Logo

१० हजार घुससहित घुमुवा प्रहरी रंगेहात पक्राउ

स्तावेज,माघ २१ गते आईतवार,२०७४,जनकपुरधाम – मदिरा बिक्री बितरणका सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै धनुषाको जनकपुरमा सादा पोसाकमा खटिएका एक घुमुवा प्रहरी जवान रंगेहात पक्राउ परेका छन् । एक जना सेवाग्राहीसँग मदिरा बिक्री बितरण सहज बनाइदिने र मदिरा बिक्री बितरणका लागि इजाजत पत्र समेत बनाइदिने भन्दै दस हजार रुपियाँ सेबाग्राहिबाट घुस लिदै गरेको अबस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दीबासबाट जनकपुर उपमहानगरपालिका ७ स्थित खटिएको टोलीले उजुरी एवं सूचनाको आधारमा सेवाग्राहीसँग घुस लिँदै गरेको बेला जनकपुर उपमहानगरपालिकाको लक्ष्मीनियाँ अस्थायी प्रहरी पोष्टमा कार्यरत घुमुवा  प्रहरी मनोज कुमार पर्सौलालाई नगद घुस सहित पक्राउ गरेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले  जानकारी दिए।

जनकपुर उपमहानगरपालिका ७ स्थित भ्रमप्रपुरा चौकमा श्रीपुर गाउँपालिका वड़ा नंबर १ सुनसरी स्थायी घर भाई हाल अस्थाई प्रहरी पोस्ट लक्ष्मीनिया धनुषामा कार्यरत रहेका बर्ष ३८ का प्रहरी जवान मनोज कुमार प्रसैलालाई अख्तियारको टोलीले दस हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।अख्तियारको बर्दीबासको टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । घुमुवा प्रहरी मनोज कुमार प्रसैलालाई अख्तियारको बर्दीबासको टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्