Logo

एनआरएन अध्यक्ष भवन भट्टको स्पष्टीकरण

नेपाल सरकारका विभिन्न निकायहरुसँंग भेटघाट र लगानी भित्रयाउने विषयमा निकै महत्त्वपूर्ण छलफल समेत सम्पन्न भैसकेको छ । यस बिचमा म तिन पटक लाप्राक समेत पुगिसके । लाप्राकलाई हामीले नमुना बस्तीका रूपमा पेश गरेका थियौ । एनआरएनले गरेको बचनबद्धता अनुरूप यसलाई नमुना बस्ती बनाउनु हाम्रो सामु अझै चुनौती छ । हामीले यस बस्तीमा केही अपुग निकायहरू ट्वाइलेट थप्ने सोच बनाएका छौ । एनआरएन अविछिन्न उत्तराधिकारीका संस्था हो ,यसमा व्यक्तिको निर्णय भन्दा संस्थाको गरिमा महत्त्वपूर्ण हुन्छ । त्यसैले यस संस्थामा नयाँ नेृतत्व आएको सय दिन पनि नपुग्दै केही निराधार र कपोकल्पीत हल्लाहरू चलाइन थालेको छ ।

             – भवन भट्ट

स्तावेज, माघ ३ गते बुधवार ,२०७४ – गत नोभेम्बर महिनामा गैर आवासीय नेपाली संघ (एनआरएन) को निर्वाचनमा विजयी भएपछि म करिब सात पटक नेपाल पुगेर संघको विविध गतिविधिमा सहभागी भैसकेको छु । निर्वाचन भएपछि पहिलो पटक भौतिक उपस्थितिमा सङ्घको कार्ययोजना र यसको तर्जुमाका विषयमा दुई दिने बैठक पहिलो पटक धुलिखेलमा सम्पन्न भयो । त्यसपछि संघले प्रारम्भ गरेका दुई अपुरा योजनाहरू लाप्राक र एनआरएन भवनको विषयमा हामीले व्यापक छलफल र बिमर्शगरी त्यसलाई द्रुत गतिमा अगाडि बढाउने काममा जुटेका छौ । त्यति मात्र होइन त्यस बहेर संघका अन्य क्रियाकलापमा समेत टिमको सहभागिता उल्लेख्य रूपमा बढेका छन् ।

नेपाल सरकारका विभिन्न निकायहरुसँंग भेटघाट र लगानी भित्रयाउने विषयमा निकै महत्त्वपूर्ण छलफल समेत सम्पन्न भैसकेको छ । यस बिचमा म तिन पटक लाप्राक समेत पुगिसके । लाप्राकलाई हामीले नमुना बस्तीका रूपमा पेश गरेका थियौ । एनआरएनले गरेको बचनबद्धता अनुरूप यसलाई नमुना बस्ती बनाउनु हाम्रो सामु अझै चुनौती छ । हामीले यस बस्तीमा केही अपुग निकायहरू ट्वाइलेट थप्ने सोच बनाएका छौ । एनआरएन अविछिन्न उत्तराधिकारीका संस्था हो ,यसमा व्यक्तिको निर्णय भन्दा संस्थाको गरिमा महत्त्वपूर्ण हुन्छ । त्यसैले यस संस्थामा नयाँ नेृतत्व आएको सय दिन पनि नपुग्दै केही निराधार र कपोकल्पीत हल्लाहरू चलाइन थालेको छ ।

हामीले एनआरएनको गरिमा पहिले भन्दा थप उचाइमा पुर्याउने छौ , किमार्थ घटाउने छैनौ । यसअघि एनआरएनको रकम राखिरहेको बैंक भन्दा माघे बैंकले थप आकर्षक ब्याज दिने भएकोले हामी संस्थाको हितका खातिर रकम माघे बैंकमा सार्ने काममा लागेका हौ । त्यो ब्याजले लाप्राकलाई नमुना बनाउन थप सहयोग पुग्ने विश्वास लिएका छौं । सानिमा बैंकमा पैसा राख्यो भनेर हल्ला गर्नेहरुका लागि यो जानकारी पनि हो ।

यस्तै हामीले एनआरएन भवनलाई थप सेवा र सुविधा अनि आम्दानीको श्रोत बाँंधीने ढाँचामा निमार्ण कार्य अगाडि बढाएका छौ । माथिल्लो तल्लामा भाडामा लगाएर आम्दानी बाँध्न सकिने ठुलै खाले सभाकक्ष बनाएर एनआरएन अफिसलाई आर्थिक रूपमा दिगो र आत्मनिर्भर बनाउने अभियान सुरु भैसकेको छ । त्यति मात्र होइन हिजोको दिनमा गारो अप्ठ्यारो फुकाउन उध्योग वाणिज्य संघको भवनमा एनआरएन कार्यालय राखिएता पनि हाल कार्यालयलाई सहजिकरणका लागि सारिएको छ । अर्काको भवनमा भिडभाड बिच एनआरएन अभियान अगाडि बढाउने सचिवालयको कामकाज गर्न गारो अप्ठ्यारो महशुस भएको कर्मचारीकै गुनासो आएपछि यसलाई हालका लागि भगवती बहालमा सारिएको हो ।

मैले प्रारम्भ देखिनै भनेको छु ,एनआरएन भनेको विश्वमा छरिएर रहेका नेपालीहरूको साझा संगठन हो । यतिखेर विश्वभर फैलिएको एनआरएन अभियानले सबै प्रवासी नेपालीलाई समेट्ने काम गर्दै आएको छ । यसलाई थप फैलाउने कार्यमा हामी लागि परेका छौ । अन्तर्राष्ट्रिय जगतमा बिश्वाशिलो साझेदार समेत बनेको यस संस्थालाई मेरो र तेरो हैन , हाम्रो र राम्रो संस्था बनाऔँ ।

नोट :भट्ट एनआरएन ग्लोबलको अध्यक्ष हुन्  ।

      Dipendra Dhakal

[email protected]

प्रतिक्रिया दिनुहोस्