Logo

अस्विकृत प्रेम पत्र

देख्दा सुन्दर देखिने सबै चिज बस्तु सुन्दर हुदैनन् । बिहान फूलेर साँझ ओईलाएर झर्ने घडी फूल महक नछरेपनी लोभलाग्दो हुन्छ , चमचम चम्किने चन्द्रमा र तारापुन्जहरु पनि औंसीमा विलीन हुन्छन् । बाटो मुनिको फूललाई शिरमा सजाउने कमै भेटिन्छन् । जहरले प्राण दान गरेका उदाहरण कमै भेटिन्छन् । लास घाटमा पुगेपछि जीवित फिरेझैं म जस्ता अपराधीको जीवनमा उदारताको तिम्रा कथाले प्रभाव पार्थे त ! म बलात्कारी हुँ, पापी हुँ आत्मद्रोही हुँ हत्यारा हुँ घुसखोरी भ्रष्टचारी हुँ मैले अनेकौँ जालसाजी गरेको छु तर देख्नेका नजरमा छुपेको छु नितान्त पवित्र बनेर हिडेको छु पर्दापछि कालो अनुहार छुपाएर । 

                                -अमन एकल

प्यारी मित्र, 

सम्बोधन गर्ने शब्दनै छैनन् आज हिजो तिमी ले शब्दभण्डार भन्ने गरेको शब्दकोशमा आज शब्दको खडेरी परेको छ र एक एक शब्दका खातिर म जिन्दगीका कयैन किम्ती पलहरू लिलाम गरिरहेकोछु तिम्रा निम्ति,तिमीले गरेको अदभूत प्रेममा निम्ति जिन्दगीका अनेकौँ मुस्कानका हरफहरु अर्पण गर्ने सम्झौतामा केही शब्द सापटी लिएर तिम्रा अधरका दुई केश्राहरुलाई चलमलाउन विवश पार्दै दुश्मन सँगको मुडभेटमा योद्धाको राइफलबाट ब्रस्ट छुटेको गोलीको रफ्तारलाई रोक लागेर रोकिएझैं चेतना र धड्कनलाई एकैसाथ रोक्दै जीवनको अमूल्य पलमा अझ भनौं तिमी भएर अमूल्य बनेको प्रहरमा मानसपटलमा एउटा धमिलो आकृति कोरेर रङ्ग भर्ने जमर्को गर्दा नगर्दै एक हुल दर्दले मनले सजाएको प्रेमिलो एक थुङ्गा खुसी टपक्क टिपेपछी प्रेमको महासागर रित्याएर पत्थर बन्ने अठोटमा तिमी सम्झिँदै सुन्दर मानचित्र बिगार्न तल्लिन छु ।

काश : जिन्दगीका तराजुहरुमा यादका पोकाहरु तौलिएर प्रगतिका पथहरुमा बिक्री गर्न मिल्दो हो त ! एक सर्को आँसुले अपनत्वको अभाव जति सजिलै पोख्न सक्छ कास दिलमा भाला बनी गडेको आफ्नो अतीत त्यसै गरी पोख्न मिल्दो हो । बिछ्याउनामा पल्टेर निन्द्रादेवी सँग घण्टौ घण्टासम्म गरेका असफल वार्ताहरु सफल बनिदिन्थ्यो भने ! म आज कलिला शब्दमा डिकको डोरी लगाएर अक्षरहरुको हत्या गरिरहेको हुँदैन थिएँ होला ।

खेतका गरामा लटरम्मै सुन झुलेका बखत बारीका गराहरुमा मकैले आफ्नो मुटुमा जिन्दगीको सुप्लो च्याप्दै गर्दा मध्य खडेरीमा बिरालाका बच्चाको टाउका जत्रै करोडौं असिनाका दाना बर्सिएपछीको धान खेत र मकै वारि देखेर काकाले बाबु तेरो र यसपटकको बालीको हालत उस्तै छ भन्नुभएको आजै झैँ लाग्छ काश ! आज म तिमीलाई यो शब्दांशको अर्थ बुझाउन सक्थेँ त ! तिम्रा आग्रह अनुनय बिनयरुपी प्रेम पत्रका जवाफमा नाइँका दुई छुरा प्रहार गर्न सक्थेँ त !

