Logo

सिरियामा जारी नरसंहारको भर्त्सना गर्दै मानवअधिकार तथा शान्ति समाजद्दारा शान्तिपूर्ण धर्ना

स्तावेज,फाल्गुण १६ गते बुधवार ,२०७४,काठमाडाैं – मानवअधिकार तथा शान्ति समाजले पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय अगाडि सिरियामा जारी नरसंहारको विरोध गर्दै मंगलबार धर्ना दिएको छ। एक घन्टा चलेकाे  शान्तिपूर्ण धर्ना कार्यक्रममा सिरियामा जारी बमबारी र नरसंहारलाई तत्काल राेक्न तथा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्दारा पारित युद्धविराम तत्काल लागू गर्न र सिरियामा स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्न समेत समाजले माग गरेकाे छ।

 कार्यक्रममा बाेल्दै समाजका सभापति डा. गंगाधर अधिकारीले दुनियाँकाे कुनै पनि स्थानमा भएकाे हिंसा मान्य नहुने बताए। अातंकवादकाे अन्त्यका लागि अाफू र शान्ति समाज निरन्तर लागि पर्ने उनले स्पष्ट पारे। संस्थापक सभापति कृष्ण पहाडीले एसियालगायत विश्वका धेरै देशमा नरसंहारका घटना बढेकाे भन्दै यस किसिमका मानवताविरुद्दको अपराधको अन्त्य हुनुपर्ने बताए। उनले भने, ‘सिरियाकाे उक्त घटनाले हामीभित्रकाे मानवता सकिँदै गएकाे प्रस्ट हुन्छ।

‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्बाेधन गर्दै शान्ति समाजले नरसंहारको अन्त्यका लागि राष्ट्रसंघको नेपालस्थित कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ। समाजका महासचिव उत्तम पुडासैनीले यस्ता अपराध भविष्यमा दोहोरिन नदिन अन्तर्राष्ट्रिय समुदायले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

उपसभापति रेणुका पौडेलले सिरियामा महिला र बालबालिकालगायत निहत्था नागरिकहरूको वीभत्स ढंगले भएको हत्याको निन्दा गरिन्। धर्ना कार्यक्रमका अधिकांश वक्ताले सिरियामा युद्धविराम प्रस्ताव लागू गर्नुपर्ने, बमबारी र नरसंहार बन्द गर्नुपर्ने, निर्दोष नागरिकको हत्या बन्द गर्नुपर्ने जस्ता विचार व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्