Logo

नेपाली विध्यार्थी ABROAD STUDY मा जानु भनेको आफ्नो, समाजको तथा राष्ट्रकै आवश्यकता हो

                 शिशिर सिंखडा, संस्थापक निर्देशक, क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी

शिशिर सिंखडा, अर्थात् क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक, दुई वर्ष यता राजधानीमा रहेर विध्यार्थी अभिभावकलाई ABROAD STUDY का विविध विषयमा परामर्श दिईरहनु भएको छ । आठ वर्षअघि स्थापित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले विध्यार्थी लार्इ विदेश जान सहजीकरण मात्र गर्दैन, उनीहरूको शैक्षिक तथा आर्थिक अवस्थालाई सूक्ष्म रूपमा अध्ययन गरेर मात्र परामर्श गर्ने गरेको छ ।

क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीमार्फत अस्ट्रेलिया, न्यूजल्याण्ड, बेलायत, अमेरिका तथा इण्डियाका उत्कृष्ट विश्वविध्यालय र कलेजमा गएर उच्च शिक्षा हासिल गर्न सकिन्छ । राजधानीको मुटु बागबजारमा मुख्य कार्यालय रहेको क्याम्ब्रिजको देशका विभिन्न शहरहरूमा १२ ओटा शाखा कार्यालय रहेका छन् । भने, चाँडै मध्य पश्चिमको बुटवल र ललितपुरमा समेत शाखा कार्यालय सञ्चालनमा आउने भएको छ ।

यतिबेला ABROAD STUDY मा जाने विध्यार्थीहरू अस्ट्रेलियाप्रति धेरै आकर्षित भएका छन् । प्लस टु एसईई उत्तीर्ण गरेका, ब्याचलर मास्टर्स गर्न जान चाहने धेरै विध्यार्थीहरू अस्ट्रेलियाको शिक्षा प्रति आकर्षित भएको देखिन्छ । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले केही वर्ष यता अस्ट्रेलिया लागि काम गर्दै आइरहेको छ । नेपाली विद्यार्थी ABROAD STUDY मा अस्ट्रेलिया किन जान आवश्यक छ ? अस्ट्रेलियाको शैक्षिक, आर्थिक, सामाजिक अवस्था कस्तो छ ? विदेश किन जाने लगायतका विषयमा क्याम्ब्रिजका संस्थापक निर्देशक सिंखडासँग गरिएको कुराकानीको संक्षेपः

नेपाली विध्यार्थी अध्ययनका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था राम्रो नभएर हो या, विदेशमा अवसर पाएर हो ?

नेपाली विध्यार्थी अध्ययनका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था नराम्रो भएर र विदेशमा अवसर ज्यादा पाएरपनि होइन । अहिले ABROAD STUDY विध्यार्थीकाे रहर अनि साथीभाइलाई पछ्याउने लहर, सामाजिक र पारिवारिक संस्कार जस्तै बनेको छ । विदेश गएर पढिसकेपछि त्यहाँको शिक्षा, नीति नियम, परिवेश, विकासका कार्यशैली, आदी कुराहरू भेट्ने, देख्ने र सिक्ने भएकाले ABROAD STUDY मा जानु नेपालको विकासमा सहयोग पुग्नु पनि हो ।

नेपालको विकासको लागि विदेशबाट महँगो शुल्क तिरेर प्राविधिक जनशक्ति भित्र्याईरहेको अवस्थामा नेपालबाट गुणस्तरीय शिक्षाका लागि ABROAD STUDY मा जानु भनेको देश निर्माणको लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्नुपनि हो । विदेश गएर उच्च शिक्षा हासिल गरेर दक्ष जनशक्ति उत्पादन हुँदा नेपालको विकासमा ठुलो टेवा पुग्न सक्छ । देशलाई कसरी कुन मोहडामा विकास गर्ने भन्ने कुरा बाहिर पढेर आएका विध्यार्थीबाट धेरै सिक्न सकिन्छ । यसर्थ, नेपाली विध्यार्थी ABROAD STUDY मा जानु भनेको आफ्नो, समाजको तथा राष्ट्रकै आवश्यकता हो

नेपाली विध्यार्थीहरुको अस्ट्रेलियातर्फ आकर्षण बढ्नुको कारण के हुनसक्छ ?