अविश्वासका पर्खालमा प्रोजेक्टरको सहाराले आज तिमीलाई आफ्नो चरित्र नङ्ग्याएर देखाउन चाहन्छु । मेरो करोडौं सपनाको हत्या गर्ने म हत्यारा हुँ , चाहनाको बलात्कार गर्ने म बलात्कारी हुँ , जिन्दगीका उसुलहरु नाघेर कर्तव्यको नाममा बिक्ने म आत्मद्रोही घुसखोरी हुँ आज म सहर्ष स्विकार्दै आफ्नै चरित्र उदाङ्गो पार्दैछु यसो गरिरहँदा मलाई आफू र आफ्नो कार्य प्रति थुक्न मन नलागेको नहुन सक्छ । शायद तिमीले क्षितिज पारी अस्ताउँदै गरेको सूर्यको उदाहरणका रूपमा पुनः सुर्योदयको उदाहरण मेरा सामुन्ने फिँजाएर प्राप्तिका केही हरफहरु गुनगुनाउन सक्छ्यौ ।

कछुवाले झैँ आफूलाई नजानेको पनि होइन कस्तुरीले झैँ आफ्नो महत्व नचिनेको पनि होइन जान्दाजान्दै बुझ्दाबुझ्दै , सुनामीको पुर्वानुमान हुँदा हुँदै पिंजडाको सुगाले मालिकको खातिर जिन्दगी पिंजडामै सिध्याउने निधो गरेझैं मैले अर्कैको खातिर आत्मा धरौटीमा राखेर आएको छु । पृथ्वी घुम्ने कुरामा केही सताब्दी पूर्व कसैले विश्वास नगरेझैं तिमीलाई विश्वास नलाग्न सक्छ मैले जिन्दगी अर्कैको पैतालामा बेचेर आएको छु । कसैको एक ढिक्का खुसीको खातिर कसैप्रतिको जिम्मेवारीमा मुछिएर कोही कसैप्रतिको कर्तव्यबोधले गर्दा कालो रातलाई चिर्दै एकाबिहानै पूर्वबाट उदाउने सूर्यलाई साक्षी राखेर चन्द्र र सूर्य दुवैको प्रतीक्षा नगर्ने बाचाका साथमा आफ्नो अस्तित्व सुम्पेर आएको छु । आशा छ बुझ्नेछौ मेरो विवशतालाई ।

देख्दा सुन्दर देखिने सबै चिज बस्तु सुन्दर हुदैनन् । बिहान फूलेर साँझ ओईलाएर झर्ने घडी फूल महक नछरेपनी लोभलाग्दो हुन्छ , चमचम चम्किने चन्द्रमा र तारापुन्जहरु पनि औंसीमा विलीन हुन्छन् । बाटो मुनिको फूललाई शिरमा सजाउने कमै भेटिन्छन् । जहरले प्राण दान गरेका उदाहरण कमै भेटिन्छन् । लास घाटमा पुगेपछि जीवित फिरेझैं म जस्ता अपराधीको जीवनमा उदारताको तिम्रा कथाले प्रभाव पार्थे त ! म बलात्कारी हुँ, पापी हुँ आत्मद्रोही हुँ हत्यारा हुँ घुसखोरी भ्रष्टचारी हुँ मैले अनेकौँ जालसाजी गरेको छु तर देख्नेका नजरमा छुपेको छु नितान्त पवित्र बनेर हिडेको छु पर्दापछि कालो अनुहार छुपाएर ।

अविश्वासका पर्खालमा प्रोजेक्टरको सहाराले आज तिमीलाई आफ्नो चरित्र नङ्ग्याएर देखाउन चाहन्छु । मेरो करोडौं सपनाको हत्या गर्ने म हत्यारा हुँ , चाहनाको बलात्कार गर्ने म बलात्कारी हुँ , जिन्दगीका उसुलहरु नाघेर कर्तव्यको नाममा बिक्ने म आत्मद्रोही घुसखोरी हुँ आज म सहर्ष स्विकार्दै आफ्नै चरित्र उदाङ्गो पार्दैछु यसो गरिरहँदा मलाई आफू र आफ्नो कार्य प्रति थुक्न मन नलागेको नहुन सक्छ ।
शायद तिमीले क्षितिज पारी अस्ताउँदै गरेको सूर्यको उदाहरणका रूपमा पुनः सुर्योदयको उदाहरण मेरा सामुन्ने फिँजाएर प्राप्तिका केही हरफहरु गुनगुनाउन सक्छ्यौ ।

