिकामा विज्ञापन निकाले, अनलाइनमा अपिल जारी गरे।  अर्की एक छोरी र एक छोरा भएको यो दम्पतीले कहिल्यै पनि चेङ्डु छाडेन। छोरी खोज्दैखोज्दै आउने आशमा उनीहरूले यो सहरलाई कहिल्यै छाड्न चाहेनन्। 

सन् २०१५ मा वाङले छोरीको खोजीलाई व्यापाक बनाउन ट्याक्सी ड्राइभर बन्ने निधो गरे। उनले राइड हेलिङ कम्पनीमा ड्राइभरको रूपमा काम सुरु गरे। आफ्नो ट्याक्सीमा चढ्ने हरेक यात्रुलाई आफ्नी छोरीको बारेमा जानकारी सहितको पर्चा दिन्थे। उनीसँग हराएकी छोरीको तस्बिर थिएन्। उनले आफ्नी अर्की छोरीको तस्बिर सहित पर्चा बनाएका थिए। दुबै छोरी उस्तै थिए। उनको छोरी खोज्ने यो तरिकाले चिनियाँ सञ्चार माध्यमलाई तान्यो। ‘एक दिन मेरी छोरी मेरै कारमा बस्नेछिन्’ उनको यो आशा नारा जस्तै थियो। यतिका वर्ष चिनियाँ प्रहरीले उनकी छोरी हुन सक्ने भन्दै कैयौँ महिलाहरूलाई उपस्थित गरायो। तर डिएनए परीक्षण विपरीत हुन्थ्यो। 

उनको छोरी खोजीको अभियानले गत वर्ष नयाँ उचाइ पायो। प्रहरीका स्केच आर्टिस्टले उनको बयानका आधारमा उनी छोरी वयस्क अवस्थामा यस्तो हुन सक्ने भन्दै स्केच तयार पारिदिए।  स्केच सबै मिडियामा प्रकाशित भए, अनलाइन तथा सामाजिक सञ्जालमा व्यापक भयो। देशको अर्को कुनामा रहेकी उनकी छोरीले स्केच देखेपछि अचम्मित भए। यति बेला उनको नाम  क्यूफेनबाट काङ यीन भइसकेको थियो। उनलाई एक दम्पतीले धर्मपुत्रीको रूपमा स्वीकार गरेका थिए। 

उनलाई ती दम्पतीले चेङडुकै सडक किनारमा फेला पारेका थिए। उनले वाङसँग यस वर्षको सुरुवातमै सम्पर्क गरिन्। उनले उनकी हराएकी छोरी जस्तै आफू भएको बताएकी थिइन्। लगत्तै वाङले डिएनए परीक्षणको व्यवस्था गरे। यसपाली भने डिएनए रिपोर्ट पोजेटिभ भेटियो। सोमबार वाङले आफ्नी छोरीसँग फेरि कुरा गरे।

‘अब देखि तिम्रो पिता तिमीसँग छ, तिमीले कुनै चिन्ता लिनुपर्दैन्, तिम्रो बाबुले सहयोग गर्ने छ,’ उनले छोरीसँग भनेका थिए। मंगलवार मात्र यो परिवारको पुनःमिलन भएको छ। उत्तरी जिलिन प्रान्तमा बस्ने उनी आफ्ना पति छोराछोरीसँग त्यहाँबाट चेङ्डु उत्रिएकी छन्। ‘यो विश्वले मलाई मेरी आमा नभएको भन्यो, अब म भन्छु मसँग आमा हुनुहुन्छ,’ काङले भनेकी छन्। 

              एजेन्सी

 

 

 
 

 

 
 
 
 
 
 
 
 
 
 

 

 
प्रतिक्रिया दिनुहोस्