Logo

सावधान ! इन्टरनेटमा क्षण क्षणमा हुन्छ तपाईंको जासूसी

स्तावेज, पौष १३ गते विहिवार २०७४,काठमाण्डौं –  इन्टरनेटमार्फत प्रत्येक क्षण तपाईंमाथि नजर राखिने गरिएको छ । गूगलले पनि यस्तो काम गर्छ अनि सामाजिक सञ्जालले पनि । तर यस्तो जासूसी व्यापारिक प्रयोजनका लागि हुने गर्छ । 

कतिपय अवस्थामा साइबर अपराधीहरूले पनि तपाईंलाई ट्य्राक गरिरहेका हुन्छन् जसको परिणाम अत्यन्त घातक हुनसक्छ । गूगलले तपाईंका बारेमा धेरै कुरा जान्दछ । तपाईंको क्रियाकलापमा नजर राखेर गूगललाई के फाइदा त ? गूगलले यसो गरेको पैसा पाउँछ । तपाईंको आवश्यकताअनुसारको विज्ञापन देखाएर उसले पैसा कमाउने हो । 

गूगलको आम्दानीको यो सबभन्दा ठूलो माध्यम हो । यही कारणले गर्दा तपाईंले गर्नुभएको गूगल सर्चलाई ट्य्राक गरिन्छ र तपाईंलाई सम्बन्धित विज्ञापन देखाइन्छ ।  तपाईंमाथि कडा नजर राखिँदैछ भन्ने कुरा एउटा उदाहरणबाट थाहा पाउनुहुुन्छ । तपाईंले विचार गर्नुभएको होला, ईकमर्स वेबसाइटमा तपाईंले जुन उत्पादन सर्च गरेपनि फेसबूकको होमपेजमा त्यस्तै किसिमका अन्य उत्पादनका विज्ञापन तपाईंले भेट्नुहुन्छ । तपाईंको आनीबानी थाहा पाएरै यस्तो ट्य्राकिङ हुने गरेको हो । 

इन्टरनेटमा व्यक्तिगत सूचनालाई शत प्रतिशत बचाउन सम्भव छैन तर केही सजिला टिप्स अपनाएर तपाईं जानकारीहरू सुरक्षित राख्न सक्नुहुन्छ ।  गूगलले हरेक प्रयोगकर्ताको रुचिअनुसार बेग्लै पर्सनल प्रोफाइल सिर्जना गर्छ । त्यसैले तपाईंले आफ्नो गूगल अकाउन्टमा एड पर्सनलाइजेसन अप्सन अनचेक्ड राख्नुपर्छ । पर्सनल जानकारी गूगललाई दिँदा दुरुपयोग हुने खतरा बढ्छ । 
इन्कग्निटो मोडमा राख्दा ट्य्राकिङको समस्या हुँदैन भन्ने नसोच्नुस् । यसले विज्ञापनलाई पूर्णरूपमा ब्लक पनि गर्दैन । 

जतिखेर पनि सामाजिक सञ्जालमा लग इन गरेर नबस्नुस् । यसो गर्दा ट्य्राक भइन सजिलो हुन्छ । ट्य्राकिङलाई ब्लक गर्नका लागि तपाईंले विशेष सफ्टवेयर पनि प्रयोग गर्न सक्नुहुन्छ । 

एजेन्सी

प्रतिक्रिया दिनुहोस्