टुक्रिएका सिसाका टुक्राहरु बटुलेर स साना आकृति हेर्न सकिन्छ तर जोड्छु भनेर हिम्मत गर्नु ब्यर्थ नै हो एक पटक टुटेको दिल पुनः जोड्न खोजेँ भने थाह छैन अझै कयौँ प्रहारहरुले कोमल हत्केलामा छियाछिया बनाउने हो । खाए खा नखाए घिच भनेझैं ज्युँनूँ नै पर्ने बाध्यतामा जीवन ब्यतित गर्नेहरूको लस्कर छ यो दुनियाँमा । कर्कलाको पातमा टिलपिल टिलपिल पानी झैँ भरिलो रहरलाग्दो जवानीले धपक्कै बलेकी तिमीमा लोभी नजरका हज्जारौं तिरहरु प्रहार भएका होलान् । सबै तीरको सामु ढाल बनेर खडा रहन तिमीले गरेको आग्रह म स्विकार्न नसक्ने परिस्थितिमा छु मलाई माफ गरिदेउ मित्र । म तिम्रो प्रेमको योग्य छैन । जसले प्रेमको कदर गर्दैन उसलाई प्रेमको सौभाग्य मिल्नु हुँदैन ।

बियोगका चर्का आन्दोलन र नाराबाजीले पुर्णतः बन्द भएका कानहरुमा सायदै तिम्रा गुनगुनाहट पुग्लान् र सून्ययामा रहेको मष्तिस्कले सम्झेलान् तिम्रा चित्कारहरु , घाँस काट्न जाँदा बोकेको नाम्लो डोरीलेनै देहलिला अत्यष्टि गर्ने हिम्मत जुटाएर हिँडेपनि साँझ घाँसको भारीकाे दुवै खुट्टा पकडेर आधामानो पसिनाले नाम्लो डोरि भिजाउँदै फर्केको पल तिमीलाई म सम्झाउन सक्दिन अनुमान लगाउन सक्छ्यौ लोभलाग्दो सन्ध्यामा ठूलो ढुङ्गेधाराको समिपै झ्याम्म परेको लाकुरीको छहारीमा चन्द्रले ताराहरुको स्वागत गर्दै बसिरहेको बेला तीन ताराको भव्य स्वागतमा आफैँलाई टुक्राटुक्रा बनाएका कयैन ताराहरू नियालेर प्रतीक्षा गरेको त्यो मान्छे मेरो जिन्दगी हो भन्न एकधर्को प्राणले जीवन धानेसम्म अधरका दुई पखेटाहरु हिच्किचाउने छैनन् ।

हो उ नै मेरो जीवन हो। उ नै म हुनुको अस्तित्व हो । एक केश्रा जिन्दगी छुट्याएर प्रेमको रस्वादन गर्ने चाह नभएको पनि कहाँ हो र ? प्रेम बस्ती सँग गरिएका सम्झौताहरु आँसुका नदीहरूमा परिणत हुँदा स्वार्थी ,नालायक र निकम्माको उपाधि भिरेर सफलताका तक्माहरु कहीँ दूर पन्छाएको छु । भन्नेले प्रेमको उपज हो पनि भन्लान् तर यथार्थमा जिन्दगीको उपहार हो सम्झेको छु यी अनवरत गाला सिंच्ने नदिहरु अनि मुटु चस्काउने यादका पुष्प गुच्छाहरुलाई मैले । दुई थोपा गुनासो पोखेर अजङ्गको भारी हलुका बनाउने चाहमा यादका बर्षातले थपिदिएको भारी म चलचित्र झैँ पर्दामा उतार्न नसकेपनी अन्तस्करणमा टाँगिएको पर्दामा चलिरहन्छ यो सत्य कथाको चलचित्र म आँखा बन्द गरेर पनि हेरिरहेको छु ।आँसु,सिरानी र निन्द्रासँग गरिएका असफ़ल सम्झौताहरु सुन्नेलाई कथा नै लाग्न सक्छ । तिमी बुझ्दिनौ भयो यी प्रसङ्ग उठाउनु उचित नहोला ।

भन्नेले प्रेम प्राप्ति मात्रै होइन त्याग र समर्पण पनि हो भन्दिए ! तिनलाई के थाहा बिछोडको पीडामा गालाका फाँटहरुमा आएको बाढीले खुसीका कति गराहरु बगाएर बगर बनाएका छन् । अग्लो कान्लाबाट तिखा सिसा र फलामे किला उतानो पारी गाडिएको ठाउँमा जबर्जस्ती हामफाल्नुपर्ने जीवन स्विकार्न सजिलो छ तर जिउन निक्कै गाह्राे । आँसुसँग सम्झौता गर्नुपूर्व सम्झौताहरुले गालाका फाँटहरुमा कत्ती असर पार्छ भनेर पुर्वानुमान गर्दै सम्झौता गर्दा उत्तम हुनेछ भन्ने लाग्छ मलाई ।

