Logo

नेपाल टेलिकमले ल्यायो फ्रिडम प्याक, अनलिमिटेड कलसहितको प्याक २५ रुपैयाँमै पाइने

स्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले ‘फ्रिडम प्याक’ अफर ल्याएको छ। कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले अफरबाट फाइदा लिन सक्ने टेलिकमले जनाएको छ। यो अफरअन्तर्गत फ्रिडम प्याक लिएको समयबाट एक घण्टासम्म अनलिमिटेड रुपमा उपयोग गर्न सकिने टेलिकमले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

जीएसएम तथा सीडीएमएका ग्राहकले प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने  बताइएको छ प्याकको  २५ रुपैयाँ पर्ने पनि बिज्ञप्तीमा उल्लेख छ ।

सो प्याक आजदेखि आगामी मंगलबारसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्