Logo

‘लिलीबिली’को प्रिमियर जापानमा हुने

ज्याक खड्का,दस्तावेज संवाददाता,चैत्र ३ गते शनिवार,२०७४,टोकियो, जापान – नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा हुने भएको छ । यही अप्रिल १ तरिका आइतबार साँझ ६ बजे जापानको टोकियो स्थित नकानो जिरो हलमा प्रिमियर हुने भएको हो । प्रिमियरमा सहभागी हुने नेपालबाट नायक प्रदीप खड्का र नायिका जस्ता गुरुङ जाने जापानका आयोजकले जानकारी दिए । प्रिमियर साे डेस्टिनि कृएसनले आयोजना गर्न लागेकाे हाे ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलीबिली’लाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । चलचित्रको अधिकांश छायाङ्कन स्कटल्याण्डमा गरिएको छ । लिलीबिलीमा प्रदीप र जसिताको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रको केही दिन अघि ट्रेलर रिलिज भएको थियो । उक्त ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्