बियोगका चर्का आन्दोलन र नाराबाजीले पुर्णतः बन्द भएका कानहरुमा सायदै तिम्रा गुनगुनाहट पुग्लान् र सून्ययामा रहेको मष्तिस्कले सम्झेलान् तिम्रा चित्कारहरु , घाँस काट्न जाँदा बोकेको नाम्लो डोरीलेनै देहलिला अत्यष्टि गर्ने हिम्मत जुटाएर हिँडेपनि साँझ घाँसको भारीकाे दुवै खुट्टा पकडेर आधामानो पसिनाले नाम्लो डोरि भिजाउँदै फर्केको पल तिमीलाई म सम्झाउन सक्दिन अनुमान लगाउन सक्छ्यौ लोभलाग्दो सन्ध्यामा ठूलो ढुङ्गेधाराको समिपै झ्याम्म परेको लाकुरीको छहारीमा चन्द्रले ताराहरुको स्वागत गर्दै बसिरहेको बेला तीन ताराको भव्य स्वागतमा आफैँलाई टुक्राटुक्रा बनाएका कयैन ताराहरू नियालेर प्रतीक्षा गरेको त्यो मान्छे मेरो जिन्दगी हो भन्न एकधर्को प्राणले जीवन धानेसम्म अधरका दुई पखेटाहरु हिच्किचाउने छैनन् ।

समयले सौतेनी व्यवहार देखायो कि रुचाईयो कालान्तरमा यही समयले बताईदेला जबर्जस्ती परेलिले बाँध लगाएपनी छल्केका सत्यताहरुले प्रेम जीवन र अपनत्व कसरी कति रुझेका छन् यथार्थको पर्दा खोलेर हेर्ने जमर्को नगरेकै बेस हुनेछ । संघर्षका अनेकौँ पहाडहरु उक्लेर उच्च शिखर चुम्ने तयारीमा रहेका तिम्रा कदम मेरा शब्दका हत्याको शोक मनाउने अधिकार म दिन्न किनभने तिमी लक्ष्यको समिपमा छौ शोकले ती पाईलाहरुमा उर्लिंदै जङघार खडा गरिदिन सक्छन् अनि रोकिन सक्छन् ती कदमहरू पुनः त्यो मार्गमा चल्नै नसक्ने गरी ! बिछिप्त हुनसक्छन् पैतालाहरु सपनाका हत्या पछि र रोकिन सक्छन् मुस्कानका बथानहरु तिम्रो बस्ती टेक्नुपूर्व क्षितिज उक्लँदै गर्दा प…र कतै प्राप्तिको झुठो प्रलोभन बोकेर त्यसैले म तिमीलाई शोक मनाउने अनुमति दिन सक्दिन ।

टुक्रिएका सिसाका टुक्राहरु बटुलेर स साना आकृति हेर्न सकिन्छ तर जोड्छु भनेर हिम्मत गर्नु ब्यर्थ नै हो एक पटक टुटेको दिल पुनः जोड्न खोजेँ भने थाह छैन अझै कयौँ प्रहारहरुले कोमल हत्केलामा छियाछिया बनाउने हो । खाए खा नखाए घिच भनेझैं ज्युँनूँ नै पर्ने बाध्यतामा जीवन ब्यतित गर्नेहरूको लस्कर छ यो दुनियाँमा । कर्कलाको पातमा टिलपिल टिलपिल पानी झैँ भरिलो रहरलाग्दो जवानीले धपक्कै बलेकी तिमीमा लोभी नजरका हज्जारौं तिरहरु प्रहार भएका होलान् । सबै तीरको सामु ढाल बनेर खडा रहन तिमीले गरेको आग्रह म स्विकार्न नसक्ने परिस्थितिमा छु मलाई माफ गरिदेउ मित्र । म तिम्रो प्रेमको योग्य छैन । जसले प्रेमको कदर गर्दैन उसलाई प्रेमको सौभाग्य मिल्नु हुँदैन ।

मेची दुख्दा काली रुन्छ , तराई डुब्दा हिमाल दुख्छ हाम्रो देशमा ! हामी यही देशको मुटुका तिमी एक कुनाकी म अर्को कुनाको मान्छे तिमी दुख्दा रुन सकौँ तिमी खुसी हुँदा मुस्काउँन यत्ति चाह छ । प्राणले शरीरमा बास गरेसम्म धड्कनले बिनास्वार्थ चलेसम्म मस्तिष्कले जगाउँने चेतनाका दीपहरुमा तेल रहिरहेसम्म तिम्रो लागि सदैव उस्तै मित्र बन्न सकौँ यही प्रयास रहिरहनेछ ।

      नौकुण्ड ५, रसुवा

        हाल, युएई

प्रकाशित मिति ,२०७४ साल, मंसिर १ गते, शुक्रवार

प्रतिक्रिया दिनुहोस्