Logo

स्टीभ जागिरको सिलसिलामा पठाएको सीभी करीब ५० हजार अमेरिकी डलरमा लिलाम हुने

स्तावेज,फाल्गुण १२ गते, शनिबार,२०७४,काठमाण्डौं – एप्पलका संस्थापक एवं स्टीभ जब्सको करीब चार दशक पहिला जागिरको सिलसिलामा पठाएको सीभी करीब ५० हजार अमेरिकी डलरमा लिलाम हुने भएको छ। मार्च ८ देखि १५ मार्चको बीचमा जब्सको सीभी लिलामी हुने अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले उल्लेख गरेको छ।

लिलामी हुन लागेको जब्सको सीभीमा पनि केही ग्रामेटिकल त्रुटि पाइएको छ। उसले पठाएको उक्त सीभीमा पनि प्रविधि तथा डिजाइनसँग सम्बन्धित काम गर्ने इच्छा व्‍यक्त गरेको पाइन्छ। बोस्टन अक्सन हाउस पीआरका अनुसार एउटा पेजमा लेखिएको उक्त सीभीमा जब्सले स्पेलिङ र पूर्णविराम चिन्ह राख्‍न बिर्सिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्