अस्ट्रेलियाका दुई तीन पक्षहरू एकदमै राम्रा छन् । त्यहाँको प्राविधिक शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने छन् भने, अध्ययन सकिएपछि विध्यार्थीले पीएसडब्लु (पोस्ट स्टडी वर्क) पाउँछन् । जसमा उनीहरूले पढाइपछि दुई तीन वर्ष काम गर्न पाउँछन् । सो समय उनीहरूले आफ्नो सम्पूर्ण लागत सजिलै असुल गर्ने अवसर पाउँछन् । सँगसँगै स्थायी बसोबासकोे अनुमति लिनका लागि पिआर (परमानेन्ट रेसिडेन्सी) एप्लाई गर्ने अवसर पाउँछन् ।

गत वर्ष मात्रै ४ हजार १ सय ३० नेपालीले पिआर (परमानेन्ट रेसिडेन्सी) पाउन सफल भए । धेरै जसो विद्यार्थी भिसामा अस्ट्रेलिया आएका विद्यार्थीले Skilled Independent visa (subclass 189) अन्तर्गत पिआर पाउँछन् । यो Visa बाट PR पाउन 60 Point Score गर्नुपर्ने हुन्छ ।

त्यसोभए नेपाली विध्यार्थीलाई अन्य देशभन्दा करिअर निर्माणको लागि अस्ट्रेलिया उत्तम हो ?

विश्वको जुनसुकै देशमा गएपनि सर्वप्रथम विध्यार्थी स्वयम् नै भविष्य प्रति जिम्मेवार, आफ्नो निर्णय प्रति इमान्दार र बलियो नभएसम्म सफलता प्राप्त गर्न सक्दैन । अस्ट्रेलियामा पढाइ सकिने बित्तिकै नेपाल आउन पनि सम्भव हुँदैन । किनभने, उनीहरू नेपालबाट धेरै रकम खर्च गरेर गएका हुन्छन् । अध्ययन पश्चात् छ सात वर्ष बसेर आर्थिक उपार्जन गर्न सकिन्छ ।

कतिपय विध्यार्थीहरु उतै सानो ठुलो व्यवसाय गरेर सेटले पनि भएका छन् । अस्ट्रेलिया गएर आफ्नो भविष्य र पढाई प्रति जिम्मेवार बनी ठुलो सफलता प्राप्त गरेका धेरै उदाहरणहरू हामीसँग छन् । एनआरएनका संथापक शेष घले, आरजीआइटी कलेजका सिइओ चन्द्र योञ्जन लगायत धेरैले अस्ट्रेलियामा रहेर विश्वमै नेपाल र नेपालीको शिर उच्च राख्न सफल भूमिका निर्वाह गरेका छन् । सँगसैगै धेरै नेपालीहरू अस्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएर प्रतिष्ठित क्षेत्रमा स्थापित पनि भईसकेका छन् । त्यसैले अहिलेको हाम्रो देशको नीति नियम जस्तो छ, त्यो परिवर्तन नहुन्जेलसम्म अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विध्यार्थीको महत्त्वपूर्ण गन्तव्य बनेको छ ।

अस्ट्रेलियामा नेपालबाट गएका विध्यार्थीले प्राप्त गर्ने अवसरहरू के के हुन सक्छन् ?

विध्यार्थीले त्यहाँको नीति नियम अनुसार अध्ययन पुरा गरिसकेपछि धेरै अवसर प्राप्त गर्दछन् । पढाइको समय अवधिभर विध्यार्थीलाई व्यवस्थापनमा केही कठिनाइ त हुन्छ तर, त्यहाँको सरकारले विध्यार्थीलाई सहजता प्रदान गर्न अध्ययनसँगै पार्ट टाइम जब गर्नका निमित्त समयको व्यवस्थापन गरिदिएको छ । जुन अवसरबाट विध्यार्थीहरुले पकेट खर्च जुटाउन सक्छन् । पिएसडब्लु (पोस्ट स्टडी वर्क) पाएपछि आफ्नो पढाइको स्तर र दक्षताको हिसाबले रोजगारीका राम्रा अवसर पाइन्छन् । जसले विध्यार्थीलाई आर्थिक उपार्जनको बाटो समेत खुल्छ ।

List of Universities in the Australia:

• Canberra Institute of Technology (CIT)

• Central Queensland University

• Griffith University

• RMIT University

• The Australian National University (ANU)

• University of Canberra

• University of Melbourne

• University of Queensland

• University of Tasmania

• University of Wollongong

नेपाली विध्यार्थीहरुले अस्ट्रेलियामा सजिलै ठुला अवसर पाएको अवस्था छ की छैन ?

