Logo

कम्प्युटर ईन्स्टिच्युटमा विध्युत सर्ट भएर आगलागी हुँदा २० लाखको क्षति

स्तावेज संवाददाता, कार्तिक २८ गते मंगलवार, २०७४, बर्दिबास – महोत्तरीको बर्दिबासस्थित एसपिएस कम्प्युटर ईन्स्टिच्युटमा विध्युत सर्ट भएर आगलागी हुँदा २० लाखको क्षति भएको छ। बर्दिबास नगरपालिका – १ मुख्य चोकस्थित ईन्स्टिच्युटमा राती ११ बजे भीषण आगलागी भएको हो।

आगलागीबाट कम्प्युटर ईन्स्टिच्युट पूर्णरूपमा क्षति भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले बताए। स्थानीयले ईन्स्टिच्युटभित्र आगो देखेपछि प्रहरी र गाउँलेलाई खबर गरेका थिए। आगलागीबाट ईन्स्टिच्युटमा ठूलो क्षति पुगेको छ।

ईन्स्टिच्युटमा रहेको २० वटा डेस्कटप कम्प्युटर , ५ वटा ल्यापटपलगायत अन्य सामग्री जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी १ घन्टा ३० मिनेटमा स्थानीबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बर्दिवास नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको हो। आगलागी विद्युत सर्ट भएर हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्