Logo

श्रम अदालतबाट ६९ मुद्दा फर्स्यौट गरिए

स्तावेज,माघ २१ गते आईतवार,२०७४,काठमाडौं – चालू आव २०७४/०७५ को साउन यता श्रम अदालतले ६९ मुद्दा फर्स्यौट गरेको छ ।
अदालतले अघिल्लो र यस वर्ष दायर भएका १ सय ६१ मुद्दामध्ये हालसम्म ६९ मुद्दा फछ्र्योट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी दिए । दर्ता भएका ९२ मुद्दा फर्स्यौट गर्न बाँकी छ । साउनयता अदालतमा ३५ मुद्दा दर्ता गरिएका छन् ।

श्रमिकले जहाँ काम गरेको हो त्यहाँ छिनोफानो नभएपछि न्यायका लागि श्रम अदालतमा मुद्दा दर्ता गराउने गरेका छन् । उनका अनुसार फछ्र्योट गरिएकामध्ये बढीजसो निजी प्रतिष्ठानमा काम गर्ने मजदुरको मुद्दा बढी रहेका छन् ।

अदालतमा धेरैजसो नियुक्तिपत्र, सेवाबाट हटाइएको, तोकिएको तलब नदिएको जस्ता मुद्दा पर्ने गरेका छन् । अदालतमा मुद्दा हेर्ने अधिकारी देवेन्द्रराज ढकालको एकल इजसालबाट हरेक हप्ता बुधवार, बिहीवार र शुक्रवार फैसला हुने गरेको छ । अदालतले श्रमिकका मुद्दामात्र हेर्ने गरेको छ । अदालतले फछ्र्योट गरेका मुद्दा भने टेकुस्थित श्रम कार्यालयले कार्यान्वयन गर्ने/गराउने गरेको छ ।

   रासस

प्रतिक्रिया दिनुहोस्