कामै नगर्ने, पढ्नै नचाहने, आफ्नो भविष्यप्रति जिम्मेवार र चिन्तित नहुनेलाई स्वर्ग नै पठाए पनि केही फाइदा छैन । अस्ट्रेलियामा पनि विध्यार्थी आफैँले ‘स्ट्रर्गल’ गरेन भने धेरै समस्या आउँछ । हामी प्रस्ट रूपमा भन्छौँ कि, साथीभाइले समुन्द्री किनारमा, सपिङ् मलमा खिचेका सुन्दर फोटो देखेर विदेश अध्ययन गर्न जाँदै हुनहुन्छ भने, तपाईँ गलत बाटो जाँदै हुनुहुन्छ ।

संसारमा जहाँ पनि दुःख छ । विभिन्न जिल्लाबाट पढ्नका लागि आउने विध्यार्थीलाई काठमाण्डूमा पनि दुःख छ । त्यसैले विध्यार्थीले विदेश जाने बेलामा ‘अब मैले परिश्रम गर्नुपर्छ, आफ्नो जीवन तथा परिवारको आशाप्रति इमान्दार हुनुपर्छ, त्यसका लागि म जस्तो सुकै परिश्रम गर्न पनि तयार छु’ भनेर अठोट लिन जरुरी छ । अस्ट्रेलियाको हकमा पनि त्यही लागू हुन्छ । विध्यार्थीले अस्ट्रेलिया गएर कमाउँछु, मोज गर्छु भन्ने सोच राख्छ भने त्यो सोचले आफ्नो भविष्य त अन्धकार हुन्छ नै परिवारको आशा भरोसा तथा लगानी समेत त्यहाँको समुन्द्रमा डुब्छ ।

आफ्ना छोराछोरीलाई विदेश पठाएर धेरै धन सम्पत्ति, मान सम्मान जोड्ने अभिभावकको सोच कत्तिको सहज होला ?

अभिभावकले जाने बित्तिकै आफ्ना छोराछोरीले धन कमाउँछन्, त्यहाँ त पैसाको रुखै छ, टपक्क टिप्न सक्छन् भन्ने सोच राख्छन् भने, त्यो विल्कुलै गलत हो । हामीले टेलिभिजनका रंगीन पर्दा र सिनेमामा हेरे जस्तो रंगीन जीवन विदेशमा कदापि हुँदैन ।

यदि मेहनत गर्ने विध्यार्थी छ, आफ्नो भविष्यप्रति, कामप्रति, आफूले लिएको लक्ष्यप्रति इमान्दार छ र, उसमा विषयवस्तुको भोक, प्यास छ भने पक्कैपनि सम्भव हुन्छ । सफलता प्राप्तगर्न विध्यार्थीले धेरै मेहनत गर्नुपर्छ, काम भन्दापनि अध्ययनलाई प्राथमिकता दिए उसले राम्रा अवसरहरू प्राप्त गर्न सक्दछ । गलत कार्यतिर लाग्ने, कुलतमा रमाउने, त्यहाँको नीति नियम उल्लङ्घन गर्ने जस्ता असभ्य गतिविधि गर्ने हो भने उसको जीवन नै नष्ट हुन बेर लाग्दैन ।

भर्खरै प्लस टु पास गरेका कच्चा उमेरका विध्यार्थीहरु विदेशकाे दुःख र परिस्थिति सँग जुध्न सक्छन् त ?

