Logo

यसरी बनाउनुहाेस् आफ्नो अनुहार र आवाजलार्इ माेबाइलकाे पासवर्ड

स्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – प्राय: मान्छेहरु आफनो स्मार्टफोन र ट्याबलेटको को सुरक्षाको बिषयमा चिन्तित हुन्छन् । सुरक्षाको बिषयमा लिएर धेरै प्रकारका कोशिश हरु गर्दछन् । कहिले प्याटर्न लक त कहिले पिन कोड प्रयोग गर्दछन, त्यसै गरी कहिले फोनमा पासवर्ड लगाएर बस्छन् ।

सबैको आफनै प्रकारको फाईदा छ । यही सुरक्षा तपाईको लागी त्यसबेला टाउको दुखाई बन्छ जब तपाईलाई प्रत्येक पटक तपाईको पिन, पासवर्ड, या प्यार्टन लक को प्रयोग गर्नुपर्छ जुनबेला तपाईलाई आफ्नो डिभाईस को प्रयोग गर्नुपर्छ । एंड्रौईड डिभाईसमा तपाईको अनुहार देखाएर पनि अब तपाईको फोन अनलक गर्न समभब छ ।

यदी तपाईँले आफ्नो फोनमा यो प्रयोग गर्नु भयो भने, पिन, पासवर्ड, या प्याटर्न लकको जरुरत सकिन्छ । सुरक्षाको लागि यो प्रबिधि धेरै नै सुरक्षीत हुन्छ, किनकि तपाईजस्तो देखिने संसारमा कोही नै छैन । यस्तो सायद फिल्ममा मात्र हुन्छ । फेस रिकग्निशन एन्ड्रोईड डिभाईस क्रोम बुकको स्मार्ट लक नाम फीचरको एउटा भाग हो । यसलाई सुरु गर्न धेरै नै सजिलो छ । सुरक्षामा गएपछि स्मार्ट लक देखिन्छ । यसलाई देख्नको लागी तपाईको फोनमा स्क्रिन लक एक्टिभेट गर्नुपर्छ । स्मार्ट लक को प्रयोग गरेर तपाईको फोन अलग अलग तरिकाले अनलक गर्ने सेटिङ्ख मिलाउन सक्नुहुन्छ । यसले तपाई आफ्नो दोस्रो फोनको साथ जोडी बनाउन सक्नुहुन्छ । आफ्नो अनुहार या आवाजको पासवर्ड प्रयोग गर्न सकिन्छ ।

एन्ड्रोईड डिभाईसमा जब तपार्इृ आफ्नो अनुहारको पासवर्ड बनाउदै हुनुहुन्छ त्यतीबेला आफ्नो फोटो लिदा क्यामेराको प्रकाश धेरै चाहिन्छ । स्क्रिनमा एउटा गोलो देखिन्छ त्यहाँ तपाईको फोटो हुनुपर्दछ । एक पटक पासवर्डको लागि आफ्नो अनुहार सेट गरिसकेपछि त्यस पछी स्क्रिनमा केही सेकेन्ड हेर्नुहोस त्यसपछि स्क्रिन स्वाईप गर्नासाथ अनलक गर्न सकिन्छ । तर कतीपय एंड्राईड डिभाईसमा यो फिचर भेटिदैन, तर तपाईलाई यो फिचर चाहिएमा यो काम गर्ने प्रकारको धेरै एप तपाई गुगल प्ले स्टोरमा भेट्न सक्नुहुन्छ । 

  यूवा पोस्ट

प्रतिक्रिया दिनुहोस्