Logo

प्रेमको प्रकृति र यसको अनुसरण

फूलको काम फुल्ने हो चाहे उसको सुन्दरता र सुगन्धताको कदर कसैले गरोस् या नगरोस अनि हृदयको काम प्रेम दिने हो, चाहे त्यसको कदर र अनुसरण यहाँ कसैले गरोस् या नगरोस। संसार प्रेममय छ,, हामी सबै प्रेमका पुजारी हौँ। प्रेम ईश्वरको अंश हो अनि हामी सबै प्रकृतिका अंश हौ । प्रेम प्रकृती हो, मानिसको प्रकृती प्रेम गर्नु हो। प्रकृतीमा भएका हरेक चिजले हामीलाई प्रेम गर्न सिकाउँछ। हामीले प्रकृतीलाई अनुसरण र अनुग्रहन त गर्न सक्छौ तर नकार्न या निर्देशित गर्न सक्दैनौ।

                        -जानकी पन्त जून 

फूलको काम फुल्ने हो चाहे उसको सुन्दरता र सुगन्धताको कदर कसैले गरोस् या नगरोस अनि हृदयको काम प्रेम दिने हो, चाहे त्यसको कदर र अनुसरण यहाँ कसैले गरोस् या नगरोस। संसार प्रेममय छ, हामी सबै प्रेमका पुजारी हौँ। प्रेम ईश्वरको अंश हो अनि हामी सबै प्रकृतीका अंश हौ । प्रेम प्रकृती हो, मानिसको प्रकृति प्रेम गर्नु हो। प्रकृतिमा भएका हरेक चिजले हामीलाई प्रेम गर्न सिकाउँछ। हामीले प्रकृतिलाई अनुसरण र अनुग्रहन त गर्न सक्छौ तर नकार्न या निर्देशित गर्न सक्दैनौ।

प्रेम जीवनको साधना र बन्दना हो, प्रेम ईश्वरको अनुपम उपासना हो। प्रेम हृदयको एक सुन्दर अनुभूति हो, प्रेम ईश्वरको अखण्ड बिभुति हो। प्रेम संसारको सबै सम्बन्ध भन्दा माथि छ, प्रेम भएकै कारण संसार अडिएको छ,। प्रेम हाम्रो जीवन दर्शन हो, प्रेम मानवताको मुख्य परिचय हो। प्रेम एक अद्भत शक्ति हो, प्रेम सृष्टि चल्ने र चलाउने मुख्य आधार हो। प्रेमको शक्ति र परिभाषा असीमित छन्। प्रेमलाई केवल महशुस गर्न सकिन्छ अनि यसको सुन्दर अनुभूति लाई केवल आ-आफ्नै शैलीमा व्याख्या गर्न सकिन्छ।

प्रेम दुई शब्द झैँ दुई अमर आत्माको एक अटुट मिलन हो, प्रेम दुई पवित्र नदीको संगम झैँ दुई हृदय भावको एउटै बन्धन हो। प्रेम बिनाको जीवन सूर्यको अनुपस्थितिमा ओइलाएको फूल सरि हुन्छ। एउटा चोखो प्रेमले कुनै बन्धन बाधा देख्दैन, सानो ठूलो र उच नीचको कुनै भेदभाव राख्दैन। एउटा चोखो मायामा दाग, घाउ खोट, र चोट कुनै हुँदैन, सम्बन्धमा हिसाब किताब र तोल मोल केही हुँदैन । प्रेम सम्झनाको पोकामा पल्लवित भई मुस्कानको लाली भित्र फक्रिरहन्छ, प्रेम बिछोडको पिडामा पनि मौनतामा एक्लै जलिरहन्छ, प्रेम धर्ती र आकाशको मिलन सरि जुनसुकै परस्थितिमा पनि पर्खिरहन्छ ।

प्रेम आफैमा धेरै महान छ,, प्रेम शाश्वत र जवान छ। प्रेम प्रकृतिको हर एक चिजमा छ,, प्रेम सृष्टिको हर एक जीवमा छ। प्रेम हर पशु पन्छी जीव जन्तुमा छ,, प्रेम हर बोट बृक्ष्य र विषय वस्तुमा छ। प्रेम सारा विश्व ब्रह्माण्डमा छ, प्रेम संसारको हर कणकणमा छ,। प्रेम धर्ती आकाश, जल वायु प्रकाशमा छ,, प्रेम हर एक प्यास र श्वास मा छ । प्रेम यहाँ हर एक फूल, जून र धुनमा छ, प्रेम यहाँ सम्पूर्णमा छ। प्रेम यहाँ त्याग तपस्या र समर्पणमा छ, प्रेम यहाँ मान, आत्म सम्मान र स्वाभिमानमा छ। प्रेम सधैँ हृदयको पासमा हुन्छ, प्रेम आत्माको भित्री प्रकाशमा हुन्छ,।

प्रेम सधैँ मिलनको प्रतिक्षामा हुन्, प्रेम हृदयको समिक्षामा हुन्छ । प्रेम सधैँ मिल्ने हतारमा हुन्छ, प्रेम बिना को जीवन बेकार हुन्छ। एउटा चोखो प्रेम सधैँ रसिलो र सजिलो हुन्छ,, यसबाट जीवन सधैँ भरिलो र पोषिलो हुन्छ,। प्रेमको अविरल अमृतधारा संसारको अनन्त सृष्टिचक्रमा बगीरहन्छ,, यसको एक बूद अमृतले पनि जीवन भरको प्यास मेटी दिन्छ ।
 
                 हाल, बेलायत

  प्रकाशित मिति, २०७४ साल फाल्गुण ३ गते ,बिहिवार 

प्रतिक्रिया दिनुहोस्