सबैभन्दा दुखेको कुरा, नेपालीहरू समयको व्यवस्थापन गर्न सक्दैनौँ । अस्ट्रेलियामा नेपाली विध्यार्थीलाई समयको व्यवस्थापन गर्न सुरुमा निक्कै समस्या पर्छ । त्यससँगै नयाँ परिवेश, नयाँ ठाउँ भएकोले केही समय व्यवहारिक पक्षलाई बुझ्न समय लाग्छ । नेपालमा परिवारसँग कुनै काम नगरी बसेको विद्यार्थीलाई त्यहाँ पढाई र कामलाई एकै पटक व्यवस्थापन गर्नुपर्दा केही समस्या हुन्छ । यस्ता समस्याहरूसँग जुध्न विध्यार्थीले नेपालमै हुँदा अस्ट्रेलियाको रहनसहन, त्यहाँको नियम कानुन लगायत व्यवहारिक पक्षलाई इन्टरनेटको माध्यमबाट अध्ययन गर्न आवश्यक छ । साथै, शैक्षिक परामर्शदाताबाट समेत कलेज र विश्वविध्यालयको जानकारी लिनु पर्दछ ।

एउटा विध्यार्थी तपाइसँग विदेश अध्ययन गर्न जान्छु भनेर परामर्श लिनका लागि आउँदा कसरी काउन्सेलिङ गर्नुहुन्छ ?

कतिपय विध्यार्थीहरू अध्ययनलाई पछाडि राखेर पैसा कमाउने उद्देश्य लिएर विदेश अध्ययनका लागि गएको देखेका छौँ । त्यसैले हामी कहाँ आउने विध्यार्थीलाई सुरुमै प्रस्ट रूपमा सोध्छौँ की, ‘कुन उद्देश्य लिएर विदेश अध्ययनका लागि जाने हो ?’

विध्यार्थीले ‘उच्च शिक्षाकै सोच लिएर आएको हो’ भनेको खण्डमा हामी परामर्श सुरु गर्छौँ । त्यसपछि विद्यार्थीको शैक्षिक, आर्थिक, पारिवारिक अवस्था कस्तो छ ? जानकारी लिन्छौँ । विध्यार्थीले जान चाहेको देश र कलेजमा अध्ययन गर्न उसको शैक्षिक, आर्थिक क्षमता कस्तो छ त्योपनि अध्ययन गर्छौँ । त्यसपछि मात्र विध्यार्थीले अध्ययन गर्ने विषयमा छलफल गर्छौँ । त्यो विषय उसको रहर हो, लहर हो या कहर हो त्योपनि प्रस्ट पार्छौँ र, अनीमात्र प्रक्रिया अगाडी बढाउँछौँ।

यदि विध्यार्थीको लागत र शैक्षिक क्षमताले भ्याउने देखिएन भने उसलाई हामी स्वदेशमै अध्ययन गर्न सल्लाह दिन्छौँ, अथवा कम शुल्कका कलेजहरूमा प्रयास गर्न परामर्श दिन्छौँ ।

नेपाली विध्यार्थीले अस्ट्रेलियामा कुन तहमा अध्ययन गर्दा के कस्तो शुल्क लाग्छ ?

अस्ट्रेलियामा जुनै तह र विषयमा अध्ययन गरे पनि त्यहाँको डिग्रीको विश्व बजारमा मान्यता छ । प्लस टु पश्चात् डाइरेक्ट व्याचलर पढ्न जाँदा कलेज तथा विश्वविध्यालय हेरी ८०–९० हजार डलरको हाराहारीमा कोर्स पुरा हुन्छ । डिप्लोमा लिडिङ ब्याचलर पढ्न जाँदा लगभग ४५ देखि ५५ हजार डलरको हाराहारीमा लाग्छ । सरर्रती हेर्दा भोकेशनल कोर्समा जाँदा लागत निक्कै कम हुन्छ । र, भोलि अस्ट्रेलिया गईसकेपछि विध्यार्थीलाई पर्ने आर्थिक भारपनि कम हुन जान्छ ।

क्याम्ब्रिजबाट अस्ट्रेलिया गएका विध्यार्थीहरु भोकेशनल कलेजमा जाने धेरै छन् कि विश्वविध्यालयमा ?

