Logo

एप्पलले विकास गर्दैछ लामो दूरीको वायरलेस चार्जिङ प्रविधि

स्तावेज,पौष १७ गते सोमवार २०७४,काठमाडौ –आइफोन निर्माता एप्पलले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क अफिसमा आफ्नो नाउँमा एक पेटेन्ट दर्ताका लागि आवेदन पेश गरेको छ । यो आवेदन एक विशेष प्रविधिका लागि दिइएको हो, जसका माध्यमबाट आइफोन, एप्प्ल वाच तथा आइप्याडमा लामो दूरीको वायरलेस चार्जिङ प्रविधि भित्रिनेछ ।

रेडियो फ्रिक्वेन्सीमा आधारित लङ्ग रेन्ज वायरलेस चार्जिङ्ग प्रविधिलाई अमेरिकी संघीय सञ्चार आयोगबाट कन्जुमर सेफ्टी सर्टिफिकेट प्राप्त भैसकेको छ । यो सँगै यस प्रविधि लोकप्रिय बन्ने सम्भावना अझै बढेको छ ।

एप्पलले शुक्रकार एक रिपोर्टका माध्यमबाट बताएको छ, ‘हामीले युनिक शेड्यूलिङ सिस्टम तथा वायलेस पावर ट्रान्सफरका लागि पेटेन्ट आवेदन गरेका छौँ । यो प्रविधिबाट मोबाइल ब्याट्रीलाई तारविना नै चार्ज गर्न सकिनेछ ।’ 

             एजेन्सी

प्रतिक्रिया दिनुहोस्