हामी कहाँबाट भोकेशनल कलेजहरूमा जाने पनि छन् र विश्वविध्यालयमा जाने पनि उत्तिकै छन् । तर, पछिल्लो समययता विध्यार्थीको लगाव भोकेशनल कलेज तिरै बढी देखिन्छ । किनभने, भोकेशनल कलेजमा खर्च कम लाग्छ । त्यसैले हामी विध्यार्थीलाई पटक पटक भन्ने गर्छौँ, साथीको लहैलहैमा लागेर नजानुस् । आफ्नो आर्थिक स्थिति हेरेर जानुस् ताकी भोलि कलेजको शुल्क तिर्ने बेलामा घरको सम्पत्ति बेच्न नपरोस् ।

क्याब्रिजले विध्यार्थीलाई नेपालमा मात्र परामर्श र सल्लाह दिने काम गर्छ की अस्ट्रेलिया पुगिसकेपछि पनि साथ र सहयोग दिन्छ ?

हामी विध्यार्थीलाई नेपालमा मात्र परामर्श र सल्लाह दिँदैनौँ अस्ट्रेलिया पुगिसकेपछि पनि उत्तिकै सहयोग र साथ दिन्छौँ । हाम्रो शाखा कार्यालय अस्ट्रेलियाको सिड्नीमा रहेको छ । अस्ट्रेलिया पुगेका विध्यार्थीलाई सहजता होस् भनेर हामीले सर्वसुलभ मूल्यमा होस्टेल पनि उपलब्ध गराउने गरेका छौँ । हामीले अहिलेसम्म जतिपनि विध्यार्थीहरुलाई उच्च शिक्षाका लागि बाहिर पठाएका छौँ ती सबै विध्यार्थीहरू सन्तुष्ट रहेको पाएका छौँ । हामीले पठाएका विध्यार्थीले नराम्रो टीका टिप्पणी गरेको पाएका छैनौँ ।

विध्यार्थीले सही कन्सल्टेन्सी र परामर्शदाता छनौटमा के के ध्यान दिनुपर्छ ?

शिक्षण संस्था छनौटमा विध्यार्थीमात्र नभएर अभिभावकले पनि ध्यान दिनुपर्ने हुन्छ । आफ्नो छोराछोरीको भविष्यको लागि अभिभावक स्वयंम् संस्थामा गएर बुझ्नुपर्छ । शिक्षण संस्था सञ्चालन गर्ने व्यक्ति कस्तो खालको छ ? त्यसको पृष्ठभूमि के हो ? शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त हो कि होइन ? छाता सङ्गठनमा आबद्ध छ की छैन ? बुझ्नुपर्छ । अनि उसले पठाएका विद्यार्थीहरु कति गएका छन् र ती विध्यार्थीहरुको अवस्था कस्तो छ ? त्यो सबै अभिभावकले बुझ्नु जरुरी छ । सही कन्सल्टेन्सी र परामर्शदाता छनौट गरेको खण्डमा विध्यार्थीको करियर निर्माणमा समेत सहयोग पुग्छ ।

अस्ट्रेलिया उच्च अध्ययन गर्न जान चाहिरहेका विध्यार्थीलाई परामर्शदाताको रूपमा के सन्देश दिन चाहनुहुन्छ ?

क्याम्ब्रिज एउटा परिवारबाट सञ्चालित प्रतिष्ठित संस्था हो । हामी विध्यार्थीलाई कुनै प्रलोभन र झुट्टा आश्वासन नदिई सही सत्य–तथ्य कुरामा आधारित भएर परामर्श दिन्छौँ । हाम्रा शाखाहरू इलाम, बिर्तामोड, दमक, इटहरी, विराटनगर, धरान, चितवन र मुख्य कार्यालय काठमाडौँको बागबजार र नयाँ बानेश्वरमा रहेको छ । यी शाखाहरूबाट तपाइहरूले दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट शैक्षिक परामर्श लिन पाउनु हुन्छ । तसर्थ, आफ्नो भविष्य निर्माणको आधार तय गर्नुअघि एक पटक क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका शाखा तथा प्रमुख कार्यालयमा भ्रमण गर्नुहुन अनुरोध गर्दछु ।

प्रकाशित मिति ,२०७४ साल चैत्र १० गते, शनिबार

    [email protected]

प्रतिक्रिया दिनुहोस्